पर्सामा ‘भक्तपुर काण्ड’ को भत्र्सना
- भाद्र २६, २०८३
भक्तपुर, १९ असार । नेपाल विद्युत प्राधिकरण भक्तपुर शाखाका सुपरभाइजर भगवान सागर भैल घुस लिँदालिँदैको अवस्थामा रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटेको टोलीले उनलाई एघार हजार रुपैया नगद घुस लिँदै गर्दा पक्राउ गरेको हो । काभ्रे बनेपा निवासी भैल नेपाल विद्युत प्राधिकरण भक्तपुरको नयाँ ग्राहक सेवा शाखाका ५ औं तह सुभरभाइजर हुन् । ग्राहकले १५ एम्पियर क्षमताको मिटर ३० एम्पियरमा क्षमतावृद्धि गर्न निवेदन दिएकोमा भैलले ढिलासुस्ती गर्दै सेवाग्राहीबाट एघार हजार रुपैया घुस मागेका थिए ।
‘अख्तियारमा सेवाग्राहीको उजुरीपछि हामीले विशेष स्टिङ्ग् अपरेशन चलाएका थियौं । जसअनुसार हामीले सेवाग्राहीलाई एक हजारका एघार वटा नोटहरु उपलब्ध गराएका थियौं । हामीले सोही सिरियल नम्बरका हजारका नोटहरु भैलबाट बरामद गरेपछि उनलाई पक्राउ गरेका हौं ।’ नाम नखुलाउने शर्तमा अनुसन्धान टोलीका प्रहरी उपरिक्षकले अनलाइन मजदुरलाई घटना बारे जानकारी दिँदै भन्नुभयो ।
फोटोः बालकृष्ण बनमाला





Leave a Reply