भर्खरै :

सान गिन्सवर्गको साठी वर्ष

यो लेखमा हामी सान गिन्सवर्गको आत्मसंस्मरणात्मक पुस्तक ‘माइ फस्ट सिक्स्टी एयर्स इन चाइना’ (चीनमा मेरा प्रारम्भिक ६० वर्ष) बारे चर्चा गर्नेछौँ ।
जन्मले सान गिन्सवर्ग रुसी थिए । उनको जन्म साइबेरियामा भएको थियो । उनका पिता जन्मले बेलारसियाली थिए । तर, कामको शिलशिलामा उनी रुसको साइबेरियाको चिता पुगे । उनी रेलको पटरीको लागि चाहिने काठको मुढाका ठेकेदार थिए । चितामा सानको पिताको सम्पर्क पाँच दिदीबहिनी भएको एउटा रुसी यहुदी परिवारसँग भयो । पाँच दिदीबहिनीमध्ये सबभन्दा सानी र उमेरले पनि आफूभन्दा पन्ध्र वर्षकी कान्छी केटीसँग उनको विवाह भयो । सान उही यहुदी दम्पत्तिका तीन छोरामध्येका कान्छो छोरा थिए ।
तिनताक साइबेरियादेखि चीनको मञ्चुरियासम्म रेलको पटरी बिछ्याउने काम भइरहेको थियो । त्यसको निम्ति चाहिने सबै काठको ठेक्का सानको पिताको थियो । पिताको काम जताजता सथ्र्यो, सानको परिवार पनि उतै उतै सर्दै गयो । त्यसकारण, सान र उनका दाजुहरूको बाल्यकाल कहिले रुसी सहरमा बित्यो भने कहिले चिनियाँ सहरमा । सीमाङ्कनको आधारमा रुससँग जोडिएका चिनियाँ सहरहरू चीनको भए पनि त्यहाँको संस्कृति र रहनसहन भने रुसी शैलीकै थियो । गिन्सवर्ग परिवारले लामो समय ‘पूर्वको पेरिस’ कहलिएको सुन्दर सहर हार्बिनमा बित्यो ।
सन् १९२२ ताका गिन्सवर्ग परिवार इमैनपो सहरमा बसाइ स¥यो । त्यहाँ यहुदी हुनुको कारण सानले भोग्नुपरेको विभेदले बाल्यकालीन मनस्थितिमा गहिरो असर प¥यो । विभेदको नकारात्मक प्रभावको कारण उनी सार्वजनिक गतिविधिमा संलग्न हुनेतिर भन्दा एक्लै बसेर पुस्तकको संसारमा रमाउने भए । तिनताक पढेका पुस्तकले सानको जीवनमा अमिट छाप पारिरह्यो ।
सान आठ वर्षको छँदा गिन्सवर्ग परिवार सोभियत सङ्घको भ्लादिभोस्टक बसाइ स¥यो । सोभियत सङ्घमा समाजवाद अङ्कुराउँदै थियो । त्यहाँ उनकी आमाले दन्त चिकित्सकको राम्रो काम पाइन् । गिन्सवर्ग दाजुभाइले त्यहाँ बसेर विद्यालय शिक्षा हासिल गरे । सान आफ्नो विद्यालयको ‘द रेड कर्नर’का गतिविधिमा संलग्न भए । रेड कर्नरमा लेनिन र स्तालिनका तस्वीर झुन्ड्याइएको हुन्थ्यो, राता झन्डा र पोस्टर फहराइएको थियो । तर, भ्लादिभोस्टकमा उनले यहुदी भएकै कारण विभेदको शिकार बन्नुपरेन । सोभियत समाजवादी व्यवस्थाले किशोरकालीन दिमागमा पारेको यही प्रभावले समयान्तरमा जीवनकै ठुलो महत्वको विषयमा दरिलो निर्णय गर्न सानलाई मद्दत ग¥यो । कालान्तरमा गिन्सवर्ग परिवार चीनको साङ्घाईमा बसाइ स¥यो । व्यापार गर्ने बुबाको सपना भ्लादिभोस्टकमा सफल भएन । त्यसकारण, त्यत्तिबेला एसियाकै व्यापारको केन्द्र मानिएको साङ्घाईतिर हानिए । आमासहित गिन्सवर्ग दाजुभाइ भ्लादिभोस्टकमै केही समय अल्झिए । तर, बुवा नभएको घर समाल्न आमालाई गाह«ो भयो । दन्तचिकित्सकको तलब राम्रै भए पनि चीन र सोभियत सङ्घको सीमा खुल्ने बित्तिकै गिन्सवर्ग परिवारको साङ्घाईमा पुनःमिलन भयो ।
साङ्घाइ सान गिन्सवर्गको जीवनमै ठुलो महत्वको सहर थियो । बाल्यकाल र किशोरावस्थाको केही वर्ष चीनकै विभिन्न सहरमा बिताएको भए पनि साङ्घाईमा उनले चीनलाई चिने । चिनियाँ समाज र जनतालाई नजिकबाट बुझ्न र पढ्न तात्कालीन साङ्घाई सहर सबभन्दा उपयुक्त सहर थियो । साङ्घाई चीनकै हिस्सा भए पनि विभिन्न उपनिवेशवादी देशहरूका अलग–अलग सरकार सञ्चालनमा थिए । त्यहाँ फ्रान्स, बेलायत, अमेरिकालगायत विभिन्न देशले सहरका अलग–अलग क्षेत्रमा कब्जा जमाएका थिए । आफ्नै देशमा पनि चीनका जनता पशुतुल्य अत्याचार सहन बाध्य थिए । चिनियाँ जनताकै अत्याचारबाट सङ्गालिएको धन बोकेर विदेशीहरू आफ्नो घर फर्किन्थे । सानले साङ्घाइमा चीनका जनताको अवस्था देखेर चीनमा वास्तवमै एउटा ठुलो परिवर्तनको खाँचो अनुभव गरे । तत्कालीन साङ्घाई सहरबारे अमेरिकी लेखक सिड्नी सापिरोको पुस्तक ‘माई थर्टी एयर्स इन चाइना’मा पनि जीवन्त चित्रण गरिएको पाउँछौँ ।
सन् १९३० को दशकमा जापानी साम्राज्यवादले साङ्घाई सहरमा हमला गर्दा सान त्यहीं एउटा कम्पनीमा काम गर्थे । सन् १९३२ ताका भएका जापानी हमला र त्यहाँका चिनियाँ जनताले गरेको प्रतिरोधबारे उनले आफ्नो प्रत्यक्ष अनुभवको वर्णन आत्मसंस्मरणमा गरेका छन् । सन् १९३२ को जापानी हमला र चिनियाँ जनताको प्रतिरोधको कथात्मक व्याख्या भने माओ तुनको ‘स्प्रिङ सिल्कवम्र्स एन्ड अडर स्टोरिज’ मा समावेश ‘वारटाइम्स’ कथामा सजीव वर्णन गरिएको छ ।
साङ्घाईमा गिन्सवर्गको सम्पर्क उत्तरी चीनमा फैलिरहेको कम्युनिस्ट आन्दोलनका भूमिगत कार्यकर्ताहरूसँग सम्पर्क भयो । सन् १९४६ गिन्सवर्गको लागि जीवनकै महत्वपूर्ण चौबाटो बनेर आयो । उनी यहुदी थिए । त्यसकारण, तिनताक युरोपभरिका यहुदीहरू प्यालेस्टाइनमा ओइरिएका थिए । उनी साङघाईबाट त्यहाँ पनि जानसक्थे । उनका दाजु र आमा–बुबा अमेरिकामा गइसकेका थिए । उनी त्यत्तैतिर पनि जानसक्थे । तर, यी विकल्पलाई छोडेर उनले चीनमा उदाउँदै गरेको नयाँ समाजतिर जाने निधो गरे अर्थात् उनीले कम्युनिस्ट पार्टीको मुक्त क्षेत्रमा जाने निर्णय गरे । आत्मसंस्मरणमा गिन्सवर्गले धेरै त्यस्ता मार्मिक र पीडादायी घटनाको वर्णन गरेका छन्, जुन घटनाले कतै उनीभित्र चीनमै बस्ने आफ्नो त्यो निर्णयलाई लिएर चुकचुकाएनन् भनी संशय जाग्छ । तर, पुरै पुस्तकमा जस्तै बान्की परेका घुम्ती पार गर्न परे पनि त्यो निर्णयमा उनले कति पनि दुःख मनाउ गरेको देखिएन ।
कम्युनिस्ट पार्टीले मुक्त गरिसकेका विभिन्न क्षेत्रका जनतासँग बसेर उनले उदाउँदो चीनको स्वरुप परख गरे । तिनै जनतासँग हातेमालो गरेर नयाँ समाज निर्माणमा योगदान गरे । बाल्यकालमा उनले भ्लादिभोस्टकमा अनुभव गरेको समाज चीनको ग्रामीण किसानहरूले हुर्काइरहेको देखे ।
