जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
विश्वशान्तिका अग्रदूत गौतम बुद्धको यस वर्षको बुद्ध जयन्ती २५६५ औँ हो । जेठ १२ गते बुद्धभूमि नेपाललगायत विश्वभरका बौद्ध अनुयायीहरू बौद्ध गतिविधिलाई ह्दयगम गरी मनाउने तयारी गर्दै छन् । वैशाख पूर्णिमा, चण्डि पूर्णिमा, स्वाँया पुन्हि भनी उक्त दिन बुद्ध जयन्ती मनाइने चलन छ । नेपालमा थेरावाद, महायान र वज्रयान सम्प्रदायका मानिसहरूले प्रत्येक वर्षको वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती मनाउँदै आइरहेका छन् ।
शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको जन्म, बोधिज्ञान प्राप्ति दिन र महापरिनिर्वाणको त्रिसंयोगको दिन वैशाख पूर्णिमा परेको छ । यस दिनमा बौद्ध धर्मावलम्बीहरू पालिभाषा, तिब्बती भाषा र संस्कृत भाषामा बुद्धको प्रतिमासम्मुख प्रार्थना, स्तुति र ध्यान गरी कार्यक्रम गर्छन् । सोही दिन राष्ट्र प्रमुखको आतिथ्यमा आनन्दकुटी बुद्ध विहार, स्वयम्भूमा बुद्धको अस्तिधातु प्रदर्शन, बुद्ध जन्मस्थल लुम्बिनी परिसरमा अन्तर्राष्ट्रिय बौद्ध भिक्षुहरूको उपस्थितिमा अन्य कार्यक्रम हुँदै आइरहेको हो । बौद्ध सम्पदाहरू चैत्य, बुद्ध विहार, गुम्बामा सरसफाइ गरी बुद्ध वन्दना, शील प्रार्थना, उपदेश श्रवण, घरघरमा बौद्ध झन्डा फहराउने, ज्ञानमाला र भजनश्रवण गर्ने कार्य उपासक उपासिकाहरूबाट हुँदै आइरहेको हो । त्यस्तै शान्तिदीप पदयात्रा, बौद्ध दर्शनबारे परियती विद्यार्थीहरूबीच हाजिरीजवाफ प्रतियोगिता, बुद्ध प्रतिमा, जातक कथाको झाँक्रीसहित ¥याली, बुद्ध जीवनीसम्बन्धी फोटो प्रदर्शनी, बौद्ध भिक्षु एवम् विद्वानहरूबाट धर्म देशना, धम्मपदका वचनबारे अन्तरसंवादलगायतका कार्यक्रमहरू मनाईँदै आएको हो ।
बौद्ध सम्प्रदायका अनुयायीहरूको जीवन पद्धतिको रूपमा चलिआएको गतिविधिमा गत वर्षदेखि विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले असर पारेको छ । परिस्थितिअनुसार बुद्ध जयन्तीलाई आन्तरिकरूपमा (स्वास्थ्यलाई ध्यानमा राखी) मनाउन आग्रह गरिएको छ । भक्तपुर इनाचोस्थित मुनि विहार (धर्म उत्तम महाविहार) मा पनि थेरवादी परम्पराअनुकूल बुद्ध पूजा गर्ने, बौद्ध अनुयायी, भिक्षु, श्रामणेर, अनागरिकहरू बुद्धप्रतिमासहित रथलाई नगर परिक्रमा गराउने कार्यक्रमलाई यस वर्ष विहार परिसरमा मात्र सीमित गरिनेछ । भिक्षु, श्रामणेरहरूबाट मात्र बुद्ध पूजा, शील प्रार्थना, धर्म देशना गरी गत वर्षझैँ यस वर्ष बुद्ध जयन्ती मनाइन्छ । नेपाल सरकार र स्थानीय निकायको निर्देशनमा सीमित गरिएको बुद्ध जयन्तीको कार्यक्रमलाई मोबाइल र टी.भी. मार्फत प्रत्यक्ष प्रसारण गरी घर–घरमै बस्न आग्रह गरिएको छ ।
Leave a Reply