कुरिल टापुमा राष्ट्रपति पुटिनको भ्रमण
- श्रावण २८, २०८३
विश्व स्वास्थ्य सङ्गठनले चीनको साइनोभ्याक कम्पनीले उत्पादन गरेको कोभिड–१९ को खोपलाई आकस्मिक प्रयोगको लागि अनुमति दिएको छ । चीनका वैज्ञानिकहरूको लागि यो समाचार उत्सवको विषय बनेको छ भने संसारका अधिकांश देशको निम्ति पनि यो खुशीको खबर बनेको छ । यसअघि मार्च ७ मा चीनकै साइनोफार्म कम्पनीको खोपलाई पनि विश्व स्वास्थ्य सङ्गठनले त्यस्तै अनुमति दिएको दियो । साइनोभ्याक खोप विश्व स्वास्थ्य सङ्गठनबाट आकस्मिक प्रयोगको लागि अनुमति प्राप्त दोस्रो खोप बनेको छ ।
इन्डोनेसियामा साइनोभ्याक कम्पनीको खोप महामारीविरुद्ध अग्रमोर्चामा लडेका स्वास्थ्यकर्मीहरूमा ९५ प्रतिशत प्रभावकारी प्रमाणित भएको छ । यो खोप लगाएका स्वास्थ्यकर्मीहरूमध्ये अत्यन्त बहुमत कोभिड–१९ बाट सङ्क्रमित भए पनि अस्पताल भर्ना नपरेको र नमरेको अनुसन्धानले पुष्टि गरेको छ । साइनोभ्याक अब विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स कार्यक्रमको पनि हिस्सा बनेको छ । फलतः चीनको यो खोपले संसारमा खोपको असमानता अन्त्यको लागि महत्वपूर्ण भूमिका खेल्नेछ । विश्वव्यापीरूपमा समतामूलक ढङ्गले खोप वितरण गर्न यसले पनि आफ्नो तर्फबाट योगदान गर्नेछ ।
केही पश्चिमा देशहरूले सरकारी, सञ्चारमाध्यम, प्राज्ञिक वृत्त र जनमतमार्फत चीनमा बनेका खोपप्रति उपेक्षा देखाउने गरेका छन् । यस्ता सबै कुरालाई पन्छाएर विश्व स्वास्थ्य सङ्गठनको विज्ञ टोलीले साइनोभ्याकको खोपलाई अनुमोदन गर्नु सन्देहरहित विषय हो ।
अब चीनको खोपलाई स्वीकार्न अनकनाउनुलाई विश्व स्वास्थ्य सङ्गठनका सरुवा रोग विशेषज्ञ मेरी–लुइस मेलजले सुरुमा भनेको जस्तो ‘वैज्ञानिक जातिवाद’ भन्नुपर्छ । चीनको खोपलाई गलत ढङ्गले खेदो खनेर खोपप्रति नकारात्मकता (भ्याक्सिन हेजिटेन्सी) लाई उत्साहित गर्ने कुनै पनि सरकार, सञ्चारमाध्यम र आम सर्वसाधारणलाई कुनै नैतिक अधिकार छैन ।
हिजोआज मूलभूमि चीनमा हरेक दिन २ करोड खोप लगाइँदैछ । म स्वयम् पनि साइनोभ्याक खोपको पहिलो मात्रा लगाउने अवसरको निम्ति धैर्यतापूर्वक प्रतिक्षा गरिरहेको छु ।
साइनोभ्याक खोपमा निस्क्रिय बनाइएको भाइरसको प्रयोग गरिएको हुन्छ । यस्तो खोपको एउटा फाइदाजनक कुरा के हो भने यसलाई न्यानो हावापानीमा राख्दा पनि हुन्छ । उष्णकटिबन्धीय गर्मी हावापानी भएका देशहरूमा धेरै मानिसलाई दिइने खोप शून्त्र्न्दा न्यून तापक्रम भएको रेफ्रिजेरेटरमा राख्न असम्भव हुन्छ ।
वास्तवमा उनीहरूले अन्तर्राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्नमा ध्यान दिएका भए चीनमा बनेको खोपप्रति संसारभर अझ विश्वास बाक्लो हुने थियो ।
केही पश्चिमा शक्तिहरूले हालै चीनविरुद्ध उछालेको पछिल्लो तनावले खोप लगाउने विषयमा संसारभर भइरहेको छलफललाई छाँयामा पारेको छ । त्यसले विश्व मानव समुदायमाथि गम्भीर प्रभाव पारेको छ । सत्य के हो भने कोभिड–१९ विरुद्धको लडाइँ विश्वव्यापी लडाइँ हो । हरेक व्यक्तिलाई लगाइने खोप सम्पूर्ण मानव जातिको साझा सफलतातिरको पाइला हो ।
मानव जातिको साझा भविष्यको यस्तो महत्वपूर्ण अभियान भूराजनीतिक मतान्तरको कारण बिथोलिनु गम्भीर गल्ती हो । अब चीनमा बनेका दुवै खोप साइनोफार्म र साइनोभ्याकलाई स्थानीयरूपमा अनुमोदन गर्न सबै पश्चिमा देशहरूमाथि दबाब परेको छ ।
मूलभूमि चीनमा कोभिड–१९ महामारीमाथि नियन्त्रणपछि चीनले अब उत्पादित खोप निर्यात गर्ने स्थानमा छ । खोप आपूर्तिको लागि आज संसारका धेरै विकासशील देशहरू चीनमाथि पूर्णतः वा आंशिकरूपमा निर्भर छन् ।
विश्व स्वास्थ्य सङ्गठनले औपचारिक अनुमोदन गर्नु धेरैअघि नै अहिले अनुमोदित साइनोभ्याकलगायत चीनमा बनेका खोपहरू अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिममा परेका जनतालाई दिइसकेको छ ।
हिजोआज मूलभूमि चीनमा हरेक दिन २ करोड खोप लगाइँदैछ । म स्वयम् पनि साइनोभ्याक खोपको पहिलो मात्रा लगाउने अवसरको निम्ति धैर्यतापूर्वक प्रतिक्षा गरिरहेको छु ।
साइनोभ्याक खोपमा निस्क्रिय बनाइएको भाइरसको प्रयोग गरिएको हुन्छ । यस्तो खोपको एउटा फाइदाजनक कुरा के हो भने यसलाई न्यानो हावापानीमा राख्दा पनि हुन्छ । उष्णकटिबन्धीय गर्मी हावापानी भएका देशहरूमा धेरै मानिसलाई दिइने खोप शून्त्र्न्दा न्यून तापक्रम भएको रेफ्रिजेरेटरमा राख्न असम्भव हुन्छ ।
त्यही भएर अधिकांश विकासशी देशहरूमा साइनोभ्याक आपूर्तिको लागि सहज खोप हुन सक्छ किनभने न्यानो हावापानीमा पनि यो खोपको व्यापक वितरण सम्भव हुन्छ ।
यसअघि भारत संसारकै सबभन्दा ठुलो खोपको उत्पादक देश थियो । तर, भारत आज आफै आर्थिक र महामारीले निम्त्याएका समस्यासँग सामना गरिरहेको छ । भारतको कोभिड–१९ को सङ्क्रमण, मृत्यु र आर्थिक सङ्कुचनलाई सबै देशलाई उछिनेको छ ।
भारतमा उत्पादित खोप पक्कै पनि उसको लागि जेनतेन पुग्ने अवस्था छ । त्यसकारण संसारका अधिकांश देशको लागि चीन नै खोपको सबभन्दा भरपर्दो आपूर्तिकर्ता देश हुनसक्छ । चीनले वर्षको अनुमानित ५ अर्ब खोप उत्पादन गर्न सक्ने क्षमता विकास गरेको छ ।
कोभिड–१९ को सामना अबको नयाँ वास्तविकता हो । तथापि, खोप विकास र उत्पादनको लागि चीनको अथाह क्षमताको कारण अब चीनको खोपको उपस्थितिलाई सह्नु संसारका धेरै भागको निम्ति अर्को नयाँ वास्तविकता हुने सम्भावना देखिंदैछ ।
हालैको एक खबरअनुसार अहिलेको सङ्कट सामना गर्न भारतले पनि चीनको खोप आयात गर्नुपर्ने अवस्था बनेको छ । अब भारतका नेताहरूले आफ्नो अन्यायपूर्ण आत्मगौरवको बाटो रोज्ने अथवा जनताको जीवन, यो प्रश्नको उत्तर दिनुपर्नेछ ।
ब्लुमवर्ग पत्रिकाका स्तम्भकार एन्डी मुखर्जीले लेखेका छन्,“सबै विचार र रङका भारतीय नेताहरूलाई एकै बाजी साइनोफार्म र साइनोभ्याक बायोटेक प्रालिका खोपको पक्षमा वकालत गर्न गा¥हो पर्नेछ । तर, भारतीय जनतालाई मृत्युबाट जोगाउने र अर्थतन्त्रको ढोका पुनः खोल्नेबाहेक यतिबेला राष्ट्रिय हितको विषय अरू के हुन सक्छ र ?”
यो प्रश्न भारतको लागि मात्र होइन, सम्पूर्ण संसारको लागि हो । साढे एक वर्ष कोभिड–१९ ले निम्त्याएका रोकहरूबीच बसेपछि मेरो विचारमा संसार अलि खुल्ला परिवेशतिर अघि बढिरहेको अनुभव गर्दैछु । त्यो खुला परिवेशमा पुग्न चीनमा बनेका खोपको उपस्थिति स्वीकार्ने ठाउँमा पुग्न आवश्यक छ ।

(लेखक हङकङ (शनचेन) चिनियाँ विश्वविद्यालयका रिसर्च फेलो हुनुहुन्छ । सात वर्ष मकाउ बसेर उहाँले मकाउ विश्वविद्यालयमा सहायक प्राध्यापकको रूपमा काम गर्नुभयो ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुमन
Leave a Reply