भर्खरै :

लेनिनका जीवनका पानाहरू–१८ / राजधानी सरेपछि

यस पुस्तककी लेखिका सोभियत कम्युनिस्ट पार्टीकी वरिष्ठ कार्यकर्ता थिइन् । उनी १९०४–१९०५ मा निर्वासनमा थिइन् । त्यहाँ उनले बोल्शेभिक समुदायबीच काम गरिन् । रुसका गुप्त सङ्गठनहरूसँग गरिने गुप्त पत्र–व्यवहारमा क्रुप्सकायालाई सघाइन् । १९०५ को क्रान्ति र महान् अक्टोबर क्रान्तिमा सक्रियतापूर्वक भाग लिइन् । सोभियत सत्ताका सुरुआती वर्षहरूमा उनले जनकमिसार परिषद् र श्रम तथा प्रतिरक्षा परिषद् सँगसँगै लेनिनको सेक्रेटरीको रूपमा काम गरिन् । उनले लेनिनको बारेमा अनेक संस्मरणहरू लेखिन् । प्रस्तुत पुस्तक लेनिनको बारेमा फोतिएभाले लेखेका संस्मरणहरूको सङ्ग्रह हो ।
जनकमिसारले २० अप्रिलमा ती प्रस्तावहरूलाई पुनर्पुष्टि ग¥यो, जसअनुसार जनकमिसारहरूले आफ्नो आज्ञाप्तिका मस्यौदाहरूलाई कार्यसूचीमा सामेल गराउनुपूर्व टाइप गराई सबै सम्बन्धित विभागलाई सूचनार्थ पठाउनुपर्ने नियम बनाइएको थियो ।
बैठकको क्रममा जसले बोल्ने समय माग्थे, उनीहरूको नाम लेनिनले कार्यसूचीमा वा कुनै सफा कागजमा लेख्दै जानुहुन्थ्यो र बोेलिसकेकाहरूको नाम काट्दै जानुहुन्थ्यो । कहिले–काहीँ उहाँले पछि आफ्नो भाषणमा उल्लेख गर्न कुनै वक्ता– विशेषका कुराहरू लेख्नुहुन्थ्यो । लेनिनले सूचीमा आफ्नो नाम पनि लेख्नुहुन्थ्यो र जब बोल्न उभिनुहुन्थ्यो, तब सधैँ “अब मैले आफ्ना नाम लेखेको छु”, भनेर सुरु गर्नुहुन्थ्यो । बैठकहरूमा सुरक्षित राखिएका विवरणअनुसार उहाँ हरेक बैठकमा तीन वा चार पटक बोल्नुहुन्थ्यो ।
लेनिन घाइते हुनुभन्दा पहिले बैठकहरूमा धूमपान निषेध गरिएको थिएन । कोठामा कुनै भेन्टिलेसन नभएको कारणले कसैले धेरै धूमपान गरेमा कोठा उकुसमुकुस हुन्थ्यो । लेनिनले भेन्टिलेसनको प्रश्न बारम्बार उठाउनुभयो, तर त्यसको सम्बन्धमा केही गर्न सकिएन । ती दिनमा हाम्रो प्राविधिक स्थिति वास्तवमै एकदम कमजोर थियो ।
मौसम ठीक भएपछि गर्मीयाममा हामीले झ्यालहरू खुला राख्थ्यौँ र बैठक हलको आखिरी हिस्सामा भएको झ्यालमा लेनिन बारम्बार जानुहुन्थ्यो र झ्यालको दासामा बसेर ताजा हावा लिने हेतुले आफ्नो शरीरलाई यथासम्भव बाहिर झुकाउनुहुन्थ्यो ।
जनकमिसार परिषद्को बैठकहरूमा अनेक विभागीय प्रतिनिधि सरिक हुन्थे । “विशेष समस्याहरूमाथि हुने बहसमा भाग लिन सोभियत सङ्गठनका प्रतिनिधिहरूको सङ्ख्या घटाउने वाञ्छनियता” को सम्बन्धमा लेनिनले १८ मे मा अत्यन्त नापतौल गरिएका शब्दहरूमा एउटा प्रस्ताव पेश गर्नुभयो । जनकमिसार परिषद्ले फैसला ग¥यो– “सैद्धान्तिकरूपमा प्रतिनिधिहरूको सङ्ख्या कम गर्ने आवश्यकतालाई मञ्जुर गरियोस् र सम्बन्धित कमिसारियतहरूका हरेक मामिलाहरूमा एउटा न्यूनतम आवश्यक सङ्ख्या निर्धारित गर्ने सल्लाह दिइयोस् । सम्भव भएसम्म त्यो सङ्ख्या तीनसम्म सीमित राखियोस्, अनि हर दृष्टिकोणको प्रतिनिधित्व होस् भनी हेक्का राखियोस् ।”
जनकमिसार परिषद्को बैठक समस्याहरूले भरिएको हुन्थ्यो र औधी जोश–जाँगरले चल्थ्यो । हरकोहीले उत्साह र उत्सुकता अनुभव गथ्र्यो । अ.ब. लुनाचास्र्कीले आफ्ना संस्मरणमा यी बैठकहरूबाट आफ्ना मनमा परेका प्रभावहरूको एकदम राम्रो विवरण दिनुभएको छ ।
उहाँले लेख्नुभएको छ, “जनकमिसार परिषद्का बैठकमा एकप्रकारको उत्साहित वातावरण बनिरहन्थ्योे । हर क्षणमा यत्ति धेरै तथ्य, विचार र निर्णय हुन्थे, लाग्थ्यो समय नै रोकिएको छ । ती बैठकहरूमा न त नोकरशाही प्रवृत्तिको अलिकति पनि लक्षण देखिन्थ्यो, न आत्म–महत्वको थोरै पनि लक्षण वा इसारा । कामले थाकेर चुर भएको भए पनि तनावको महसुस कहिल्यै भएन । सारा जिम्मेवारीबाट बाँधिएको भए पनि काम, खासगरी लेनिनको उपस्थितिको कारण सजिलो लाग्थ्यो… ।
“जनकमिसार परिषद्मा मानिसहरू मुस्कुराउँथे र ठट्टा गर्दै चुस्तता र प्रशन्नताका साथ काम गर्थे ।”
अनिवार्य बहस–छलफलबाट मनस्थितिमा कुनै बाधा पर्दैनथ्यो । खाद्य–व्यापारको ठेक्कापट्टा सम्बन्धमा हुने तात्तातो बहसहरू मलाई याद छ । खाद्यान्नका जनकमिसार अ.द.त्सुरूपा आफ्ना सुगठित बोर्डको सहायता तथा लेनिनको समर्थनबाट राज्यको एकाधिकारको लागि सधैँ चनाखो हुनुहुन्थ्यो । ती मानिसहरूको विरुद्धमा धेरै भावुकतापूर्ण ढङ्गले लड्नुहुन्थ्यो, जो कालाबजारी, मुनाफाखोरी आदि कुपरिणामहरूसहित खाद्य–व्यापारमा स्वतन्त्रता चाहन्थे । कहिलेकाहीँ त बहस जायज प्रस्तावहरूको विपक्षमा हुन थाल्थ्यो । त्यस्तो बेलामा त्सुरूपाले बहसको बीचमै यदि उहाँको प्रस्ताव नमानेमा उहाँले राजीनामा दिनुहुनेछ भनी घोषणा नै गर्नुहुन्थ्यो । तर, लेनिनको सहायताले मामिला सल्टिन्थ्यो । त्सुरूपा र उहाँको कमिसारियतद्वारा जोडदार तवरले समर्थित खाद्यान्न–अधिनायकत्व स्थापित गर्ने अत्यन्त महत्वपूर्ण आज्ञाप्ति (१) ८ मे १९१८ मा जारी गरियो ।
जनकमिसार परिषद्को कार्यविवरणसम्बन्धी फैसलाहरू लेनिनले प्रायः बोलेर लेखाउनुहुन्थ्यो । उहाँले आफ्ना मनमा शब्दावली तयार गर्नुहुन्थ्यो र छिटो–छिटो बोलेर लेखाउँदै अन्त्यमा सधैँ प्रश्न गर्नुहुन्थ्यो– “लेख्नुभयो हजुरले ?” वा “हजुरले लेखिसक्नुभयो ?” । फेरि तुरुन्त अर्को प्रश्नसँग सम्बन्धित सामग्रीको माग गर्नुहुन्थ्यो ।
हामीहरूमध्ये कोही पनि स्टेनोग्राफर थिएनौँ, त्यसकारण उहाँका शब्दहरूलाई लेख्न एकदम कठिन थियो । यसको लागि ध्यान र स्मरण शक्ति दुवैमा मनग्य जोड दिनुपथ्र्यो । तर, लेनिनसँग उहाँका आकस्मिक सवालले मलाई उल्झनमा पार्छन् भनी भन्ने साहस कहिल्यै गर्न सकिनँ । साधारणतः मैले उहाँले फटाफट बोलेका शब्दहरूको प्रारम्भिक अक्षर लेख्थेँ । तिनलाई स्पष्ट गरी लेख्ने काम बैठकपछि गर्थेँ ।
जनकमिसार परिषद्ले १५ मेमा न्याय–जनकमिसार प.इ.स्तुच्काले पेश गरेको प्रस्तावमाथि छलफल गरी बैठकहरूका कार्य–विवरण टाइप गराइयोस् र त्यसको एक–एकप्रति जनकमिसारलाई दिइयोस् भन्ने निर्णय पास ग¥यो । यसमा त्यसको रसिद लेखेर दिने र त्यसको लागि स्वयं जिम्मेवार हुने निर्णय पनि समावेश थियो । यसले कमिसारियतहरूका असङ्ख्य सोधपुछका जवाफ दिने र विभिन्न निर्णयको सम्बन्धमा कार्य–विवरणको उद्धरण पठाउने झन्झटपूर्ण कामबाट छुटकारा भयो ।
त्यसैदिन, अर्थात् मे १५ मै स्तुच्कालाई सरकारी आज्ञाप्तिहरू तथा आदेशहरूलाई प्रकाशित गर्ने नियमावलीको बारेमा एउटा प्रस्तावको मस्यौदा पेश गर्न आदेश दिने फैसला स्वीकृत गरियो । यसको आवश्यकता पक्कै पनि पहिलाका केही गल्तीका कारण उत्पन्न भएको हुनसक्छ । स्तुच्काले वास्तवमा प्रकाशनको लागि पठाइने सबै आज्ञप्तिहरू अखबारमा छापिँदैन भन्नुभयो । उदाहरणका लागि, ‘क्रान्तिकारी आन्दोलनको बारेमा’ जारी गरिएको आज्ञप्ति समयमा प्रकाशित गरिएन । अर्कोतर्फ घडीलाई एक घण्टा छिटो बनाउने सम्बन्धमा प्रस्तावित आज्ञप्ति स्वीकृत नहुँदै अखबारहरूमा छापिएको थियो । जनकमिसार परिषद्ले प्रबन्ध–व्यवस्थापकको विषयमा जाँच गर्ने र अखबारलाई तुरुन्त यस समाचारको प्रतिवाद पठाउने आदेश दियो ।
सुरुमा हाम्रो अनुभवहिनता र कार्यालयसम्बन्धी कामका आधारभूत नियमहरूको गैर–जानकारीको कारण हामीले धेरै समस्याहरूको सामना गर्नुप¥यो । कहिलेकाहीँ त हामीबाट ठुला गल्तिहरू भए । एकरात जनकमिसारको बैठकपछि मैले त्यसको कार्य–विवरण लेखेर तयार गर्दा बिहानको तीन बज्यो । बैठकमा पारित एउटा महत्वपूर्ण आज्ञाप्तिको समाचार बिहानको अखबारमा अवश्य आउनुपर्छ भनी मैले त्यसलाई समाचारको रूपमा पठाउनुको सट्टा आज्ञप्तिको एक प्रति ‘इज्वेस्तिया’ लाई पठाएँ, जसमा कुनै हस्ताक्षर थिएन । उनीहरूले स्वयं समाचार बनाउनेछन् भन्ने मलाई पक्का विश्वास थियो । आज्ञप्तिको प्रतिको उपल्लो भागमा मैले आफ्ना हस्ताक्षर यसप्रकार गरेकी थिएँ, “प्रमाणित साँचो प्रतिलिपि, ली.फोतिएभा ।” दोस्रो दिन बिहान जब म काममा आएर अखबार पल्टाएँ, तब हैरान भएँ । अखबारमा मेरो हस्ताक्षरसहित पूरा आज्ञप्ति छापिएको थियो । “प्रमाणित साँचो प्रतिलिपि”– शब्दबाहेक । लेनिनले मलाई तुरुन्त बोलाएर सोध्नुभयो, “तपाईँले आफ्नो नामबाट आज्ञप्तिहरूमा हस्ताक्षर गर्ने काम कहिलेदेखि सुरु गर्नुभयो ?” यस्तै–यस्तै घटनाहरूले हामीलाई साना–ठुला हरेक विषयमा समानरूपले सतर्क रहन सिकाए । लेनिनको नजरबाट कुनै पनि कुरा लुक्न सक्दैनथ्यो ।
बिस्तारै–बिस्तारै, पाइला–पाइला गर्दै जनकमिसार परिषद्को संयन्त्रले व्यवस्थित ढङ्गले काम गर्न लागेको थियो ।
लेनिनले आफूलाई पूर्णरूपमा काममा होम्नुभएको थियो । हुन त अन्यथा हुन पनि सक्दैनथ्यौँ । आज कसैले क्रान्तिका प्रारम्भिक वर्षलाई यति पूर्णरूपमा सम्झन सक्दैन । नवोदित सोभियत राज्यको बाटोको तगारो बनेका भयानक कठिनाइहरूलाई बुद्धिले हलमात्र गरिएन, बरु आफ्ना समस्त चेतनाद्वारा महसुस गर्न सकियो । चारैतर्फ शत्रुले घेरिएको सोभियत राज्यले लेनिनको नेतृत्वमा, कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादको मार्गप्रशस्त गरेको थियो । सोभियत जनतन्त्रका मजदुर र किसानहरूले अनुभव वा जानकारीबिना, बाहिरी सहायताबिना, पुँजीवादी बुद्धिजीवीहरूद्वारा तोडफोडको स्थितिमा राज्यको लगाम आफ्ना हातमा लिएका थिए । तब के लेनिनजस्ता महान् मेधावी क्रान्तिकारीले यस्तो समयमा आफू आरामसँग बस्न स्वीर्कानुहुन्थ्यो ? जबकि त्यही उद्देश्यका लागि उहाँले आफ्ना सारा जीवन अर्पिनुभएको थियो । पक्कै पनि लेनिनले यस्तो गर्न सक्नुहुन्नथ्यो । अन्ततः सोभियत जनतन्त्रले उल्लेखनीय नतिजा हासिल गरेको थियो । सोभियत जनतन्त्रका कामदार जनता महान् अक्टोबर क्रान्तिको उपलब्धिहरूको रक्षाहेतु कठिन सङ्ग्राम गरिरहेका थिए । सोभियत र पार्टी निकायहरूका सबै कामका लागि नेताको हैसियतले आफ्ना निजी जिम्मेवारीप्रति लेनिन गम्भीररूपले सचेत हुनुहुन्थ्यो । यसैले साथीहरूले आराम गर्न वा उपचार गर्न जति जुक्तिपूर्ण आग्रह गरे पनि उहाँले कहिल्यै मान्नुहुन्नथ्यो । ती सबै आग्रह र जुक्तिहरू ती दिनहरूमा व्यर्थ जान्थे ।
लेनिनमाथि कस्तो असहनीय भार थियो होला, कल्पना गर्नसक्नुहुन्छ ? लेनिनले १९१८ को वसन्त र गर्मीमा लेनिनले क्रुप्सकाया र मरिया इल्यीनिच्नासँग कारमा केही समयको लागि सहरभन्दा बाहिर घुमघाम गरी आफूलाई सुस्ताउने मौका दिनुहुन्थ्योे । त्यो पनि आक्कल–झुक्कल । लेनिनले तरासोभ्कामा ग्रीष्म–घरमा बस्ने कोसिस गर्नुभएको थियो, तर होहल्ला र लामखुट्टेको कारण उहाँ धेरै दिनसम्म बस्न सक्नुभएन ।
मरिया इल्यीनिच्नाले आफ्ना संस्मरणमा लेखेअनुसार, दिउँसोको खानाको लागि स्याण्डविच साथमा लिएर केही घण्टालाई सहरभन्दा बाहिर कारमा घुम्न जान उहाँहरूले बानी पार्नुभयो । उहाँलाई बारविखा भन्ने ठाउँनजिकै मस्को नदीको किनारको एउटा बगैँचा सबैभन्दा मनपथ्र्यो । घाइते भएपछि बल्ल लेनिन तीन हप्ता गोर्कीमा बस्नुभयो । पछि गोर्की नै उहाँको आराम गर्ने प्रिय ठाउँ बन्यो । उहाँले आफ्ना सबै आइतबार त्यहीँ बिताउनुहुन्थ्यो र चिसो तथा गर्मीका अन्तिम दिनहरूमा काम पछि सधैँ केही घण्टा कारमा गोर्की घुम्न जानुहुन्थ्यो ।
लेनिनको नेतृत्वमा जनकमिसार परिषद् जुन प्रश्नलाई लिएर व्यस्त थियो, तिनको दायरा एकदम विस्तृत थियो । सरकार मस्कोमा सरेपछि पहिला दुई महिनाको अवधिमा जनकमिसार परिषद्ले मुख्य सङ्गठनात्मक प्रश्नहरूमाथि विचार–विमर्श ग¥यो । फैसलाहरू स्वीकृत भए । जसमा राजकीय निरीक्षण संस्थाको स्थापना, रेलवे र डाँक–तारको प्रबन्ध–व्यवस्थाको केन्द्रीकरण, बाल्टिक सागरका जहाजका समूहको व्यवस्था, सरकारी कानुन र आज्ञप्तिहरूको सङ्ग्रह प्रकाशन आदि प्रश्न सामेल थिए ।
जनकमिसार परिषद्ले ८ अप्रिलमा सोभियत सङ्घको राजकीय झन्डालाई स्वीकृत ग¥यो र लेनिनको आज्ञाले त्यसलाई क्रेमलिनमा फहराइयो ।
जनकमिसार परिषद्ले राष्ट्रिय अर्थव्यवस्थाका ठुला–ठुला समस्याहरूमाथि विचार ग¥यो । जस्तैः कपास उत्पादन कार्यक्रम, तुर्किस्तानको सिँचाइ योजना, मूर्मांस्क प्रदेशको विकास, मस्कोमा रोटी आपूर्तिको लागि छोटो रेल लाइनको निर्माण, धातु उद्योगको राष्ट्रियकरण, विदेशी व्यापारको राष्ट्रियकरण, केन्द्रीय पीट समितिको सङ्गठन र चिनी उद्योगको पुनर्नियुक्तिसम्बन्धी कारबाहीहरू । चिनी उद्योगका मजदुरहरूको एउटा प्रतिनिधिमण्डलले १६ अप्रिलमा लेनिनसँग भेट ग¥यो । लेनिनले उनीहरूसँग लामो समय कुराकानी गर्नुभयो । त्यसै महिना लेनिनले आर्थिक नीति, विशेषतः बैङ्कसम्बन्धी नीतिका आधारभूत नियमहरूमाथि लेखहरू लेख्नुभयो ।
कृषिका लागि मेसिन र धातुहरूको आपूर्ति गर्ने, सहर र गाउँहरूबीच व्यापारको सङ्गठन गर्ने, कुलाकहरूविरुद्ध लड्न मजदुरहरूको दल बनाउने आदि फैसलाहरू स्वीकृत गरिए ।
देशको प्रतिरक्षाको प्रबन्ध र सशस्त्र सेना आदिको निर्माण गर्न एउटा सर्वोच्च सैनिक परिषद् स्थापना गर्ने फैसला पनि स्वीकृत गरियो ।
त्यस क्रममा लेनिनले क्रान्तिकारी कानुनलाई सुदृढ बनाउन र भ्रष्टाचारलाई उन्मूलन गर्न धेरै कोसिस गर्नुभयो । उहाँले ३० मार्च, १९१८ मा न्याय जनकमिसारहरूद्वारा जनकमिसार परिषद्मा पेश गरिएको क्रान्तिकारी अदालतसँग सम्बन्धित आज्ञप्तिको मस्यौदालाई आधारभूत संशोधन गर्ने प्रस्ताव पेश गर्नुभयो । यस्तो उहाँले वास्तविक शीघ्रतापूर्वक प्रतिक्रान्तिकारी, भ्रष्टाचारी र अनुशासन भङ्ग गर्ने विघटनकारीविरुद्धमा साँचो क्रान्तिकारी क्षमाहीनताका साथ काम गर्ने अदालतको स्थापनाका व्यवहारिक परिणामहरूमाथि ध्यान केन्द्रित गर्न सकियोस् भन्ने उद्देश्यले गर्नुभयो ।
न्यायको जन–कमिसारियतले जनकमिसार परिषद्ले अनुमोदन गरेको लेनिनको प्रस्तावमाथि ‘भ्रष्टाचार र भ्रष्टाचारसँग सम्बन्धित हरेक मामिलाको लागि कडा सजायको बारेमा’ एउटा आज्ञप्तिको मस्यौदा तयार ग¥यो ।
टिप्पणी :
१) यस आज्ञप्तिद्वारा खाद्यान्न व्यापारमा राजकीय एकाधिकारको उल्लङ्घनीयताको पुष्टि गरियो । खाद्यको जन–कमिसारियतको मातहत जनतन्त्रको खाद्य आपूर्ति र वितरणलाई केन्द्रित गरियो । खाद्य जनकमिसारको अन्नको कालोबजारी र मुनाफाखोरी गर्ने ग्रामीण पुँजीपतिहरूविरुद्धमा सङ्घर्ष गर्न विशेष अधिकार दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *