भर्खरै :

मानिस र प्रकृतिको लागि साझा भविष्यको जगमा बनेको समाज

(२२ अप्रिल २०२१ मा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी विश्वका विभिन्न देशका नेताहरूको शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङले दिनुभएको मन्तव्यको नेपाली अनुवाद–सम्पादक)
पृथ्वी दिवसमा जलवायु विषयक नेताहरूको शिखर सम्मेलनमा तपाईँहरू सहभागी हुनु अधिक खुसीको कुरा हो । मौसम परिवर्तनको बारेमा तपार्इँहरूसँग गहिराइमा विचार आदानप्रदान गर्न र यस चुनौतीलाई परास्त गरी मानिस र प्रकृतिसँगै मिलेर अगाडि बढ्ने उपायहरूको बारेमा छलफल गर्ने अवसर पाउनु राम्रो कुरा हो ।
औद्योगिक सभ्यताको समयदेखि नै मानव जातिले विशाल भौतिक सम्पत्तिहरू सिर्जना गरेको छ । यद्यपि, यो प्राकृतिक स्रोतहरूको अधिक शोषणको लागतमा आएको हो, जसले पृथ्वीको पारिस्थितिक प्रणालीको सन्तुलन बिगा¥यो र मानव–प्रकृति सम्बन्धमा बढ्दो तनाव निम्त्यायो । हालैका वर्षहरूमा, जलवायु परिवर्तन, जैविक विविधतामा नोक्सान, बढ्दो मरूभूमीकरण र बारम्बार हुने चरम मौसमी घटनाहरूबाट सबैले मानव अस्तित्व र विकासमा गम्भीर चुनौती खडा गरेका छन् । हाल भइरहेको कोभिड–१९ महामारीले देशभर आर्थिक र सामाजिक कठिनाइ थपियो । विश्वव्यापी वातावरणीय प्रशासनमा अभूतपूर्व चुनौतीहरूको सामना गर्नुपर्दा, अन्तर्राष्ट्रिय समुदायले अभूतपूर्व महत्वाकाङ्क्षा र कार्यमा साथ दिनु आवश्यक छ । हामीले एकताको भावनाका साथ जिम्मेवारीपूर्वक काम गर्नु आवश्यक छ । मानिस र प्रकृतिको सामुदायिक जीवन अगाडि बढाउनको लागि सँगै काम गर्नुपर्दछ । मानिस र प्रकृतिबीच तालमेल राख्नमा प्रतिबद्ध हुनुपर्दछ । “सबै चीजहरू एकआपसमा मिलेर बस्दछन् र प्रकृतिको पोषणबाट लाभान्वित हुन्छन् ।” ‘प्रकृति माता’ मानिससहित सबै जीवित प्राणीहरूको जन्मथलो हो । यसले मानव जाति बाँच्न र फस्टाउन सम्पूर्ण आवश्यकता प्रदान गर्दछ । ‘प्रकृति माता’ले हामीलाई पोषित गरेको छ र हामीले प्रकृतिलाई हाम्रो मूलको रूपमा व्यवहार गर्नुपर्दछ, यसलाई सम्मान गर्न, यसलाई सुरक्षित राख्न र यसका कानुनहरू पालना गर्नुपर्छ । प्रकृतिलाई क्रमबद्ध रूपमा बिगारेकोले मानवको अस्तित्व र विकासलाई आधारशिलाबाट टाढा लैजान्छ र हामी मानिस मुहानबिनाको नदी र जराबिनाको रूखजस्तै छोडिने छौँ । हामीले प्रकृतिको रक्षा र वातावरण संरक्षण गर्नुपर्दछ । जस्तो कि हामीले हाम्रो आँखा सुरक्षित राख्छौँ, नयाँ सम्बन्ध विकास गर्ने प्रयत्न गर्नुपर्दछ जहाँमानिस र प्रकृति दुवै समृद्धि र समन्वयमा बस्न सक्छन् ।
हामीले हरित विकासमा प्रतिबद्ध हुनुपर्छ । हरिया पर्वतहरू सुनका पहाडहरू हुन् । वातावरणको रक्षा गर्नु भनेको उर्वरताको रक्षा गर्नु हो । वातावरण सुधार गर्नु भनेको उत्पादकत्व वृद्धि गर्नु हो – सत्य त्यत्तिकै सरल छ । हामीले वातावरणलाई हानि पु¥याउने वा कमजोर पार्ने विकासका नमुनाहरू त्याग्नुपर्छ । छोटो अवधिको विकासको लाभको लागि वातावरणीय लागतलाई पछाडि लग्ने अदूरदर्शी दृष्टिकोण हामीले आत्मसात गर्नुहुँदैन । यसको विपरीत, हामी प्राविधिक क्रान्ति र औद्योगिक रूपान्तरणको प्रवृत्तिमा चल्नुपर्छ, हरित परिवर्तनको ठुलो अवसर लिनुपर्छ । नयाँ परिवर्तनको शक्तिले हामीलाई हाम्रो आर्थिक, ऊर्जा र औद्योगिक संरचनाहरूको स्तरोन्नति गर्न उत्साहित पार्छ । विश्वभर स्वस्थ वातावरणको सुनिश्चितता गर्नु दिगो आर्थिक र सामाजिक विकासमा बढावा दिनु हो ।
हामी व्यवस्थित सुशासनमा प्रतिबद्ध हुनुपर्छ । हिमाल, नदी, वनजङ्गलका साथै खेत, ताल, घाँसे मैदान र मरूभूमि सबै पारिस्थितिक प्रणालीका अविभाज्य भागहरू हुन् । पारिस्थितिक प्रणालीको सुरक्षाको लागि सरलीकृत दृष्टिकोण बढी आवश्यक पर्दछ । हामीले पारिस्थितिक प्रणालीको उत्पत्तिदेखिका कानुनहरू पालना गर्नुपर्दछ र प्रकृतिका सबै तत्व तथा पक्षहरूलाई ठीकसँग सन्तुलन गर्नु आवश्यक छ । यो त्यस्तो एक तरिका हो, जहाँ हामी लिन चाहन्छौँ, पारिस्थितिक प्रणाली स्वस्थ सञ्चार र समग्र सन्तुलनमा हुन्छ ।
हामी एक जनकेन्द्रित दृष्टिकोणमा प्रतिबद्ध हुनुपर्दछ । वातावरणीय चासोले सबै देशका मानिसको कल्याण गर्दछ । मानिसको आकाङ्क्षा पूरा गर्दै राम्रो जीवन र राम्रो वातावरणको साथै भावी पुस्ताको लागि हामी जिम्मेवार हुनुपर्छ । हामीले वातावरण संरक्षण, अर्थतन्त्रमा वृद्धि, रोजगारी सिर्जना गर्ने र गरिबी हटाउने उपायहरू एकैसाथ खोज्नु जरूरी छ, ता कि हरित सङ्क्रमणको क्रममा सामाजिक समानता र न्याय प्रदान गर्न र मानिसमा फाइदा, खुसी तथा सुरक्षाको भावना जगाउन सकियोस् ।
हामी बहुपक्षीयतामा प्रतिबद्ध हुनुपर्छ । हामीले अन्तर्राष्ट्रिय कानुनको आधारमा काम गर्नुपर्छ, समानता र न्यायको सिद्धान्तअनुसरण गर्नुपर्छ, प्रभावकारी कार्यहरूमा ध्यान केन्द्रित गर्नुपर्छ । हामीले सयुक्त राष्ट्र सङ्घकेन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको समर्थन गर्नुपर्छ, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ढाँचा (यूएनएफसीसीसी) र पेरिस सम्झौतामा राखिएका उद्देश्य र सिद्धान्तहरू पालना गनुपर्दछ । दिगो विकासको लागि २०३० एजेन्डा लागु गर्न प्रयत्न गर्नुपर्छ । हामी सबैले कडा कार्यहरू गर्नुपर्दछ, साझेदारी र सहयोगलाई सुदृढ पार्नुपर्छ, एक अर्काबाट सिक्नुपर्छ र विश्वभर कार्बन तटस्थता कायम गर्ने साझा प्रगतिका लागि नयाँ यात्रा तय गर्नुपर्छ । यस प्रक्रियामा हामीले आफ्ना हातहरू मिलाउनैपर्छ, एक अर्कामा औँला उठाउनु हुँदैन, हामीले निरन्तरता कायम गर्नुपर्छ, गतिपथबाट सजिलै पछाडि हट्नुहुन्न । हामीले प्रतिबद्धताको सम्मान गर्नुपर्दछ, वाचाहरूबाट पछि हट्नु हुँदैन ।
चीनले संयुक्त राज्य अमेरिकाको बहुपक्षीय जलवायु सुशासन प्रक्रियामा फर्किने निर्णयको स्वागत गर्दछ । धेरै समय नबित्दै चिनियाँ र अमेरिकी पक्षले जलवायु सङ्कटलाई सम्बोधन गर्दै संयुक्त विज्ञप्ति जारी गरे । चीन संयुक्त राज्य अमेरिकालगायतका अन्तर्राष्ट्रिय समुदायसँग संयुक्तरूपमा विश्वव्यापी वातावरणीय सुशासनलाई अगाडि बढाउन काम गर्र्न चाहन्छ ।
हामी साझा सिद्धान्त तर अलग जिम्मेवारीप्रति प्रतिबद्ध हुनुपर्छ । यो विश्वव्यापी जलवायु सुशासनको आधारशिला हो । अहिले विकासोन्मुख देशहरूले कोभिड–१९ लाई परास्त गर्न, अर्थतन्त्र वृद्धि गर्न र जलवायु परिवर्तनलाई सम्बोधन गर्न धेरै चुनौतीहरू सामना गरिरहेका छन् । विकासोन्मुख देशहरूले जलवायुमा गरेको योगदानलाई हामीले पूर्ण मान्यता दिन र तिनीहरूको विशेष कठिनाइ र चासोलाई समायोजन गर्नुपर्छ । विकसित देशहरूले जलवायु महत्वाकाङ्क्षा र कार्यमा जोड दिनु आवश्यक छ । उनीहरूले विकासोन्मुख देशहरूलाई जलवायु परिवर्तनको विरूद्ध क्षमता र आत्मबल सुदृढ पार्न सहयोग गर्नुपर्छ । वित्त पोषण, प्रविधि, क्षमता निर्माणमा सहयोग गर्नुपर्छ । हरित व्यापारमा अवरोध हुनबाट रोक्नुपर्छ, ता कि विकासोन्मुख देशहरूलाई हरित सङ्क्रमण छिटो बनाउन र कम कार्बन उत्सर्जनमा मद्दत पुगोस् ।
चिनियाँ सभ्यताले मानिस र प्रकृतिको बीचमा सद्भावका साथै प्रकृतिको नियमको पालनालाई सधैँ मूल्यवान ठान्दछ । हाम्रो निरन्तर खोजी भएको छ कि मानिस र प्रकृति एक अर्कासँग मिलेर बस्न सक्दछन् । पर्यावरणीय प्रगति र संरक्षण चिनियाँ संविधानमा लेखिएको छ । चीनको समग्र योजनामा चिनियाँ विशेषतासहितको समाजवाद निर्माणमा समाहित गरिएको छ । चीनले पर्यावरणीय सभ्यताको सोचलाई अनुशरण गर्नेछ र नयाँ विकास दर्शनलाई लागु गर्नेछ । हरित र कम कार्बन ऊर्जाको विकासमा हामी विशेष जोड दिँदै सबै पक्षमा हरित आर्थिक र सामाजिक विकास हासिल गर्ने लक्ष्य राख्नेछौँ । हामी पर्यावरणीय संरक्षणमा प्राथमिकता जारी राख्नेछौँ र हरियो र कम कार्बन विकासको बाटोमा लाग्नेछौँ ।
गत वर्ष मैले आधिकारिक घोषणा गरेँ कि चीन २०३० भन्दा अगाडि कार्वन डाइअक्साइड उत्सर्जनलाई उकास्न र २०६० भन्दा अगाडि कार्वन तटस्थता प्राप्त गर्न प्रयत्न गर्नेछ । यो प्रमुख रणनीतिक निर्णय भविष्यमा समुदाय निर्माणमा हाम्रो साझा उत्तरदायित्वको भावनाको आधारमा र दिगो विकास सुरक्षित गर्न हाम्रो आफ्नै आवश्यकताको लागि हो । चीनले धेरै विकसित देशहरूले लिनसक्ने भन्दा छोटो अवधिमा कार्वन शिखरबाट कार्वन तटस्थतामा झर्न प्रतिबद्धता व्यक्त गरेको छ र जसको लागि चीनको असाधारण कडा परिश्रम आवश्यकता पर्दछ । कार्वन शिखर र कार्वन तटस्थताका लक्ष्यहरू पर्यावरण संरक्षणको चीनको समग्र योजनामा थपिएको छ । हामी अब एक कार्य योजना बनाइरहेका छौँ । कार्वन शिखरतर्फ पहिले नै राष्ट्रव्यापी कडा कार्यहरू गरिरहेका छौँ । अग्रगामी इलाका क्षेत्र र कम्पनीहरूलाई सहायता दिइँदै छ । चीनले कोइलाबाट सञ्चालित बिजुली उत्पादन आयोजनाहरूलाई कडाइका साथ नियन्त्रण गर्नेछ । १४ औँ पञ्चवर्षीय योजना अवधिमा कोइला खपतमा वृद्धिलाई कडाइका साथ सीमित गर्नेछ र १५ औँ पञ्चवर्षीय योजना अवधिको चरणमा यसलाई तल झार्नेछ । यसबाहेक, चीनले मोन्ट्रियल प्रोटोकलको किगाली संशोधन स्वीकार्ने र कार्वन डाइअक्साइड उत्सर्जनसम्बन्धी नियमहरू कडा पार्ने निर्णय गरेको छ । चीनको राष्ट्रिय कार्वन बजार व्यापार पनि सुरू गर्नेछ ।
चीन विश्वव्यापी वातावरणीय संरक्षणको एक सहभागीे, योगदानकर्ता र अगुवाको रूपमा बहुपक्षीयतालाई कार्यमा ल्याउन र सबैको जितको लागि विश्वव्यापी वातावरणीय सुशासनको निष्पक्ष र न्यायसङ्गत प्रणालीको प्रवद्र्धन गर्न दृढ प्रतिबद्धता व्यक्त गर्दछ । चीनले यस अक्टोबरमा जैविक विविधता सम्मेलनको लागि सीओपी १५ आयोजक आयोजना गर्नेछ । जैविक विविधतामा विश्वव्यापी सुशासनको वृद्धि गर्न चीनले सबै दलसँग मिलेर काम गर्ने आशा राखेको छ । हामी सीओपी २६ लाई सकारात्मक नतिजा प्राप्त गर्न ग्ल्ँऋऋऋ लाई समर्थन गर्दछौँ । हामी चीनमा अक्सर भन्छौँ, “मानिसहरूलाई माछा दिनुभन्दा माछा कसरी मार्ने भनेर देखाउनु महत्वपूर्ण छ ।” चीनले विकासोन्मुख देशहरूलाई जलवायु परिवर्तनको विरूद्ध क्षमता निर्माण गर्न सहयोग पु¥याएको छ । अफ्रिकामा मौसम अनुगमनको लागि रिमोट सेन्सिङ सेटेलाइटदेखि लिएर दक्षिणपूर्व एसियामा कम कार्वन प्रदर्शन क्षेत्र र साना टापुका देशहरूमा ऊर्जा–दक्ष प्रकाशसम्मको सहयोगले वास्तविक, मूर्त र ठोस परिणाम ल्याएको छ । चीनले पनि पर्यावरणीय सहयोगलाई बेल्ट र सडक सहयोगको एक महत्वपूर्ण हिस्सा बनाएको छ । हरियाली पूर्वाधार, हरित ऊर्जा, हरित यातायात र हरित वित्तको व्यापक प्रयासलाई समेट्दै थुपै्र हरित कार्यका पहलहरू सुरू गरिएको छ, जसले गर्दा बेल्ट र सडक साझेदार देशका जनतालाई स्थायी लाभ पुग्न सक्छ ।
हामी चीनमा भन्छौँ, “जब व्यक्तिहरू सबै मिलेर तान्छौँ कुनै पनि वस्तुलाई उठाउन गा¥हो हुदैन ।” जलवायु परिवर्तनले हामी सबैलाई थिचोमिचो, भयङ्कर र दीर्घकालीन चुनौतीहरू खडा गरेको छ । यद्यपि, म विश्वस्त छु कि जबसम्म हामी हाम्रा उद्देश्य र प्रयासहरूमा एकजुट हुन्छौँ । तबसम्म एकता र आपसी सहयोगको साथ कार्य गर्दछौँ । हामी विश्वव्यापी जलवायु र वातावरणीय चुनौतीहरूभन्दा माथि उक्लनेछौँ । स्वच्छ र सुन्दर संसारलाई भावी पुस्ताहरूमा छोड्नेछौँ ।
नेपाली अनुवादः समिप

Leave a Reply

Your email address will not be published. Required fields are marked *