सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका नेता र सांसदहरू नै असन्तुष्ट
- श्रावण १, २०८३
अङ्ग्रेजीमा एउटा भनाइ छ – ‘फ्रेन्ड इन निड इज फ्रेन्ड इन्डिड’ अर्थात् आवश्यकता पर्दा सहयोग गर्ने नै असल साथी हो । चिनियाँ राष्ट्रपति सि चिनफिङले नेपाललाई कोभिड–१९ विरुद्धको भेरोसेल खोपको १० लाख डोज अनुदानमा उपलब्ध गराउने घोषणा गर्नुभएको केही दिनमै नौ लाख डोज नेपाल ल्याइएको छ भने बाँकी १ लाख डोज केही दिनमा ल्याइँदै छ । यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा प्रयोग भइसकेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका राजनीतिक दलहरूबीच अघिल्लो साताको बुधबार (जेठ १२) सम्पन्न अनलाइन बैठकमा महामारीविरुद्धको लडाइँमा एकजुट भई अघि बढ्ने र जनताको जीवन रक्षा गर्ने विषयमा छलफल भएको थियो । नेपाल सरकारलाई जनदबाब भएपछि चीनबाट खोप ल्याउनको निम्ति नेपाल सरकारले कूटनीतिक पहल गरेको थियो ।
जेठ १२ गतेको चिकपासँगको बैठकमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कठिन समयमा सहायताको हात बढाएर चीन हामीसँगै उभिएको भन्दै चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारले उपलब्ध गराएका चिकित्सकीय सहायता एवम् अन्य सहयोगको निम्ति आभार व्यक्त गर्नुभएको थियो ।
यसअघि सरकारले चीनसँग खोप ल्याउन आवश्यक ठोस पहल नै गरेको थिएन । खोपको निम्ति भारतकै भरपर्न खोज्यो, नेपाल सरकार । भाजपाको मोदी सरकारलाई खुसी पार्न खोजिरहेको थियो केपी ओली सरकार । महामारी नियन्त्रणको निम्ति अफ्रिकासम्म पुगिरहेको चीनसँग पनि यथोचित कुराकानी वा वार्ता गर्न सकिन्थ्यो । सीमा जोडिएको एउटा सानो देशको निम्ति पुग्दो खोप चीनले दिनसक्थ्यो । ढिलो भए पनि सरकारको बुद्धि खुल्यो ।
कोभिड–१९ विरुद्ध लड्ने क्षमता बढाउने प्रभावकारी उपाय भ्याक्सिन हो तर सरकारले समयमै खोप ल्याउन नसक्दा व्यापक विरोध भयो । कोभिडको दोस्रो लहर झन् खतरनाक हुने प्रक्षेपण गर्दागर्दैै पनि सरकारका जिम्मेवार मन्त्रीले समयमै खोप ल्याउन पहल गरेका थिएनन् । २०७७ माघसम्म कोभिडको कारण हुने मृत्युदर शून्य थियो, दैनिक एकसय हाराहारीमा सङ्क्रमण दर रहेको थियो । त्यतिञ्जेल स्वास्थ्य मन्त्रालय सुस्ताएर बस्यो । यो महामारीको दोस्रो लहर आँधीजस्तो फैलिन थालेपछिमात्र स्वास्थ्यमन्त्री अत्तालिन थाले । संयुक्त राष्ट्र सङ्घले विश्व स्वास्थ्य सङ्गठनमार्फत गरिब देशलाई निःशुल्क दिने कोभ्याक्सको केही मात्रा आइपुग्यो, बाँकी ल्याउने तदारुकता देखाएन । यो कूटनीतिमा पनि असफल भयो सरकार ।
भारतको सिरम इन्स्टिच्युटले कोभिशिल्डको २० लाख डोज खोपको पैसा नेपालसँग बुझी लिएर पनि कारखानामा आगलागी भएको बहानामा नेपाललाई १० लाख डोजमात्र दिएर बाँकी खोप दिन नसक्ने भन्यो । करोडौँ खोप उत्पादन गर्नसक्ने उद्योगले बाँकी खोपको डोज दिन नसक्ने कुरै थिएन ।
कमिसनको कुरा नमिलेकोले नेपालमा कोभिडको खोप आइनपुगेको समाचार सुनिएको थियो । यसमा प्रम ओली र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच एक खालको आरोपप्रत्यारोप भएको थियो । स्वास्थ्यमन्त्रीले कोभिशिल्डको नेपालको अधिकृत बिक्रेता मानिएको हुकाम डिस्ट्रिब्युटर्स प्रम नजिकको कम्पनी भनी आरोप लगाएका थिए । ‘हुकाम’ को कमिसनकै खेलमा खोप नआएको हो भने त्यस्तो कम्पनीलाई राज्यविरुद्धको अपराधको कानुन लगाएर कारबाही गर्नुपर्ने थियो । आफ्नो अक्षमता लुकाउन यस्ता कुरा बाहिर आएका हुन् भने त्यस्ता मन्त्रीले जनअदालतमा उभिनैपर्छ ।
जे होस्, चीनबाट भेरोसेल खोप ल्याइएको छ । यसले हामीलाई राहत मिलेको छ । नेपालीमा उत्साह मिलेको छ । भ्याक्सिनको निम्ति चीन सरकारप्रति नेपाली जनता आभारी छन् ।
तर, पर्याप्त भ्याक्सिनको निम्ति अरू पहल गर्नैपर्छ । चिनियाँ भ्याक्सिन ल्याउने नै सबभन्दा सजिलो तरिका होला । सम्बन्धित मन्त्रालयको ध्यान जानु आवश्यक छ ।
Leave a Reply