नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
चीन र भात पर्यायवाची हुन् । धेरै विदेशी विद्यार्थीको लागि संसारकै तेस्रो विशाल र सबभन्दा बढी जनसङ्ख्या भएको देश चीनको भूगोलबारे बुझ्ने प्रस्थानबिन्दु नै प्रायशः भात हुने गरेको छ । यति ठुलो जनसङ्ख्यालाई चीनले कसरी मनग्य खुवाउन सक्यो होला ? जबकि सानो भूगोल र जनसङ्ख्या भएका कृषिमा आधारित देशहरू समेत भोकको कहरबाट अझै उठ्न सकेका छैनन् । यो प्रश्नको उत्तर खोज्ने क्रममा अन्ततः पुगिने बिन्दु हो–भात ।
चीनमा धान उत्पादन र संसारका धेरै क्षेत्रमा धानखेतीको विस्तारको इतिहास खोज्दै जाँदा केही दिनअघि मात्र दिवंगत भएका ‘हाइब्रिड धानका पिता’ को नाम उल्लेख नगरी कदापिपूर्ण हुन सक्दैन । गत २२ मेमा ९१ वर्षको उमेरमा प्राध्यापक युआन लोङपिङको हुनान प्रान्तमा निधन भयो । प्राध्यापक युआनको निधनप्रति चीनमा पोखिएको शोकको नदी चीनको कुनै उच्च ओहदाका राजनीतिक नेताको निधनमा पोखिने शोक भन्दा कति पनि कम थिएन ।
संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)का महानिर्देशक छु तोङ्यु (सो पदमा पुग्ने पहिलो चिनियाँ नागरिक) को युआनको निधनको सन्दर्भमा गरेको ट्वीटले यो क्षणको सही चित्रण गरेको छ । उनले आफ्नो ट्वीटमा लेखेका थिए, “हाम्रा प्रिय शिक्षक प्राध्यापक युआन लोङपिङको निधनप्रति गहिरो दुःख लागेको छ । उहाँले आफ्नो जीवन हाइब्रिड धानको अनुसन्धानमा समर्पित गर्नुभयो । त्यही धानकै कारण आज अरबौँ जनताको खाद्य सुरक्षा सम्भव भएको छ ।”
प्राध्यापक युआनले त्यस्तो के गरे जसवापत यति दुर्लभ सम्मान प्राप्त गर्न उनी सक्षम भएका छन् ? सन् १९७०–दशकमा पहिलो पटक हाइब्रिड धानको प्रजाति विकास गर्न सफल वैज्ञानिकको रूपमा युआन विख्यात छन् । धानको उत्पादन वृद्धि गर्ने र चीनको ठुलो जनसङ्ख्याको भोक मेटाउने उनी त्यहाँका राष्ट्रिय नायक हुन् ।
प्राध्यापक युआनले चीनको राष्ट्रिय हाइब्रिड धान अनुसन्धान तथा विकास केन्द्रमा गरेका कामप्रति विकासशील विश्व, विशेषतः अफ्रिका सदैव अनुग्रहित रहनेछ । उदाहरणको लागि मादागास्करमा उनले विकास गरेको हाइब्रिड धानकै कारण प्रतिहेक्टर तीन टन धानबाट दस टन उत्पादन बढायो । मोजाम्बिकमा युआनले विकास गरेका तीनथरी विभिन्न धानका प्रजातिले उत्पादन वृद्धि त ग¥यो नै । साथै भोकमारीसँग लडिरहेको त्यो देशमा आशाको सञ्चार पनि ग¥यो ।
सन् २००४ को अक्टोबरमा २ लाख ५० हजार अमेरिकी डलर बराबरको विख्यात विश्व खाद्य पुरस्कारबाट युआन र सिएरा लिओनका वैज्ञानिक डा.मोन्टी जोन्सलाई संयुक्त रूपमा सम्मानित गरियो । ‘सन् १९७०–दसकमा आफ्नो जन्मभूमि चीनमा धेरै उत्पादन हुने हाइब्रिड धानका प्रजातिको पहिलो सफल विकास गरेवापत’ युआनलाई सो पुरस्कार प्रदान गरिएको थियो । उनीसँगै पुरस्कार पाए वैज्ञानिक जोन्सलाई ‘सुख्खा झेल्न सक्ने, धेरै परिमाणमा उत्पादन हुने प्रोटिनयुक्त अफ्रिकाको लागि नयाँ प्रजातिको धान विकासमा उल्लेखनीय योगदान गरेवापत’ सो पुरस्कार दिइएको थियो । आफ्ना सहकर्मीहरूमा पनि युआनको गहिरो प्रभाव देखाउन यो पुरस्कार उदाहरण हो ।
पाकिस्तान, ब्राजिल र भारतको बृहत् सामाजिक र आर्थिक हितको लागि पनि युआनको ठुलो योगदान रह्यो । ती देशहरूमा पनि भात दैनिक खाइने आधारभूत खाना हो । आज धान ती देशहरूका लागि आन्तरिक र अन्तर्राष्ट्रिय तहमा प्रमुख आय स्रोत बनेको छ । चिनियाँ इन्जिनियरिङ प्रतिष्ठान (सीएई) मा सम्बद्ध युआनको अनुसन्धानको फलस्वरुप धानको उत्पादनमा भएको वृद्धिले धेरै देशमा गरिबीविरुद्ध लड्न महत्वपूर्ण भूमिका खेल्यो । साथै संसारभरका मानिसमा पौष्टिक तत्व बढाउन पनि यसले योगदान गरेको छ ।
उच्च उत्पादन हुने धानको प्रजाति अनुसन्धानमा युआनको जीवनभरको उपलब्धिले एक जना मान्छेले पनि संसारलाई सकारात्मक परिवर्तन गर्न धेरै काम गर्न सक्छ भन्ने कुरा देखाएको छ । उनको निःस्वार्थी भावना र प्रचारमा आउन नचाहने व्यवहारको कारण उनले जे गरे आफ्नो निजी हितको लागि गरेनन् बरु मानव जातिको हितको लागि गरेको प्रस्ट हुन्छ । व्यक्तिगत रूपमा कृषि विज्ञानभन्दा बाहिरका संसारका मानिसहरूले युआनलाई जीवित रहँदै नचिनेको हुन सक्छ । तर, उनी आज विश्वभरको भोक र गरिबीविरुद्धको लडाइँ सामना गर्ने विश्वविख्यात आदर्श बनिसकेका छन् ।
युआनले अनुसन्धान थाल्दाको प्रारम्भिक चरणमा सहपाठीले असम्भव कार्य ठानेको काममा उनले हात हाले । सहपाठीहरूले यो कामलाई वैज्ञानिकरूपमा निरर्थक हुने सोचेका थिए । सम्भवतः सहपाठीहरूले यो अनुसन्धान न्यून आर्थिक लाभ हुने अपजसी कार्य सोचेका हुन सक्छन् । अर्कोतिर पश्चिमा वैज्ञानिकहरूले धानको उच्च परिमाणमा उत्पादनलाई न्यूनाङ्कन गरे किनभने संसारका गरिबहरूलाई यो अनुसन्धानले कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरा उनीहरूलाई थाहा थिएन ।
युआनले विश्वभर खाद्य सुरक्षाको लागि महत्वपूर्ण योगादन गरे । संसारकै कुल जनसङ्ख्याको पाँच खण्डको एक खण्ड जनसङ्ख्या भएको चीनका जनतालाई खुवाउन मद्दत गर्नु चीनबाट निरपेक्ष गरिबी निर्मूलन गर्नु ठुलो योगदान गर्नु हो । विश्व बैङ्कका अनुसार चीनको आर्थिक वृद्धिले संसारको गरिबी न्यूनीकरणको लागि एक–तिहात्न्दा बढी र संसारबाट निरपेक्ष गरिबी आधाले घटाउने संयुक्त राष्ट्र सङ्घीय सहस्राब्दी विकास लक्ष्य हासिल गर्न पनि ठुलो भूमिका खेलेको छ ।
युआनको उत्तराधिकार बहन गर्ने अन्य वैज्ञानिकहरूले उनको विरासत र योगदानलाई खेर फाल्न दिनुहुन्न वा दुरुपयोग गर्नु दिनुहुन्न । संसारका सबै क्षेत्रका गरिब जनताको दुःख हरण गर्ने भावना आर्थिक लाभ अथवा नाफा घाटाभन्दा धेरै माथिको आदर्श हो । धेरै पश्चिमा जैविक प्राविधिक कम्पनीहरूमाथि आनुवंशिकरूपमा परिमार्जित खाद्य पदार्थ उत्पादन गरेवापत चर्को नाफा लिने गरेको आरोप लाग्ने गरेको छ । युआनले त्यस्ता व्यक्तिगत नाफालाई निषेध गरेका थिए ।
युआन संसारका युवा वैज्ञानिकहरूका लागि प्रेरणाका स्रोत हुन् । कृषि क्षेत्रका वैज्ञानिकहरू मात्र होइन, बरु सबै क्षेत्रमा त्यस्ता वैज्ञानिकको खाँचो छ । उदाहरणको लागि, कोभिड–१९ को खोपमा अन्धराष्ट्रवादी सोच पालेर केही देश बसेको आजको समयमा चीनले यो खोपलाई सार्वजनिक वस्तु बनाउने सङ्कल्प गरेको छ । यो युआनकै दार्शनिक मान्यतासँग मेल खान्छ । मानिसका दुःखबाट लाभ उठाउन खोज्ने प्रयासको परिणाम भारी हुने गर्छ । तर, युआन भने त्योभन्दा निकै माथि छन् ।
(लेखक नैरोबीका सञ्चारविद् एवम् संयुक्त राज्य अन्तर्राष्ट्रिय विश्वविद्यालय अफ्रिकाका लेक्चरर हुनुहुन्छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुशिला
Leave a Reply