भर्खरै :

बुद्ध जयन्तीको सन्देश !

  • जेष्ठ १२, २०७८
  • –न्हुछेरत्न बुद्धाचार्य
  • साहित्य

 
सदियौँदखि यो पुण्त्ूमिमा
प्रत्येक बुद्ध जयन्तीमा उपासकहरू
तथागतको अगाडि शान्तिको कामना लिएर
दुःख कष्टबाट मुक्त पाउन पुकार गर्छन् ।
‘सङ्घम् शरणम् गच्छामी’ यो बुद्धको अमरवाणीले
सङ्गठित समाजको निर्माण गर्ने सन्देश दिएको छ
प्रत्येक सङ्घ र सङ्गठनमा यो अमूल्य उपदेशलाई पालन गरेर
सत्यवादी, निःस्वार्थी र उपकारी जनसेवक भएर सेवा गरौँ ।
परिवर्तनशील समाजका युगान्तकारी उपकारी मानव
विश्व शान्तिका महानायक, शाक्यमुनिको उपदेश
बहुजन हिताय, बहुजन सुखाय
यो लाखौँ लाख मानवहरूको कल्याण हुने सन्देशलाई पालन गरौँ ।
बुद्धको नाममा छाता ओढेर
आफ्नोमात्र भलाइ खोज्ने भक्षकहरूले
बुद्ध जयन्तीलाई देखावटी प्रदर्शन गरेर
यो बुद्ध जन्मेको देशमा, वोधिसत्वलाई मान्यता नदिँदा अशान्त पारे ।
आज हामीले बुद्ध जयन्तीको पावन अवसरमा
बुद्धको उपदेश पञ्चशीललाई पालन गरेर
मानवहरूलाई दुःख कष्ट पीडाबाट मुक्त गरेर
यो शान्तिभूमिमा सुखशान्ति र सदाचार कायम गरेर अघि बढौँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *