विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
(बुधबार चिनियाँकम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको आयोजनामा ‘महामारीविरुद्ध र जनताको जीवन रक्षाको लागि सहकार्य’ विषयमा नेपालका राजनीतिक दलहरूबीच अनलाइन बैठकमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले दिनुभएको मन्तव्य)
मानव जातिसामु एउटा ठुलो चुनौती तेर्सिएको आजको समयमा नेपाल र चीनबीच सहकार्य प्रवद्र्धनको विषयमा हाम्रा चिनियाँ मित्र र अन्य साथीहरूसँगको छलफलमा सहभागी बन्न पाउँदा खुसी लागेको छ । नेपाल र चीन असल छिमेकी र मित्र हुनु गौरवको कुरा हो । कोभिड–१९ महामारीको दोस्रो लहरको चुनौतीपूर्ण समयमा नेपाल र चीनका जनताबीचको हाम्रो मित्रता र सम्बन्ध अझ बलियो हुने हाम्रो विश्वास छ ।
आज नेपाललगायत संसारका धेरै देशहरूले कोभिड–१९ को दुष्प्रभाव भोगिरहेका छन् । महामारीले हाम्रो स्वास्थ्य प्रणालीको कमजोरीलाई पूर्णरूपले उदाङ्ग्याएको छ । यो कठिन समयमा हामीलाई सहायताको हात बढाएर चीन हामीसँगै उभिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारले उपलब्ध गराएका चिकित्सकीय सहायता र अन्य सहयोगको निम्ति हामी आभार व्यक्त गर्दछौँ । यसले नेपाली जनताको पीडामा मल्हमको काम गर्ने हाम्रो आशा छ । यसले चीन वास्तवमै नेपालको दुःख कष्टको मित्र भएको कुरा पुनः पुष्टि ग¥यो ।
महामारीविरुद्ध आफ्नो भीषण लडाइँमा प्राप्त अमूल्य अनुभव विश्व समुदायसँग साटेकोमा हामी चिनियाँ कम्युनिस्ट पार्टी, चीन सरकार र चिनियाँ जनताप्रति आभार व्यक्त गर्दछौँ । जनतालाई सङ्गठित गर्ने र भाइरसको प्रतिरोधमा जनपरिचालन गर्ने प्रभावशाली प्रयत्नले समाजवाद र समाजवादी नेतृत्वको वास्तविक क्षमता उजागर ग¥यो । महामारीविरुद्धको युद्धमा चीनको विजय एक्काइसौँ शताब्दीको सुरुको एउटा उल्लेखनीय सफलता हो । यो सफलता संसारभरको लागि आशाको किरण बनेको छ ।
अन्त्यमा, नेपाल मजदुर किसान पार्टीको तर्फबाट चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङलाई चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा म हाम्रो न्यानो अभिवादन र शुभकामना व्यक्त गर्न चाहन्छु । चिनियाँ कम्युनिस्ट पार्टीले आर्थिक समानतामा आधारित समाजवादी समाज निर्माण गर्न र तोकिएको समयमै दुई शताब्दी लक्ष्य हासिल गर्न सफलतापूर्वक अघि बढ्ने हाम्रो विश्वास छ । चिनियाँ कम्युनिस्ट पार्टीले विश्वको समाजवादी आन्दोलन र साम्राज्यवादविरोधी सङ्घर्षमा प्रेरणादायी भूमिकालाई निरन्तरता दिनेमा हाम्रो विश्वास छ । धन्यवाद !
Leave a Reply