ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
काठमाडौँ, १२ जेठ । चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका राजनीतिक दलहरूबीच बुधबार अनलाइन बैठक सम्पन्न भयो । महामारीविरूद्धको लडाइँमा एकजुट भई अघि बढ्ने र जनताको जीवन रक्षा गर्ने विषयमा बैठक केन्द्रित रह्यो । चिकपाको विदेश विभागका मन्त्री सङ ताओ, उपमन्त्री चेन चाओको उपस्थिति रहेको बैठकमा नेपाली शीर्ष नेताहरूमध्ये नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित), उपप्रधानमन्त्री ईश्वर पोखरेल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूको उपस्थिति रह्यो ।
बैठकमा चिकपाका मन्त्री ताओले विपद्मा नेपाललाई सहयोग गर्न सदा तत्पर रहँदै आएको बताउनुभयो । चिकपाका महासचिव सि चिनफिङले जनताको जीवनलाई प्राथमिकतामा राख्नुपर्ने र महामारीबाट अर्थतन्त्रलाई जोगाउनुपर्ने विचार राख्नुभएको स्मरण गराउँदै उहाँले नेपाल र चीनबीचको घनिष्ठ सम्बन्ध महामारीमा पनि कायम राख्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले नेपाल र चीनबीच आपसी विश्वासलाई बलियो बनाउँदै लानुपर्नेमा जोड दिँदै उच्चस्तरीय आदानप्रदानलाई निरन्तरता दिइनुपर्ने विचार व्यक्त गर्नुभयो ।
मन्त्री ताओले भन्नुभयो, “कोभिड–१९ विरूद्ध विजय सम्भव भएकोले साझा भविष्यको निम्ति सहकार्य आवश्यक छ ।”
नेपाललाई खोप, भेन्टिलेटर, अक्सिजन, सिलिन्डरलगायत विपद्विरूद्ध लड्न अत्यावश्यकीय उपकरण तथा औषधि उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गर्दै मन्त्री ताओले महामारीविरूद्धको लडाइँमा चीनले जस्तै नेपालले पनि चाँडै सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टी एक सय वर्ष पुग्दा जनतालाई सुखी, देशलाई समृद्ध बनाउन सफल भएको र गरिबी नियन्त्रणमा पूर्ण सफलता हासिल गरेको बताउँदै उहाँले भन्नुभयो, “चिनियाँ समाज आधुनिकतातर्फ लम्किँदै छ ।”
Leave a Reply