भर्खरै :

पैसा दिएर चुनाव जित्नु र चीट चोरेर पास हुनु एउटै

बनेपा, १७ असार । ‘पूँजीवादी व्यवस्था काम नगर्नेले सम्पत्ति थुपार्ने व्यवस्था हो । सम्पत्तिकै आडमा पूँजीवादीहरूले आप्mनो वरिपरि मानिसको भीड जम्मा गर्छन् । पैसा दिएर चुनाव जित्नु र चीट चोरेर पास हुनु एउटै हो ।’
शनिबार नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिको आयोजनामा बनेपामा आयोजित कार्यक्रममा बोल्दै नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले सो विचार व्यक्त गर्नुभएको हो ।
पूँजीवादी व्यवस्थामा जुनसुकै ठाउँको नियुक्ति गर्दा योग्यताले भन्दा पैसाकै चलखेलबाट हुने उहाँको भनाई थियो । उहाँले समाजवादी व्यवस्थामा योग्यताअनुसार काम र कामअनुसारको ज्याला हुने, जन्मदेखि मृत्युसम्म सरकारले व्यवस्था गर्ने र भ्रष्टाचारको अन्त्य हुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान संघका नारायणबहादुर दुवालले बद्नियतपूर्वक देश र जनताको अहितमा गरिने काम नै भ्रष्टाचार भएको बताउनुभयो ।
नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले अग्रजहरूले भ्रष्टाचारको विरोधमा गरेका सङ्घर्षपूर्ण इतिहासले नयाँ पुस्तालाई प्रेरणा र शिक्षा दिने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय सदस्य हिमाली रानामगर, नेमकिपा बनेपा नगर समितिका अध्यक्ष त्रिरत्न साय्मी र नेक्राविसंघका तारा न्यौपानेले मनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *