शिक्षक तथा कर्मचारीहरूलाई बधाई ज्ञापन
- श्रावण २९, २०८३
भक्तपुर, २० जेठ । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा बिहीबार कोभिड–१९ को वर्तमान अवस्था र भक्तपुर नगरपालिकाका गतिविधिबारे कलेजका शिक्षक तथा कर्मचारीहरूबीच अनलाइन अन्तरक्रिया भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नपाले कोभिड –१९ को महामारीलाई जनताको सेवा गर्ने अवसरको रूपमा लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सङ्कटबाट डराएर भाग्ने र निराश हुनेहरूले कहिल्यै प्रगति गर्न सक्दैन । हामीले प्रतिकूल अवस्थालाई पनि अनुकूलतामा लानुपर्छ । महामारीको यो समयमा भक्तपुर नगरपालिकाको लक्ष्य जनताको जीवन बचाउनु रहेको छ ।”
डेल्टा भेरियन्टको सङ्क्रमण बढ्न थालेसँगै भक्तपुर नगरपालिकाले ५० शøयाको आइसोलेसन र २५ शय्याको एचडीयू सेवासहित गत वैशाख १७ गतेदेखि ख्वप अस्पताल कोभिड युनिट सञ्चालनमा ल्याएको बताउँदै उहाँले नेपाल सरकारसँग भेन्टिलेटर, आईसीयू र अक्सिजन प्लान्टको माग पटक –पटक गर्दा पनि सरकारबाट कुनै सहयोग नपाएको हुँदा आफैले स्रोत जुटाई अक्सिजन प्लान्ट, भेन्टिलेटर र आईसीयूको व्यवस्थाको लागि अगाडि बढेको बताउनुभयो ।
“हामीले गरेनौँ भने अब कसले गर्छ’ भन्ने भावनाले सहकारी संस्थाहरू, शैक्षिक संस्थाहरू, व्यवसायी, विभिन्न सङ्घ संस्था र महानुभावहरूसँग सहयोगको लागि गरिएको आग्रहअनुसार जनस्तरबाट उल्लेख्य सहयोग प्राप्त भएको उहाँले बताउनुभयो ।
ख्वप अस्पताल जनताको अस्पताल भएको हुँदा जनताको भावना र आस्थाले यसको प्रवद्र्धन र विकास हुने प्रमुख प्रजापतिले बताउनुभयो ।
कलेज सञ्चालक समितिका अपाध्यक्ष एवं भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले जनताले स्तरीय स्वास्थ्य सुविधा नपाएको अवस्थामा भक्तपुर नगरपालिकाले जनताको साथ र सहयोगमा स्वास्थ्य सेवामा सुधार गर्नसक्ने बताउनुभयो ।
कलेजका प्राचार्यद्वय ई. सुजन माक र ई. सुनिल दुवालले कोभिड–१९ को दोस्रो लहरको बीचमा पनि शैक्षिक गतिविधिमाथि प्रकाश पार्नुभयो ।
कार्यक्रममा कलेजका उपप्राचार्य रविन्द्र फोजू, डा. राजुभाइ त्यात, रिजिना बज्राचार्य, सिद्धिराम सुवाल, सन्जय मानन्धर र राजन जतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply