भर्खरै :

लेन्डुपहरूका लागि शव वाहन !

 
सडक पीच गर्न पहल गर्ने,
अस्पताललाई बजेट ल्याउन पहल गर्ने,
अक्सिजन ल्याउन पहल गर्ने
अक्सिजन सिलिन्डर ल्याउन पहल गर्ने
बिजुली बत्ती ल्याउन पहल गर्ने
मेलम्ची ल्याउन पहल गर्ने
विदेशी सहयोग ल्याउन पहल गर्ने
एम्बुलेन्स ल्याउन पहल गर्ने
शव वाहन ल्याउन पहल गर्ने
बाफरे बाफ ! मेरो यो देश
‘पहलमान’ ‘पहलमान’ को देश !!
गज्जब छ बा ! मेरो यो देश
हनुमान नै हनुमानको देश !!
पहल गर्ने लत नै परिसकेका ‘पहलमानहरू’
परमभक्त, बलवान्, ‘बा’ पुत्र ‘हनुमान’ हरू
के चानचुने पहलमा रम्दै बसेको यतिखेर ?
अर्को एउटा पहल छिट्टै गर,
ढिलो गर्दै नगर !
लेन्डुपहरूका लागि शव वाहन ल्याउन पहल गर !
नत्र सडकमा घिसार्लान् जनताले बेलैमा होस गर
‘एमसीसी म्यानहरू’ का लागि शव वाहन ल्याउन पहल गर
नत्र लास बेपत्ता पार्लान् जनताले बेलैमा होस गर !
जनताले पर्याप्त दाउरा बन्दोवस्त गर्दै छन्
दाउराको पीर नगर, ‘त्यो पर्दैन’, पहल नगर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *