हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
साओ पाओलो, १७ जेठ । ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको पाइएको बताइएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ आइतबार मात्र पनि ८७४ जनाको यो भाइरसका कारण ज्यान गएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४ लाख ६२ हजार जनाको ज्यान गएको छ । यहाँ यो सङ्क्रमणबाट ४ लाख ६१ हजार ९३१ जनाको ज्यान गएकोे आइतबार यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण घट्न सकेको छैन । कतिपय दिन यहाँ सङ्क्रमितहरूको सङ्ख्या घटेको जस्तो देखिए पनि केही दिनपछि फेरि बढेर आउने गरेको पाइएको छ । अधिकारीहरूले सङ्क्रमितहरू यहाँका अस्पतालहरूमा ठूलो सङ्ख्यामा रहेका पाइएको छ । अधिकारीहरूले अहिले पनि यहाँका बिरामीको चाप थेग्न सकेका छैनन् ।
यहाँ गत २४ घण्टामा कोभिड–१९ का ४३ हजार ५२० जना सङ्क्रमितहरू भेटिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार सो जानकारी दिएको छ । त्यसैगरी यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ६५ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । ब्राजिलका अधिकारीहरूले यहाँ कोरोना विरुद्धको खोप लगाउने क्रम पनि जारी रहेको बताएका छन् । यहाँको सबैभन्दा बढी प्रभावित भएको क्षेत्र साओ पाओलो हो । यस राज्यमा मात्र ३५ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् ।
Leave a Reply