इतिहासलाई विकृत गर्न नहुने : ‘नानचिङ नरसंहार’ लाई ‘नानचिङ घटना’ मा सीमित गर्न नसकिने
- श्रावण १, २०८३
बी एन्ड बी इन्स्टिच्युट अफ मेडिसिनबाट पोस्ट बेसिक व्याचलर गरेकी सीतालक्ष्मी सुवाल हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत नर्स हुन् । अस्पतालमा उनी हरेक दिन ८ घण्टाको काम गर्छिन् । २०७० सालदेखि शिक्षण अस्पतालमा कार्यरत नर्स सुवालले अस्पतालको आवश्यकता र चिकित्सकहरूको परामर्श र सल्लाहअनुसार खटाइएको वार्डमा आफ्नो जिम्मेवारी पूरा गर्दै आएकी छिन् । पदअनुसार काम गर्नुपर्ने मान्यता राख्ने उनी बिरामीको सेवामा जहिल्यै खटिरहेका हुन्छिन् । सिद्धि स्मृति अस्पतालमा साढे दुई वर्ष र गङ्गालाल हृदयरोग अस्पतालमा साढे दुई वर्ष कामको अनुभव पाएकी नर्स सीता सुवालले हालसम्म नर्सिङ्ग सेवामा रहेरै आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएकी छिन् ।
नर्सहरूको काम सामान्यतः उही भए पनि कार्य क्षेत्र र अनुभव फरक–फरक हुन्छ । कोरोना भाइरसको दोस्रो लहर समाजमा देखिएपछि अस्पतालमा सङ्क्रमितहरू अचाक्ली बढेको बेलामा अस्पतालमा कार्यरत कोही पनि नर्सहरूले खानपिन, बिदा र आ–आफ्ना बालबच्चालाई समय नै दिन पाएनन् । विरामीको सेवामा निरन्तर दौडधूप गर्नुपरेको अनुभव सुनाउँछिन् – नर्स सीता ।
नेपाल सरकारको निर्देशन र चिकित्सकहरूको परामर्शमा स्वास्थ्य सेवामा जुटेको अनुभव सुनाउँदै उनी भन्छिन्, “सङ्कटको बेला सक्नेले सक्ने ठाउँमा सेवा गर्ने हो, कुनै पनि वार्डमा रहेका बिरामीहरूको स्वास्थ्योपचार गर्ने हो । आफ्नो पदीय आचरण पूरा नगरी सुखै छैन ।”
कोरोनाको दोस्रो लहर फैलिएपछि आफू कार्यरत अस्पतालको स्थितिबारे उनले भनिन्,“एक हप्ताअघि त अस्पतालमा शय्या नै थिएन । तीन–चार वटा कोठाबाहेक सबैजसो वार्डलाई कोभिड वार्डमा परिणत गरिएको थियो । अस्पतालको आँगन र पेटीमा समेत बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो ।”
बिरामीहरूको चाप बढेपछि अस्पतालमा आइपरेका समस्याबारे सीताले भनिन्, “त्यसबेला अस्पतालले सिकिस्त बिरामीलाई प्राथमिकता दियो । शय्याको अभाव भयो । भेन्टिलेटरको अभाव भयो । तर, जति बिरामी थपे पनि, बढे पनि भर्ना भएका कोही पनि बिरामीलाई अन्यत्र पठाउनु परेन । यो हाम्रो लागि खुशीको कुरा थियो ।”
कोरोनाको समयमा स्वास्थ्य क्षेत्रमा काम गर्दाको अनुभवबारे उनले भनिन्, “हरेक स्वास्थ्यकर्मीहरूको आचरण र बोली नम्र हुनुपर्छ, छुच्चा हुनुहुँदैन, बिरामीहरूको छटपटाहट, आक्रोश सहेरै पनि काम गर्नुपर्ने रहेछ, रिसराग, रोदनक्रन्दन सबै सहनु सक्नुपर्ने रहेछ ।”
बिरामीको उपचारको क्रममा बिरामी तथा बिरामीका आफन्तहरूको कुनै चिन्ता, चासो र गुनासोबारे उनले भनिन्, “उपचारको काम हेरिरहेका बुझ्नेहरू केही भन्दैनन्, रोगबारे जानकार नभएका र नबुझ्नेहरूले गाली गर्न पनि पछि हट्दैनन् । श्वासप्रश्वास सहज होस् भनी पेट थिच्दा उल्टै मार्न लाग्यो भनी झर्केका बिरामी कुरुवाहरू पनि थिए । एकचोटि सिकिस्त बच्चा भर्नाको निम्ति ल्याइएको हुन्थ्यो । उपचार गर्न नपाउँदै अर्थात् अस्पतालमा पुग्नेबित्तिकै बच्चाको मृत्यु हुँदा डनहरूले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आमाचकारी गालीमात्र गरेनन् बिरामीको साँचो वर्णन सुनाइरहेको बेला गोली ठोक्नुप¥यो भनी ज्यानको धम्कीसमेत दिए । त्यसबेला चिकित्सक तथा स्वास्थ्यकर्मीहरू त बिरालोको अगाडि मुसोजस्तो भएर बस्नुपर्ने स्थिति देखियो ।
उनले थपिन्, “आफूले सोचेअनुसार काम भएन, सेवा पाएन भने स–साना कुरामा किचकिच गर्छन्, बिरामीलाई हेलचक्राइँ ग¥यो भनी आक्रोशित हुन्छन् र झगडा गर्ने बहाना बनाउँछन् ।”
कति बिरामीहरू सिकिस्त भएपछि मात्र अस्पतालमा गएका हुन्छन् । अन्तिम चरणमा ल्याइएका बिरामीहरूको उपचार हुन नपाउँदै मृत्यु पनि भएको छ । खासै केही भएको छैन समयमै निको हुन्छ भनी अस्पतालमा ढिलो ल्याउँदा बिरामीको मृत्यु भइरहेको यथार्थ हो ।
दोस्रो लहरमा कोरोना सङ्क्रमितहरूसँगै बसेर उपचार गर्नुपर्ने बाध्यता छ । घरमा बस्दा परिवारका सदस्यहरूसँग अलगै बस्नुपर्ने स्थिति छ ।
घरमा पुग्नेबित्तिकै के कस्तो सतर्कता अपनाइरहेको छ भनी सोधिएको जिज्ञासामा उनले भनिन्, “आफ्नो पोशाक छुट्टै एक ठाउँमा थन्काउने गरेकी छु, हरेक दिन नुहाउँछु, भोकले रोइरहेको बच्चालाई पनि छोड्नुपर्ने हुन्छ । बच्चालाई दूध खुवाउँदा रोग सर्ला कि भन्ने चिन्ता लाग्छ । प्रत्येक दिन नुहाउँदा र चिन्ताले कहिलेकाहीँ प्रेसर बढ्छ ।”
२०७३ सालदेखि स्थायी भएका उनी अस्पतालमा रोगीको चाप बढेपछि नर्सको सङ्ख्या थपेर बिरामीको उपचार भइरहेको बताउँछिन् । उनी भन्छिन्, “पहिले २४ वटा शय्या भएको वार्डमा पनि एक जना नर्सले काम भ्याइन्थ्यो, सङ्क्रमित बढेपछि कम्तीमा दुई जना नर्सले काम गर्नुपरेको छ । हरेक जसो बिरामीलाई नै अक्सिजनको आवश्यकता परे पछि काम गर्न अझ चुनौतीपूर्ण बन्यो ।”
अन्य कर्मचारी र स्वास्थ्यकर्मीहरूको कामको भिन्नताबारे उनी भन्छिन्, “कोभिडको सङ्क्रमणमा बिदा भनेर बस्न पाइँदैन । फुर्सद त कहिल्यै हुँदैन, कहिलेकाहीँ १२ घण्टासम्म काम गर्नुपर्छ, कार्य क्षेत्रमा खटेपछि खानपिन, आफ्ना सन्तानको पालनपोषण पनि भन्न पाइँदैन ।”
“अस्पतालमा पर्याप्त स्वास्थ्य सामग्री हुनुपर्छ, सुरक्षित सामग्रीहरू हुनुपर्छ, आवश्यकताअनुसार जनशक्ति थप्नुपर्छ ।”,उनले भनिन् ।
“मनलाई हलुङ्गो बनाउँदै घर फर्किरहँदा पशुपति आर्यघाटमा मृतकहरूको लहरै लास जलाइरहेको दृश्य हेर्दा मन नै खल्लो हुन्छ”, उनले भनिन् ।
“आफ्नो कामै बिरामीको सेवा गर्नुपर्ने हुँदा कुन गा¥हो र सजिलो भनी तुलना गर्न मिल्दैन । काम गर्दा धैर्यता चाहिन्छ, आत्मबल चाहिन्छ”, नर्स सीतालक्ष्मी सुवालले भनिन् ।
Leave a Reply