भर्खरै :

कोरोना भाइरसको नाम ग्रिक अल्फावेटअनुसार

गत वर्ष छिमेकी मुलुक चीनको उहानमा कोभिड–१९ को सङ्क्रमण देखापर्दा रोग निदान र रोकथाममा जुट्नुपर्ने बेलामा पुँजीवादका नाइके साम्राज्यवादी संरा अमेरिका उहान भाइरस र चिनियाँ भाइरस भनी अपहेलना गर्नतिर लाग्यो । चीन सरकार कोभिड–१९ सङ्क्रमण रोक्न सफल भयो । संरा अमेरिकी सैनिकहरूकै तर्फबाट उहानमा कोभिड–१९ भाइरस सरेको भन्नेमा विज्ञहरूको मत रहेको छ । कोभिड महामारीले विश्वलाई नै गाँजिरहेको अवस्थामा संरा अमेरिकालगायतका पश्चिमा मुलुकहरू पनि अछुटो रहेनन् । विभिन्न देशमा कोभिडको अलग–अलग भेरियन्ट देखिरहेको छ । यसलाई मुलुकको नाममा नामकरण गरिनु हुन्न भन्ने विश्व स्वास्थ्य सङ्गठनको मान्यता हो । हुन त डब्लुएचओले अहिलेसम्म नयाँ भेरियन्ट देखिँदा फलाना देशको भनेर नाम लिएको छैन ।
विश्व स्वास्थ्य सङ्गठनले विभिन्न देशमा भेटिएका नयाँ प्रजातिका कोरोना भाइरसको नाम ग्रिक अल्फावेटअनुसार राखिने जनाएको छ । हाल डब्लुएचओले यूके भेरियन्ट भनिएका कोरोना भाइरसलाई ‘अल्फा’, इन्डियन भेरियन्ट भनिएकालाई ‘डेल्टा’ नामकरण गरेको छ । जुन देशमा भेटिएको नयाँ प्रजातिको कोरोना भाइरस हो त्यही देशको नाममा भेरियन्टको नामकरण गरिनु अनुचित भएको जनाइएको छ ।
नेपालमा भेटिएको नयाँ प्रजातिको कोरोना भाइरस ९द्य। ज्ञ। टज्ञठ ।द्द० भएको बताइन्छ । यसअघि यो ९द्य। ज्ञ। टज्ञठ ।द्द० प्रजातिको कोरोना भाइरस भारतमा भेटिएको थियो । भारतबाट आएका सङ्क्रमितहरूबाटै यस प्रजातिको कोरोना भाइरस नेपालमा छिरेको देखिन्छ । बेलायतमा भेटिएको प्रजातिको कोरोना भाइरसलाई युके भेरियन्ट भन्दै आएको थियो । त्यसलाई अब ‘अल्फा’ भनी नामकरण गरियो । दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसलाई ‘बेटा’, ब्राजिलमा भेटिएको नयाँ प्रजातिको कोरोना भाइरसलाई ‘गामा’ र भारतमा भेटिएको नयाँ कोरोना भाइरसलाई ‘डेल्टा’ नामकरण हुनेछ । यसअनुसार नयाँ नयाँ प्रजातिका कोरोना भाइरस भेटिएको खण्डमा सोहीअनुसारको नामकरण गरिने डब्लुएचओले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *