रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ जुलाई १ मा भएको थियो । चिकपा स्थापनाको एक सय वर्षमा प्रवेश गरेको छ । चिनियाँ वस्तुस्थितिअनुसार माक्र्सवादी सिद्धान्त प्रयोग भइरहेको छ । समयसँगै माक्र्सवाद र लेनिनवाद अझै विकसित हुँदै गइरहेको छ । विश्वले नयाँ नयाँ समस्याहरू झेलिरहेको यस विषम परिस्थितिमा मानव जातिका समस्याहरू समाधान गर्न संसारका सम्पूर्ण कम्युनिस्ट पार्टीहरूको छलफल र अन्तरक्रिया जरुरी छ ।
साम्राज्यवाद र उपनिवेशवादबाट चीन मुक्त हुन लामो समय लाग्यो । चीनले देशभित्रको सामन्तवादलाई परास्त ग¥यो । अन्ततः सन् १९४९ अक्टोबर १ मा कम्युनिस्ट आन्दोलनका महान् नेता माओ त्सेतुङ्को नेतृत्वमा जनवादी गणतन्त्र चीनको घोषणा भयो ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवम् राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चिकपाले नयाँ युगको लागि नयाँ रणनैतिक व्यवस्था कार्यान्वयनमा ल्यायो । सन् २०२० देखि २०३५ सम्ममा विकसित समाज निर्माणसहित समाजवादी सिद्धान्तमा आधुनिकता ल्याउन मेहेनत भइरहेको छ । सन् २०३५ देखि २०५० सम्ममा चीनलाई एक सम्पन्न, शक्तिशाली, प्रजातान्त्रिक, सभ्य, सद्भावपूर्ण र सुन्दर समाजवादी देश बनाउने रणनीति लिइएको छ । चिकपाले साम्यवादको स्थापना नै अन्तिम उद्देश्यमा राखी जनतालाई शिक्षित र सङ्गठित गरिरहेको छ । यसर्थ, चिनियाँ सपनाको मार्ग स्पष्ट छ ।
नेता सी चिन फिङले भन्नुभएको छ, “क्रान्ति, निर्माण वा पुनःनिर्माणको लागि सही मार्गको छनोट एक आधारभूत विषय हो ।” सही मार्ग छनोटको विषय देशको भविष्य, गन्तव्य र जनताका खुसीसँग सम्बन्धित छ ।
कम्युनिस्ट नेता माओ त्सेतुङले एक समय भन्नुभएको थियो, “यदि आफू चढेको गधा पश्चिमतिर लागिरहेको छ भने पूर्वमा पुग्न सकिन्न ।” कुनै पनि काम थालनी गर्नुअगाडि मार्ग पहिचान आवश्यक हुन्छ । सही मार्गबिना उज्ज्वल भविष्य र उज्यालो सपना असम्भव छ । यसको अर्थ आफ्नो देशको लागि उपयुक्त विकल्प सोही देशका जनताले निर्माण गर्नुपर्दछ ।
सन् २०१३ मार्च २३ मा राष्ट्रपति सि चिनफिङले भन्नुभयो, “आफूले लगाएपछि मात्र जुत्ता आफूलाई ठीक वा बेठीक थाहा पाइन्छ । त्यस्तै चिनियाँलाई मात्र थाहा हुन्छ कि चीनको विकासको मार्ग उपयुक्त भए नभएको ।” यसलाई जुत्ताको सिद्धान्त भनियो ।
चिनियाँहरू लामो समयसम्म आफ्नो देश र जनतालाई जोगाउन सही मार्ग पहिचान गर्न रुमल्लिएका थिए । पुस्तौँ पुस्ताको अथक सङ्घर्षपछि चीनले विकासको मार्ग पहिचान गर्न सकेको हो । त्यो मार्ग हो चिनियाँ विशेषतासहितको समाजवाद । यो मार्ग आकाशबाट झरेको होइन बरु लामो समयको अनुभवबाट पहिचान गरिएको हो ।
माओ त्सेतुङको नेतृत्वमा लामो र कठिन सङ्घर्षबाट चीन विदेशी उपनिवेशबाट मुक्त भयो । उहाँले सोभियत सङ्घको पूर्ण नक्कल गर्नुभएन बरु त्यसको अनुभव र गल्तीबाट सिक्नुपर्नेमा जोड दिनुभयो । चीनको परिवेशअनुसार नै किसान वर्गको जगमा उहाँले कम्युनिस्ट आन्दोलन अगाडि बढाउनुभयो ।
तङ सियाओफिङ्लाई चीनको विकासको पथप्रदर्शक मानिन्छ । चिकपाको १२ औँ राष्ट्रिय महाधिवेशनमा उहाँले प्रस्ताव गर्नुभयो, “चीनको आधुनिकीकरण चीनको वास्तविकतामा आधारित हुनुपर्दछ । क्रान्ति र निर्माणमा अन्य देशको अनुभवबाट सिक्नुपर्दछ । तर, अरूको नक्कलले सफलतामा पु¥याउने छैन । हामीले आफ्नै बाटो पहिल्याउनुपर्छ र चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्नुपर्दछ । लामो ऐतिहासिक अनुभवको मुख्य सार नै यही हो ।” यही आधारमा उहाँले चीनमा सुधार र खुलापनको नीति अँगाल्नुभयो ।
चीनमा सुधार र खुलापनको नीतिसँगै ‘तीन प्रतिनिधि’, ‘विकासमा वैज्ञानिक दृष्टिकोण’ हुँदै सि चिनफिनको नयाँ युगको चिनियाँ विशेषतासहितको समाजवाद अगाडि बढेको छ ।
चिकपाको १८ औँ राष्ट्रिय महाधिवेशनले चिनियाँ विशेषतासहितको समाजवाद निर्माणको खाका स्पष्ट पारेको छ । चिकपाले नेतृत्व गर्ने यो मार्गमा चीनको आधारभूत अवस्थाहरूमा आधारित रही आर्थिक निर्माणमा जोड दिइएको छ । समाजवादी बजार अर्थतन्त्र, प्रजातान्त्रिक राजनीति, विकसित संस्कृति, सद्भावपूर्ण समाज, पर्यावरणीय सभ्यता, जनताको चौतर्फी विकास, जनताको साझा सम्पन्नता र सम्पन्न, बलियो, प्रजातान्त्रिक, सभ्य र सद्भावपूर्ण समाजवादी आधुनिकीकरण यो मार्गका विशेषताहरू हुन् ।
चिनियाँ विशेषतासहितको समाजवादलाई यसरी प्रस्ट पारिएको छ :–
१. समाजवादको प्रारम्भिक अवस्था :
चीन लामो समयसम्म समाजवादको प्रारम्भिक अवस्थामा रहनेछ । प्रारम्भिक अवस्थाको अर्थ अविकसित अवस्था हो । ठूलो जनसङ्ख्या, कमजोर आधार र न्यून उत्पादकत्व । यस्तो अवस्थामा पार्टी र जनताको प्राथमिक काम उत्पादनमूलक सामाजिक जनशक्तिको उत्पादन र बढ्दो मागको पूर्ति गर्नु हो । चीनले गरिबी निवारण कार्यक्रमलाई प्राथमिकतामा राखेर निरन्तर मेहेनत गरिरहेको छ । गाउँ र सहरबीचको भेद वा असमानतालाई कम गर्न सम्पूर्ण संयन्त्र परिचालन गरेको छ ।
२. सुधार र खुलापन एक प्रेरक शक्ति :
चीनले क्रमिक सुधारमा जोड दिई सामाजिक उत्पादक जनशक्ति उत्पादन गरिरहेको छ । ग्रामीण जनतासँगको सहकार्यमा चिनियाँ जनताको आवश्यक खाद्य र कपडाको समस्या समाधान भएको हो । समाजवादी बजार नीतिले चीनको आर्थिक विकासमा टेवा पु¥याइरहेको छ ।
खुलापनका कारण चीनमा विदेशी पुँजी, प्रविधि, आधुनिक सामग्री र आधुनिक व्यवस्थापनका सीपहरू भित्रिएका छन् । चीनलाई मानव सभ्यताको साझा उपलब्धिहरू र बृहत अन्तर्राष्ट्रिय बजारको हिस्सा पनि प्राप्त भएको छ । सस्तो कामदार र बृहत बजारको उपयोग गरी चीन पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भयो । अन्तर्राष्ट्रिय बजारमा चीन निकै ढिलो मात्र प्रवेश ग¥यो । तर पनि प्रतिस्पर्धामा सहभागी हुँदै प्रविधिको आदानप्रदानमा बजार उपयोग गर्न थालियो । फलस्वरूप, चीनले तीव्रगतिको रेल, आणविक शक्ति र नेटवर्क अर्थव्यवस्थामा नेतृत्व ग¥यो । अहिले विश्वव्यापीकरणलाई बढाउन चीन एक महत्वपूर्ण शक्तिको रूपमा स्थापित भएको छ ।
३. फाइभ इन वान योजना :
फाइभ इन वान योजनामा आर्थिक, राजनैतिक, सांस्कृतिक, सामाजिक र पर्यावरणीय सभ्यता पर्दछ । देशको मेरुदण्ड भनेको आर्थिक विकास हो जसले भौतिक जग बसाल्ने काम गर्दछ । देशलाई स्थिरता प्रदान गर्न राजनैतिक विचारले महत्वपूर्ण भूमिका खेल्छ । राजनैतिक स्थिरतालाई कायम गर्न चिकपा सचेत छ । सांस्कृतिक निर्माण आत्मा हो जसले बौद्धिक समर्थन र आध्यात्मिक प्रेरणा दिन्छ । सामाजिक निर्माण समर्थन हो जसले सामञ्जस्यपूर्ण र स्थायी सामाजिक वातावरण निर्माण गर्दछ । सरकार र समाजबीच आवश्यक सहकार्यलाई प्राथमिकता दिइएको छ । पर्यावरणीय सभ्यता निर्माण एक आधार हो जसले प्राकृतिक र वातावरणीय सर्तहरू पूरा गर्दछ । यी पाँच वटा पक्षले एकअर्कालाई मद्दत गर्दछ ।
चीन सो योजनामा अडिग हुँदैै पाँचवटै पक्षलाई सबल बनाउँदै अगाडि बढिरहेको छ । साथै आर्थिक पक्षलाई केन्द्रमा राखेर राजनैतिक, सांस्कृतिक, सामाजिक र पर्यावरणीय सभ्यताको निर्माणलाई अगाडि बढाइएको छ ।
४. साझा सम्पन्नताको सिद्धान्त :
चीनले समाजवादको बाटो र संरा अमेरिकाले पुँजीवादको बाटो अँगालेको छ । दुई देश बीचको मुख्य भिन्नता नै त्यहाँको शासन व्यवस्था हो । चीनको उद्देश्य समाजवाद अर्थात् साझा सम्पन्नता हो । प्रगतिको फल सम्पूर्ण जनतालाई उपभोग गराउने हो । जनताको स्तरीय जीवनको लागि सिङ्गो पार्टी सक्रिय छ । चीनको प्रगति निरन्तर अगाडि बढिरहनेछ । यसको कारण हो व्यापक जनताको साथ र समर्थन । सम्पूर्ण जनतालाई उत्पादनको काममा सक्रिय बनाई देशव्यापी अभियानमा लागेको छ । श्रमको सम्मान गर्ने र गलत पक्षलाई न्यूनीकरण गर्दै उपलब्धिहरू संस्थागत गर्दै आएको छ ।
५. शान्तिपूर्ण विकास एक रणनैतिक छनोट :
चिनियाँ जनता शान्ति चाहन्छन् र शान्तिपूर्ण विकासको मार्ग अपनाउँछन् । चीनले सबै देशहरूसँग समान व्यवहार गर्दै युद्ध, गरिबी र आर्थिक समस्या भएका देशहरूलाई सहयोग गरिरहेको छ । चीनले आफ्ना मित्र राष्ट्रहरूलाई कुनै राजनैतिक शर्त र वैचारिक निर्यातबिना सहयोग गरिरहेको छ ।
टाढा रहेको दाजुभाइभन्दा असल छिमेकी राम्रो हुन्छ । छिमेकी देशहरूसँगको चीनको विदेश नीति मित्रता र साझेदारको नीति हो । यसर्थ, चीनले आफ्नो प्रभुत्व खोज्नेछैन र क्षेत्र विस्तार गर्नेछैन । चीन आफैले समस्या सिर्जना गर्दैन र समस्यादेखि ऊ डराउँदैन । अन्य कुनै देशले चीनको सार्वभौमिकता, सुरक्षा र विकासमाथि हमला गरे चीन सहेर बस्दैन । संयुक्त राष्ट्र सङ्घको पञ्चशीलको सिद्धान्तअनुसार सहअस्तित्वको सिद्धान्तको पक्षमा सक्रिय छ ।
६. पार्टीे नेतृत्व नै आधार :
देशकोे नेतृत्व चिकपाले गर्दै छ र गरिरहनेछ । चिनियाँ विशेषतासहितको समाजवादको यो एक महत्वपूर्ण पक्ष हो र सफलताको चुरो पनि यही हो । चिकपाको नेतृत्व अन्य आठ गैर कम्युनिस्ट दलहरूसँगको समन्वय र परामर्शको प्रणालीमा चल्दछ । चिकपा सत्ताधारी पार्टी हो र अन्य पार्टी सहयोगी पार्टी हुन् । सबै पार्टीले देशको विकास र जनताको भलाइमा काम गरिरहेका छन् । यस प्रणालीका कारण राजनैतिक अस्थिरता र सत्ता सङ्घर्षको समस्या निराकरण भएको छ । सरकारका कार्यक्रमहरूले कार्यान्वयनमा सहजता र स्थायित्व पाउने गरेका छन् । यस राजनैतिक प्रणालीकै कारण पञ्चवर्षीय विकास योजनाहरू तयारी र कार्यान्वयन गर्न सजिलो र सफल हुने गरेको छ ।
७. व्यापक नविनता
राष्ट्रपति सि चिनफिङको विचार माओ त्सेतुङ विचारधाराको विकसित रूप हो । माओ त्सेतुङ विचारधारामा व्यापक नविनतामार्फत यो प्रगति प्राप्त भएको हो । समाजवादी बजार अर्थतन्त्रले सरकारको भूमिका र बजारको अदृश्य भूमिका मिश्रित छ । यसमा योजनाबद्ध अर्थतन्त्र र बजारमुखी अर्थतन्त्रको मिश्रण वा राज्य नियन्त्रित उद्यमहरू र निजी उद्यमहरूको मिश्रण गरिएको छ । यस बन्दोबस्तका कारण अर्थतन्त्र र जनताको जीवनमा छिटो प्रगति भएको हो ।
राजनैतिक वृत्तमा भन्नुपर्दा, पश्चिमा देशहरूमा निर्वाचन नै मुख्य विशेषता हुने गर्दछ भने चीनमा अलि फरक छ— छनोट र निर्वाचनको सम्मिश्रण । एक पार्टीको नेतृत्व, राष्ट्रिय छनोट, लामो अवधिको तालिम, उमेरको हठबन्दी र नियमित नेतृत्व परिवर्तन वर्तमानको चीनको परम्परादेखि चल्दै आएको राजनैतिक संस्कार रहेको छ । एक पार्टीको नेतृत्व, राष्ट्रिय छनोट र लामो अवधिको तालिम चिनियाँ विशेषता हुन् भने उमेरको हदबन्दी चीनको नयाँ सिर्जना हो । नियमित नेतृत्व परिवर्तन भने पश्चिमा देशहरूबाट सिकेको शैली हो । यी सबै पक्षले चिकपालाई थप सबल बनाइरहेको छ ।
चीनको राजनैतिक व्यवस्थामा नियमितरूपमा सुधार भइरहेको छ र चिनियाँ विशेषतासहितको समाजवादको एक नमुनाको रूपमा विकसित भइरहेको छ । पश्चिमा देशहरूमा नेतृत्व र पार्टी दुबै परिवर्तन हुन्छन् । अरब देशहरूमा पार्टी र नेतृत्व दुबै परिवर्तन हुँदैनन् । चीनमा नेतृत्व गर्ने व्यक्ति परिवर्तन हुन्छ तर पार्टी चिकपा मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद नै रहन्छ । अरब देशहरू र पश्चिमा देशहरूमा समस्या र विवादको वातावरण छ भने चीनमा त्यसको स्थिरता र शान्तिको वातावरण छ । यसरी चीनकोे व्यवस्था निकै व्यवस्थित र उदाहरणीय देखिएको छ । पश्चिमा देशहरू पुँजीवादतर्फ जान लचिलो छन् । सरकार परिवर्तनहरूसँगै नीति कार्यक्रमहरू फेरिन्छन् । अरब देशहरूमा स्थिर शासक छ, लचकताको कमीका कारण सरकार कठोर सावित हुन्छ ।
सामाजिक क्षेत्रमा चीनले सरकार र समुदायबीच वैमनष्यताको वातावरण निराकरण गर्छ । सरकार र समाजमा सकारात्मक अन्तरक्रियालाई प्रोत्साहन गर्दछ । यसरी सरकार जनतासँग नजिक रहेर कार्य गरिरहेको छ जुन पश्चिमा पुँजीवादी देशहरूमा भएको पाइँदैन । इन्टरनेटको सुविधाले चिनियाँ समाज पहिलेभन्दा निकै ऊर्जावान भएको छ । चीनको समाज परिचालन संयन्त्र प्रजातान्त्रिक केन्द्रीयताको आधारमा व्यवस्थित भएको पाइन्छ । प्रभावकारी समन्वय, सहभागिता र नेतृत्वमार्फत जनतालाई सङ्गठित बनाएको छ ।
विकासको नमुना सफल हुन दुई कुरामा विशेष ध्यान दिइनु जरुरी छ । पहिलो, ऐतिहासिक विशेषता र राष्ट्रिय अवस्था । दोस्रो, मानव विकासमा आइपर्ने समस्याहरूको समाधान गर्न सक्ने अन्तर्राष्ट्रिय मूल्य मान्यता । चीनको अहिलेको व्यवस्थामा यी दुबै विशेषताहरू जोडिएका छन् ।
एक समय चीन सयौँ वर्षसम्म विकसित शक्ति राष्ट्रहरूको थिचोमिचो र कब्जामा रहेको थियो । अहिले, आफ्नै विशेषताको यो राजनैतिक प्रणालीका कारण चीन आफ्नै खुट्टामा उभिन सफल भएको छ । चीनको विशेषताले दुई वटा पक्षको उजागर भएको छ ः–
पहिलो, विकासको नमुना छनोटमा अरूमा भर पर्न नपर्ने । कुनै पनि विकासको नमुना सबै देशलाई उपयोगी हुने गर्दैन । आफ्नो देशको विविधता र विशेषताअनुसार विकासको अवधारणा फरक हुन्छन् । चीनले आफ्नो समस्याको समाधान चिनियाँ जनताले नै गर्नुपर्नेमा विश्वास गर्दछ । यो चीनको आफ्नै अनुभव हो । जुत्ताको सिद्धान्तअनुसार राष्ट्रपति सि चिनफिङ भन्नुहुन्छ, “मानव जातिको इतिहासमा, विदेशी शक्तिको भरमा वा निर्देशनमा कुनै पनि देशले आफ्नो शक्ति उत्ठान गर्नसक्दैन । यदि यस्तो गरिएको खण्डमा यसको परिणाम असफलता हुन्छ ।”
दोस्रो, प्रभावकारी सरकार सञ्चालन । सन् २०१४ जूनमा अफगानिस्तानका पूर्वराष्ट्रपति हामिद कार्जाइले भन्नुभयो, “यदि अफगानिस्तानको व्यवस्थामा फेरि छनोट गर्न दिएमा चिनियाँ शैलीको विकास शैली छानिन्थ्यो किनभने, यो प्रभावकारी, निर्णायक र परिणामउन्मुख छ । यो एक राम्रो नमुना हो र यसले सकारात्मक परिणाम दिन्छ ।”
उहाँको दृष्टिकोणमा अरू देशले तीन–चार सय वर्षमा गरेको उपलब्धि चीनले चालिस वर्षभन्दा कम समयमा गरेको छ र विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देशमा चीन उक्लियो । यसकारण चीनको विकास नमुना एकदम राम्रो साबित भएको छ । चीनले पश्चिमा देशहरूको उपलब्धि र प्रगतिहरूबाट धेरै सिकेको छ । तर, चीनको विकासको आधार भनेको चिनियाँ विशेषतासहितको समाजवादको व्यवस्था हो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भन्नुहुन्छ, “विगत नियाल्ने हो भने चीनमा सफलताका कथाहरूको कमी छैन । पश्चिमा देशहरूले एक अर्ब जनताको लागि दुई सय वर्षभन्दा बढी समय लगाएर विकास ग¥यो । चिनियाँ नमुनाले एक अर्ब तीस करोड जनताको लागि तीस वर्षमा देखायो ।” एक क्षेत्र एक मार्गको ठूलो कार्यक्रमले चीन र अन्य देशहरूबीच सहकार्य र विकासको बाटो खुलेको छ । यसकारण, चीनले संसारभरकै जनताको लागि मेहनत गरिरहेको छ ।
अष्ट्रेलियाली विद्वान हग ह्वाइट भन्नुहुन्छ, “हामीले चीनमा धेरै अद्भुत कामहरू भइरहेको यथार्थलाई स्वीकार्नुपर्छ । चीनको आर्थिक विकासका कारण दसौँ करोड मानिसले आफ्ना बुबाआमाले सपनामा पनि नसोचेको भन्दा राम्रो र आरामदायी जीवन बिताइरहेका छन्, दसौँ करोड मानिस गरिबीबाट माथि उठेका छन्, एक अर्ब तीस करोड मानिसले आधुनिक जीवन बिताउन पाएका छन् । साथै, विश्वको आर्थिक विकासमा चीनले औसत बीस प्रतिशत योगदान गरिरहेको छ ।”
जर्मनीको बोन विश्वविद्यालयका प्राध्यापक हक भन्नुहुन्छ, “सधैँझैँ म विश्वास गर्छु, चीनको विकासको लागि चिनियाँ विशेषतासहितको समाजवाद उत्तम विकल्प हो, दोस्रो उपयुक्त विकल्प हुनसक्दैन । समाजवादी प्रणाली, चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व, सुधार खुलापनको नीति चिनियाँ नमुनाको प्रमुख विशेषता हुन् । चीनले सहयोग गरेका अन्य देशहरूमा आफ्नो धारणा र विचारधारा नलाद्ने नै चिनियाँ विकासको मुख्य आकर्षण हो । पश्चिमा देशहरूको आर्थिक सहायतामा ‘मानवीय’ हस्तक्षेप पनि सँगसँगै आएको हुन्छ ।”
यसरी राष्ट्रपति सि चिनफिङको नेतृत्वमा चिकपाले संसारको लागि एक अनुपम मार्गनिर्देशन गरिरहेको छ । गरिब र पिछडिएका देशहरूले पनि अन्य शक्ति राष्ट्रको भर नपरी आफ्नै जनतामाझ जानुपर्ने, जनताकै नेतृत्वमा देशको भविष्य निर्माण गर्नुपर्ने सन्देश प्रभाव गरेको छ । चीनले सम्पूर्ण देशहरूसँग सहकार्य र दुवै पक्षलाई फाइदा हुने जीत–जीत नीतिअनुरूप अगाडि लम्किरहेको छ । विश्वका जनताको लागि साझा कार्यक्रमहरूमा सक्दो योगदान गर्दै कम्युनिस्ट आन्दोलनमा उत्साह प्रदान गरेको छ । चिनियाँ विशेषतासहितको समाजवाद विश्वभरका कामदार जनताको लागि अध्ययनको विषय बनेको छ । अन्य देशले पनि चीनबाट सिक्नु जरुरी छ ।
Leave a Reply