अन्धविश्वास होइन, विज्ञानसम्मत विचार राख्नु आवश्यक
- जेष्ठ ३, २०८३
नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदनकोअनलाइनमार्फत शनिबार सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष रोहितले(ङातापोल्हँ) पाँचतले मन्दिर र अन्य सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरु मानव जातिको शिल्प, कला र विश्व शान्तिको निम्ति एक महत्वपूर्ण शिक्षालयको रुपमा रहेको बताउनुभयो ।
कुनै पनि नयाँ भौतिक निर्माण गर्दा त्यहाँ रहेका प्राकृतिक स्रोतबारे अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले भक्तपुर नपाले यहाँका मुख्य–मुख्य स्मारकहरुबारे अध्ययनलाई चालु राख्नुपर्ने र पाठ्यक्रममा पुरातत्व विषयलाई समेट्न आवश्यक पहल गर्नुपर्र्ने बताउनुभयो ।
पाँचतले मन्दिरबारे प्रस्तुत प्रतिवेदन दस्तावेजको रुपमा रहेको बताउनुहुँदै उहाँले ख्वप इन्जिनियरिङ कलेजमा अध्ययनरत इन्जिनियर तथाप्राविधिकहरुलाई दक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।
योग्यता र अनुभवविनामन्त्री बनाउने प्रचलनका कारण देशका मन्त्रालयहरु लथालिंग रहेको र कमिसनको चलखेल व्याप्त रहेको उहाँले बताउनुभयो । उहाँले सरकारमा गएका राजनीतिक पार्टीका कारण देश आर्थिक र राजनीतिक रुपमा झन् पछाडि धकेलिएको बताउनुभयो ।
चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत हो, यसको संरक्षण गर्नु आवश्यक छ भन्दै नेता बिजुक्छेँलेचुरे दोहनमा पूर्व र वर्तमान सरकारहरु जिम्मेवार रहेको र यसमा विदेशी स्वार्थ रहेको प्रष्ट पार्नुभयो ।
नेमकिपाका सचिव प्रेम सुवालले आजभन्दा ३२० वर्ष अगाडि बनेको पाँचतले मन्दिरको दोस्रो पटकको जीर्णोद्धार भक्तपुर नपाले जनताको सहभागितामा उपभोक्ता समितिमार्फत पारदर्शी ढंगले गरेकोबताउनुभयो । उहाँले दरबार क्षेत्रमा ९९ चोक उत्खनन् गर्नुपर्ने, भक्तपुरको पुरानो नपाको भवन, कला संग्रहालय जीर्णोद्धार गर्नुपर्नेलगायतका ठूला योजनामा नपाले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
वर्तमान राजनीतिक घटनाक्रमबारे अवगत गराउनुहुँदै उहाँले दुईतिहाई बहुमत प्राप्त सरकारले देश र जनताको सेवा गर्न नसेकेको हुँदा निर्वाचनको माध्यमबाट यिनीहरुलाई पराजीत गर्नुपर्ने बताउनुभयो ।जन्मको आधारमा नागरिकता दिने अध्यादेश माथि खेद प्रकट गर्नुहुँदै उहाँले जन्मको आधारमा नागरिकता पाएकालाई वंशजको आधारमा नागरिकता दिने अध्यादेश देशको हितविपरीत भएको बताउनुभयो । काठमाडौं उपत्यका वरपर आधुनिक सहर निर्माण गर्ने भन्दै जथाभावी बस्ती विकास गर्नु गलत भएको बताउनुहुँदै उहाँले सरकार सन्तुलित विकास विरोधीको रुपमा अगाडि बढिरहेको छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा पुनःनिर्माण र जीर्णोद्धार अरुको सहयोगमा भर परेर नभई आफ्नै पौरखले सम्पन्न गर्नुपर्ने भावनासहित सम्पदा पुनःनिर्माण र जीर्णोद्धारका काम प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी जनताकै सहयोग र सहभागितामा मौलिक शैलीमै सम्पन्न गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, स्थानीय जनताको मौलिक सीप र प्रविधि तथा निर्माण सामग्री प्रयोग गरी निर्माण गरिएको पाँचतले मन्दिरले आधुनिक ज्ञान र प्रविधिलाई समेत चुनौती दिएको छ ।
उहाँले ङातापोल्हँ मन्दिर सबैको शान भएको बताउनुहुँदै वर्षको लाखौं पर्यटक भक्तपुरका लिच्छवीकालीन र मल्लकालीन सम्पदाहरुको रसास्वादन गर्न भक्तपुर आउने गरेको बताउनुभयो । सोही क्रममा उहाँले मन्दिर जीर्णोद्धार समितिमा रहेर काम गर्नुहुने र सहयोगी भूमिका खेल्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापनगर्नुभयो ।
भक्तपुर नपाको आह्वानमा नपाबाट सञ्चालित ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट निर्माण तथा स्वास्थ्य उपकरणहरु व्यवस्था गर्नको लागि स्वतःस्फूर्त ढंगले आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको र सोको लागि पनि सहयोगी भूमिका खेल्ने सबैमा धन्यवादज्ञापन गर्नुभयो । भक्तपुर नगरपालिकाले ख्वप अस्पताल व्यवस्थित रुपमा छिटै सञ्चालनमा ल्याई जनताको सेवामा समर्पित रहने बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले नेपाल भूकम्पीय जोखिममा रहेको हुँदा यहाँ निर्माण हुने सम्पदा तथा घरहरु भूकम्पप्रतिरोधी बनाइनुपर्ने बताउनुहुँदै पाँचतले मन्दिर जीर्णोद्धारमा भक्तपुरबासी जनताको उल्लेख्य साथ र सहयोग रहेको बताउनुभयो । उहाँले मन्दिर जीर्णोद्धारमा सहयोगी भूमिका खेलेका सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुहुँदै आगामी दिनहरुमा पनि नपाका हरेक गतिविधिहरुमा नगरबासीहरुको साथ र सहयोग रहिरहने विश्वास व्यक्त गर्नुभयो ।
विशेष अदालतका पूर्व मुख्य न्यायाधीश गौरीबहादुर कार्कीले पाँचतले मन्दिरबारे थप अध्ययन तथा अन्वेषणहरु आवश्यक भएको बताउनुहुँदै भूकम्पपश्चात पुनःनिर्माण हुन बाँकी सम्पदाहरुको पुनःनिर्माणमा भक्तपुर नपाले जोड दिनुपर्ने बताउनुभयो । विश्वसामु भक्तपुरको गौरव बढाउन भक्तपुरका सम्पदाहरुको निकै ठूलो भूमिका रहेको बताउनुहुँदै उहाँले ती सम्पत्ति र परम्परागत सीप बचाइराख्नुर्पे कार्यमा नगरपालिका अझ सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो । सांस्कृतिक सम्पदा संरक्षण कार्यमा अग्रणी भूमिका खेलेका दक्ष कालिगढहरुलाई सरकारले संरक्षण गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
कार्यक्रममा प्रा.डा. सुदर्शनराज तिवारीले २०७२ सालको भूकम्पबाट क्षति पुगेको पाँचतले मन्दिरको जीर्णोद्धार र सबलीकरणको काममा सल्लाहकारको रुपमा कम गर्न पाउँदा निकै गौरवान्वित महसुस भएको बताउनुभयो । भक्तपुर नपाले गरेको कामलाई प्रकाशनको माध्यमबाट उजागर गर्ने कार्य उल्लेखनीय भएको बताउनुहुँदै डा. तिवारीले मन्दिर जीर्णोद्धारमा देखिएको जनसहभागिताका कारण यस मन्दिरप्रति समाजको अपनत्व हुनु सकारात्मक रहेको बताउनुभयो ।
प्रा.डा. प्रेमनाथ मास्केले पाँचतले मन्दिर जीर्णोद्धार कार्य भक्तपुर नपाको ठूलो देन हो भक्तपुरका अन्य सांस्कृतिक सम्पदाहरुको संरक्षणलाई नपाले निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाको नियमित अनुगमन र मर्मत सम्भार हुनुपर्ने बताउनुहुँदै सम्पदाहरुको निम्ति विपद् व्यवस्थापनमा ध्यान दिनुपर्ने र मन्दिर जीर्णोद्धारमा निरन्तर खटिनुभएका प्राविधिक, कालीगढ धन्यवादका पात्र हुनुहुन्छ भन्नुभयो ।
संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भूपतिन्द्र मल्लको पालामा पाँचतले मन्दिर ६ महिनाको छोटो समयमा निर्माण भएको तथ्यबारे प्रष्ट पार्नुहुँदै नेपाल अबका दिनमा सांस्कृतिक सम्पदाहरुबाट चिनिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पाँचतले मन्दिर हेर्न देश विदेशबाट लाखौं खर्चेर भक्तपुर पुग्ने गरेका छन् र आगामी दिनमा यस मन्दिरबारे व्यापक प्रचारप्रसारको आवश्यकता रहेको र समयसापेक्ष ढंगले यसको संरक्षण र सम्बद्र्धनको खाँचो रहेको बताउनुभयो ।
भक्तपुर नपाले भक्तपुरबासी जनताको साथ र सहयोगबाट लगभग ८ महिनाको छोटो समयमा गरेको जीर्णोद्धार कार्य निकै नै सरानीय भएको बताउनुभयो ।
कार्यक्रम सञ्चालनको क्रममाभक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले ङातापोल्हँ मन्दिरको इतिहासमाथि प्रष्ट पार्र्नुुभएको थियो भने उपभोक्ता समितिका अध्यक्ष केशव तमखूले मन्दिर जीर्णोद्धारदेखिका कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply