भर्खरै :

जन्मको आधारमा नागरिकता देश हितविपरीत

काठमाडौँ, १५ जेठ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिको आयोजनामा शनिबार जुममा ‘समसामयिक राजनीतिक परिस्थिति’ बारे अनलाइन प्रवचन कार्यक्रम भएको छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले विदेशीले पाएको नागरिकता तत्काल खारेज गर्नुपर्ने र नेपालजस्तो खुला सिमाना भएको देशमा जन्मको आधारमा नागरिकता दिनु देशको हितमा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “२०६३ कार्तिक २२ गते भएको ८ दलको सर्वदलीय बैठकमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले जन्मको आधारमा नागरिकता दिँदा देशको हितमा नहुने धारणा राख्दै अन्य दलका नेताहरूलाई पनि सतर्कता गराउनुभएको थियो । तर, माधवकुमार नेपाल, शेरबहादुर देउवालगायतका नेताहरू भारतीय दूतावासको दबाबका कारण अडानबाट पछि हटेका थिए ।”
सचिव सुवालले २०६३ मंसिर ४ गतेको अन्तरिम संसद्््मा नेमकिपाले मात्र नागरिकता विधेयकको विरोधमा मत दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “२०६३ मंसिर २९ गते भारतीय विस्तारवादको इसारामा बनेको नागरिकता नियमावलीमार्फत तीन जनाको सिफारिसमा नागरिकता दिएर शासक दलहरूले राष्ट्रघात गरेको हुँदा नेपाली जनताले सङ्घर्ष गर्नुपर्छ ।” हालको अध्यादेशमा गैरनेपालीको नागरिकता छानबिन गर्नुको साटो जन्मको आधारमा नागरिकता पाएका आमाबाबुका सन्तानलाई वंशजको नागरिकता दिएर विदेशीलाई पनि राष्ट्रपतिलगायतका मुख्य – मुख्य पदमा पु¥याउने षड्यन्त्र भएकोमा सम्पूर्ण देशभक्त नेपालीले विरोध गर्नुपर्ने सचिव सुवालले औँल्याउनुभयो ।
देउवा पहिले प्रधानमन्त्री हुँदा महाकाली सन्धिलगायतमा राष्ट्रघात भएको भन्दै उहाँले गणतन्त्रमा निर्वाचित राजाहरूका कारण नेपाली जनताले दुःख पाएको उल्लेख गर्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय संयोजक प्रकाश गुरुङको सभापतित्वमा भएको कार्यक्रममा सदस्य तारा न्यौपानेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *