हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, १७ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन प्लान्ट व्यवस्था गर्नको लागि नगरपालिकालाई विभिन्न सहकारी संस्था, सङ्घ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम सोमबार पनि जारी रह्यो ।
यसै क्रममा सोमबारमात्र आर्थिक रू. ७३ लाख ७० हजार २ सय ५४ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ । भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा जेठ ५ गतेदेखि १७ गतेसम्ममा आर्थिक रू. ३ करोड २० लाख ८२ हजार २४४ जम्मा भएको छ ।
आगामी दिनमा भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा सङ्घ–संस्थाहरूले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैङ्क लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा जम्मा गर्न अथवा भक्तपुर नपामा उपलब्ध गराउन नपाले अनुरोध गरेको छ ।
Leave a Reply