सान गिन्सवर्गको आत्मसंस्मरणको सबभन्दा शक्तिशाली पाटो भने सन् १९४९ मा चीनमा नयाँ प्रजातान्त्रिक व्यवस्था घोषणा भएपछि विशेषतः चीनको शिक्षा क्षेत्रमा के कस्ता प्रवाह, अन्तरविरोध, द्वन्द्व र सफलता हासिल भए भन्ने अनुभव हो । क्रान्तिपछि उनी आफै शाङदोङको विश्वविद्यालयमा भाषाको अध्यापक हुन्छन् । क्रान्तिसँगै हुर्केको नयाँ पुस्तालाई उनले रुसी भाषा सिकाए । त्यत्तिबेला चिनियाँहरूको लागि रुसी भाषा ‘लेनिनको भाषा’ थियो । त्यसकारण जो कोही पनि रुसी भाषा सिक्न लालायित थिए । रुसी साहित्यकारका साहित्य अध्ययनमा विशेष उत्साह देखाउँथे । तर, भर्खर भर्खर आकार लिँदै गरेको चीनको नयाँ प्रजातन्त्रमा अनेकन अन्तरविरोध र अन्तरद्वन्द्व हुनु स्वाभाविक थियो । धेरै थरी विचारको प्रवाहबीचको मिलन र विछोडबीच चिनियाँ समाजअघि बढिरहेको थियो । त्यो कलिलो नयाँ प्रजातन्त्रलाई बुझ्न सानको वर्णन रोचक छ ।
तत्कालीन सोभियत सङ्घसँग चीनको राजनीतिक र सैद्धान्तिक मतान्तरपछि एक जना रुसी भाषा पढाउने प्राध्यापकले भोगेको समय त्यत्तिबेला कमै व्यक्तिले भोगेको थियो । सान गिन्सवर्गले त्यो समय भोगेका थिए । तत्कालीन चीनमा रुसी भाषाको लेनिनको भाषादेखि शत्रुको भाषासम्मको यात्राका साक्षी थिए–गिन्सवर्ग ।
सन् १९६६ देखि ७६ सम्मको एक दशकको चिनियाँ इतिहासको समीक्षामा अझै पनि संसार विभाजित छ । तर, सांस्कृतिक क्रान्ति असल मनसायबाट सुरु भएर गलत परिणाम दिएको राजनीतिक परिघटनाको रूपमा बुझ्ने मानिस धेरै छन् । गिन्सवर्गको पुस्तक चिनियाँ सांस्कृतिक क्रान्तिको समाप्तिपछि प्रकाशित भयो । उनले आफ्नो संस्मरणमा सांस्कृतिक क्रान्तिका कतिपय गलत नीतिको कारण आफूजस्ता बौद्धिक क्षेत्रका व्यक्तिहरूले भोग्नु परेको प्रताडनाको मार्मिक वर्णन गरेका छन् । प्रतिक्रियावादीको बिल्ला लगाएर सांस्कृतिक क्रान्तिताका लाल रक्षकहरूले विश्वविद्यालयका प्राध्यापकहरूमाथि गरेको अशोभनीय व्यवहार अतिवादी सोचकै परिणाम थियो । चार जनाको समूहको पतनसँगै सांस्कृतिक क्रान्ति समाप्त भयो । चीन अर्को नयाँ युगमा अघि बढ्यो ।
निःसन्देह सान गिन्सवर्ग चीनमा कम्युनिस्ट पार्टीको नाममा भएका गल्तीको खुलेर वर्णन गर्न कति पनि पछि हटेका छैनन् । तर, उनले एउटा सत्य भन्न कहिल्यै मसिनो स्वर गरेनन् । त्यो सत्य हो–चिनियाँ कम्युनिस्ट पार्टीबिना नयाँ चीनको निर्माण सम्भव छैन ।
आगामी जुलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो शतवार्षिकी मनाउँदै छ । एक सय वर्षको इतिहासमा अनेकन आरोह अवरोह, उकाली ओराली, घामपानी सामना गरिसकेको छ । इतिहास विजेता शासकको कलमले मात्र लेखिएको ग्रन्थ हुनुहुन्न । सान गिन्सवर्गजस्ता पर्यवेक्षकहरूले लेखेका यस्ता कृति पनि इतिहासको अपरिहार्य पाटो हो । आत्मसंस्मरणको ३७३ पृष्ठभरि पाठकलाई कहिल्यै पनि झिंझोलाग्दो अनुभव नहोला । लेखक आफै पाठकसँग संवाद गरिरहेको अनुभव हुन्छ । मानौं कुनै बेला उनले पढाएको छिफु (कन्फुसियसको जन्म नगर) को कुनै पुरानो मन्दिरको पिँढीमा बसेर उनले आफ्नो जीवनको ६७ वर्षमध्येको ६० वर्षको कथा भनिरहेका हुन् । हामी उनकै छेउ बसेर उनलाई हेर्दै उनको जीवनसँगै हामी चीन पढिरहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *