विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
प्रधानमन्त्री केपी ओलीले जेठ ७ गते शुक्रबार मध्यरातमा नेपालको संविधान धारा ६७ को उपधारा ५ अनुसार संसद्मा प्रतिनिधि गर्ने सबभन्दा ठुलो दलको संसदीय दलको नेता र प्रमको हैसियतले मन्त्रिपरिषद्को बैठक बसी प्रतिनिधिसभालाई भङ्ग गरेर आगामी कार्तिक २६ र मङ्सिर २३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरे । राष्ट्रपतिले जेठ ८ गते बिहान १ः४५ बजे मध्यरातमै मध्यावधि निर्वाचनको मिति घोषणा गर्नुभयो । ठुल दलका नेताहरू देशी विदेशी शक्तिको प्रभाव र दबाबमा व्यक्तिगत गुट, उपगुटको अनुचित स्वार्थमा ‘कुकुरझगडा’ गरिरहेको बेला आफ्नै दलका नेताहरूलाई तह लगाउन प्रतिनिधिसभा भङ्ग गरेर मध्यावधि निर्वाचनको घोषणा गरियो । यसै सन्दर्भलाई लिएर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले “ओलीले ठीक गरे, अराजकहरूलाई ठेगान लगाउने तरिकै यही हो” भन्नुभयो । दल निश्चित सिद्धान्त र अनुशासनमा चल्ने भएकोले अनुशासनहीन काम गर्ने नेताहरूलाई एक दुई वर्षअगाडि नै कारबाही गरेर ठेगान लगाउनुपर्ने थियो । यो सबै कारबाही ढिलो भएको परिणामको फल हो भन्नुभयो ।
आफ्नो पद जोगाउनको निम्ति रातारात मन्त्रिपरिषद्को बैठक बसेर प्रतिनिधिसभा भङ्ग गरेर मध्यवधि निर्वाचनको सिफारिस गर्नसक्ने प्रम ओलीले देश र जनताको जीउधनको सुरक्षा गर्न तदारुकता देखाउन किन सक्नुभएन ? कोभिडको महामारी जनसमुदायमा फैलिएर देश र जनताले दुःख भोग्नुपर्नाको कारण सत्तासीन र प्रतिपक्ष दलहरू नै हुन् ।
आफ्नो पद, भागबन्डा जोगाउनको लागि निषेधाज्ञा र बन्दाबन्दीको बेलामा पनि सभा, प्रदर्शन गर्नसक्ने तर, जनताको जीउधन, स्वास्थ्य र राष्ट्रको सुरक्षाको लागि केही प्रभावकारी कदम उठाउन नसक्ने स्वार्थीहरू हुन् । नेमकिपा अध्यक्ष रोहितले आफू र आफ्ना दललाई जिताउन घर घर, गाउँ गाउँमा गएर गा¥हो सानो नभनिकन भोट भाग्न जान सक्ने शासक दल र प्रमुख प्रतिपक्ष दलका नेताहरूले कोभिडको महामारीबाट बचाउन नेता, कार्यकर्ताहरू घर घरमा र गाउँ गाउँमा गएर रोकथाम र सहयोगको लागि आफ्नो नेता कार्यकर्ताहरूलाई पठाउन सल्लाह दिनुभएको थियो । तर, किन गएन र पठाउन सकिएन ? उत्तर सजिलो छ, उनीहरू नामले कम्युनिस्ट भए पनि कामले कम्युनिस्ट होइनन् । उनीहरू नामले प्रजातन्त्रवादी भए पनि काम र आचरणले प्रजातन्त्रवादी होइनन् । भ्रष्ट, स्वार्थी नेताहरूको लोभ र लालचमा केही पाउने आसमा उनीहरूलाई मत दिएर जिताउँदा, देशभक्त, असल नेता र दललाई मत नदिँदाको फल अहिले नेपाली जनताले भोगिरहेका छन् । उनीहरू अवसरवादीहरू हुन् । उनीहरूलाई जनताको जीउधन, स्वास्थ्य, दुःखसँग केही मतलब छैन । चुनाव भएमा उनीहरू भोट भाग्न आउनेछन् । खराब, भ्रष्ट, स्वार्थी नेता कार्यकर्ताहरूलाई हामीले समाजमा उदाङ्ग्याउनैपर्छ । उनीहरूलाई चुनावमा मतदान गरेर हराउनुपर्छ । देशभक्त र असल नेताहरूलाई मत दिएर जिताउनुपर्छ ।
प्राकृतिक स्रोत र साधन सङ्लो भए अरु त्यहाँ रहने वस्तु, त्यससँग निर्भर रहने, सम्बन्ध रहने क्षेत्र या पक्ष पनि सङ्लो हुन्छ । यो प्रकृतिको नियम हो । आफ्नो व्यक्ति, गुट, उपगुट दलको स्वार्थमा विकासको नाममा प्रकृति (वन, जङ्गल, पानी, माटो ढुङ्गा, बालुवा आदि । दोहन गरिरहेसम्म कोसी, गण्डकी, कर्णालीलगायतका अन्य नदीहरू, पानीको स्रोतमा सङ्लो पानी बग्ने छैन । पहिलो त हिमाल नै सङ्लो हुनुप¥यो, सङ्लो पार्नुप¥यो । अनि त्यहाँबाट बग्ने कोसी, गण्डकी, कर्णालीलगायतका सबै नदी, सबै भूमि, सबै बोट विरुवा, जीव प्राणी सबै सङ्लो हुँदै जानेछ । राजनीतिमा पनि यो नियम लागु हुन्छ ।
नेपालको राजनीति फोहर र अराजक भयो भनी विश्लेषकहरूले भनिरहेका छन् । देशको राजनीति फोहर हुनुको कारण राजनीति गर्ने नेताहरूको सोच, विचार, आचरणमा व्यवहार, फोहर हुनु हो । शासक दलहरूले तुलसी रोप्नुपर्ने ठाउँमा सिस्नु रोपे । त्यसैको कारण जनताको मन पोलिरहेको छ । कोभिड पीडित जनता अक्सिजन र समयमा उपचार नपाएर आफन्तको जीवन गुमेकामा वेदनामा छन् । स्वास्थ्यकर्मीहरूले दिनरात मेहनत गर्दा गर्दै पनि बिरामी बचाउन नसक्दाको पीडा छ । जनता एकातिर छटपटीमा छन् भने अर्काेतिर नेताहरू आफ्नो पद, सुविधा, दानापानी चिप्लिएला भनेर जोड घटाउमा लागिरहेका छन् । यिनीहरूले सरकार टिकाउने नाममा जेलमा राख्नुपर्ने अपराधीलाई सांसद, मन्त्री बनाएका छन् । यहाँ सकुनी र दुर्याेधनहरू जन्मिरहेका छन् । प्रमविरुद्ध अविश्वास प्रस्ताव राख्न खोज्नेहरूले जसरी पनि ओलीलाई प्रमबाट खसाल्नुपर्ने अनि प्रम ओली पनि जसरी पनि जालझेल गरेर पद जोगाउन, सरकार जोगाउने काममा लागेका छन् । यहाँ खाली पद र सुविधाको लागि मात्र ‘कुकुरझगडा’ भइरहेको छ । ‘साँढेको जुधाइ बच्छाको मिचाइ’ भनेजस्तै उनीहरू संवैधानिक सर्वाेच्चतालाई तिलाञ्जली दिएर पद र दानापानीको लागि लडाइँ गरिरहेका छन् । यिनीहरूको प्राथमिकता देश र जनता होइन, आ–आफ्नो दलगत र व्यक्तिगत स्वार्थ हो । उनीहरू न भ्रष्टाचारविरुद्ध लड्छन् न कमिसनको विरुद्धमा लड्छन् । उनीहरू न कृषि न सिँचाइको कुरा गर्छन् न देशमा रासायनिक मल कारखाना स्थापना गर्ने र उद्योगहरू स्थापना गर्ने कुरा गर्छन् । उनीहरू न जनतालाई सस्तो, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाहरू सर्वसुलभ गर्ने कुरा गर्छन् । न रोजगारी दिने कुरा, बरु, प्रभाव र दबाबमा परेर विदेशीहरूले थोपरेको कुबुद्धिमा फसेर देशघाती कामहरू गर्छन् ।
विकेन्द्रीकरणको सिद्धान्तअनुसार स्थानीय तहलाई अधिकार र सुविधा दिँदा उपयुक्त हुन्छ । जनताको सेवा सुविधाको लागि त्यसबेला विभिन्न जनधारणा लिइएको थियो । तर त्यसको सुनुवाइ भएन । शासक दलहरू एक आपसमा विदेशीले पालित, पोषित भनेर आरोप प्रत्यारोप लगाइरहेका छन् । आरोप सही होइन भने आरोपीलाई उदाङ्ग्याउनुपर्छ । आरोप सही हो भने कारबाही गर्नुपर्छ ।
आफ्नो सरकार टिकाउन संयुक्त र अल्पमतको अस्थायी सरकार बनाउने नाममा सांसदहरू खसी बोकाझैँ किनबेच भएको, भाग्ला भनेर होटलहरूमा थुनिएको, अपहरण भएको, आर्थिक लेनदेन भएको शासक दलहरूबीच आरोप प्रत्यारोप भइरहेको समाचार सञ्चार माध्यमहरूमा आएका छन् ।
सांसद र मन्त्रीहरूको अनैतिक आचरण र कामहरू जनताले देखिरहेका छन् । यस्ता अनैतिक आचरणका अपराधीहरूलाई जनताको कठघरामा उभ्याउनुपर्छ र उदाङ्ग्याउनुपर्छ । फोहर राजनीतिलाई सङ्लो पार्ने अवसर आउँदै छ । अपराधी तथा कालाकर्तुतहरूको उदाङ्ग्याउने समय आउँदै छ । त्यो हो कार्तिक २६ र मङ्सिर ३ गतेको निर्वाचन । जनताले निर्वाचनमा गलत मान्छेहरूलाई मतदान नगरी दूधमा परेको झिङ्गालाई जस्तै फाल्नुपर्छ । जनताले कसैको कुनै पनि लोभलालच, डर धम्कीमा नझुकीकन देशभक्त, असल, सोचविचार र आचरण व्यवहार भएका मानिसहरूलाई जिताउनुपर्छ । अनि देशको राजनीति सङ्लो हुनेछ । यसले देश र जनतालाई सङ्लो पार्ने छ । त्यसैले राजनीतिलाई सङ्लो पार्ने हो भने देशको सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्ने हो भने इमानदारीपूर्वक देश र जनताको सेवा गर्नुपर्छ ।
Leave a Reply