भर्खरै :

संरा अमेरिका : एक नाजी वारिस

 
(जर्मनीको ‘राष्ट्रिय समाजवादी दल’ हिटलरको पार्टीको नाम हो– नाजी संरा अमेरिका, बेलायत र सोभियत सङ्घ मिलेर इटालीको मुसोलिनि, फासीवादी हिटलर र जापानी सैन्यवादको विरोधमा लडाइँ गरेका थिए । तर, संरा अमेरिकाले नाजी, फासीवादी र जापानको हार भएपछि सोभियत सङ्घमाथि हमला गर्ने योजना बनाएका थिए ।)
फासीवादविरोधी युद्ध टुङ्गिनुभन्दा अगाडि नै अमेरिकी जर्नेलहरूले सोभियत सङ्घमाथि आक्रमण गर्ने सपना बुन्न थालिसकेका थिए । यसको लागि उनीहरू नाजी सेना र हिटलरका सहयोगीहरूको मद्दत लिने सुरमा थिए । पूर्व गुप्तचर कुकरिजले सन् १९४५ को गर्मी याममा खुलासा गरे । यस विषयमा उनको पुस्तक ‘गेलेन ःशताब्दीको गुप्तचरी’ मा पढ्न पाइन्छ ।
उनी लेख्छन् – (अमेरिकी) जनरल प्याटनले नाजी डिभिजनहरूलाई हतियारबद्ध गरेर र अमेरिकी तेस्रो सेनामा गाभेर लालहरू (सोभियत सङ्घ) विरुद्ध भिडाउने सपना देखेका थिए । उनले यसबारेमा जर्मनीस्थिति अमेरिकी सैन्य गभर्नर जनरल जोसेफ टि. म्याकनानीसँग गम्भीर छलफल गरेका थिए । प्याटनले भने, “ती छुसी बोल्शेभिकहरूले के सोच्लान् भनी किन पीर लिनुहुन्छ ? … ढिलोचाँडो हामी उनीहरूसँग लड्नैपर्छ । अहिले हाम्रो सेना बलियो भएको बेला नै किन नलड्ने ? हामीले लालसेनालाई रुसबाट लघार्न सक्छौँ । मेरा जर्मनहरूसँग मिलेर हामी यसो गर्न सक्छौँ… तिनीहरूले ती लाल कम्युनिस्टहरूलाई घृणा गर्छन् ।” प्याटनले भने अनुसार रुसीहरूले कहिले संरा अमेरिकामाथि हमला गर्नेछन् भनी पर्खेर बस्नुभन्दा तीस दिनभित्र मस्को पुग्न सकिन्छ वा सकिन्न भनी पछि (अमेरिकी अधिकारीहरू) ले जाँचबुझ गरेका थिए ।
गेलेन, नाजी र सिआईए (अमेरिकी केन्द्रीय गुप्तचर विभाग)
नाजी गर्भबाटै अमेरिकी गुप्तचरी बन्दोवस्त कसरी जन्मेको थियो भन्ने विषयमा कुकरिजको पुस्तकमा अनेक प्रसङ्गहरू पाइन्छ ।
उनी लेख्छन् – जनरल गेलेन सोभियत सङ्घमा नाजी गुप्तचरहरूको प्रमुख थियो । सन् १९४५ मा उसले आफ्ना सम्पूर्ण दस्तावेजहरूसहित आत्मसमर्पण ग¥यो । उसलाई मेजर–जनरल लुथर सिबर्टकहाँ लगियो । जनरल सिबर्ट अमेरिकी जनरल ब्राड्लीका सैन्य गुप्तचर प्रमुख थिए । सिबर्टको अनुरोधमा गेलेनले १२९ पृष्ठको लिखित रिपोर्ट लेख्यो । त्यसपछि अमेरिकी संरक्षणमा रहेर गेलेनले आफ्नो सोभियतविरोधी गुप्त सङ्गठनको मद्दतले सोभियत सङ्घको सुराकी गर्न सकिनेबारे विस्तृत खाका को¥यो ।
गेलेनलाई अमेरिकी सेनाका सर्वोच्च अधिकारीहरूसँग चिनापर्ची गराइयो । सोभियत प्रतिनिधिहरूले दुईजना युद्ध–अपराधी गेलेन र शेलेनबर्ग कहाँ छन्, तिनलाई सोभियत सङ्घको हातमा सुम्पिनुपर्छ भनी माग गरे । अमेरिकाले तिनको अत्तोपत्तो नभएको बतायो । २२ अगस्ट, सन् १९४५ मा गेलेनलाई गुप्त तवरले अमेरिका पु¥याइयो ।
नाजी गेलेनले एलन डलेसलगायत अमेरिकी गुप्तचर नेतृत्वसँग ‘सम्झौता’ ग¥यो । उनीहरू एउटा ‘सहमति’ मा पुगे – गेलेनको गुप्त सङ्गठनले सोभियत सङ्घमा निर्बाध काम गरिरहने र अमेरिकी गुप्तचर निकायसँगको सम्बन्ध सेतुको काम अमेरिकी अधिकारीहरूले गर्ने । त्यसबाहेक गेलेनको सङ्गठनलाई सोभियत सङ्घ र उसको प्रभावमा रहेका कम्युनिस्ट देशहरूको गुप्तचरीमा प्रयोग गर्ने योजना बनायो ।
९ जुलाई, सन् १९४६ मा आफ्ना नाजी गुप्तचरहरूलाई अमेरिकी झन्डामुनि पुनः सक्रिय बनाउन गेलन जर्मनी फक्र्याे । उसले जर्मन गुप्त प्रहरी गेस्टापो र गुन्डादल एसएसका दजनौँ उच्चपदस्थहरूलाई काममा लगायो र तिनको लागि झूटो पहिचान र परिचयपत्रहरू बनाइदियो ।
युद्धपछि पूर्व नाजीहरूको खोजबिन गर्नुपर्ने जिम्मेवारी पाएका अमेरिकी गुप्तचर अधिकारी जोन लोफ्टसले हजारौँ युक्रेनी, क्रोयसियाली र हंगेरियाली फासीवादीहरूलाई प्रतिरोधी’ गुप्तचर निकायले अमेरिकीमा घुसाएको उल्लेख ग¥यो । लोफ्टस लेख्छन् – एक आँकलन अनुसार १० हजार नाजी युद्ध अपराधीहरू दोस्रो विश्वयुद्धपछि संरा अमेरिका प्रवेश गरे ।
सन् १९४७ पछि संरा अमेरिकाले शीतयुद्धको थालनी गरेपछि पूर्व नाजीहरूले कम्युनिस्टविरोधी प्रचारयुद्धमा अहम भूमिका खेले । यसरी हामी दाबी गर्न सक्छौँ, अमेरिकी साम्राज्यवाद नाजी विस्तारवादको निरन्तरता हो ।
सोभियत सङ्घविरुद्ध आणविक अस्त्र
२१ जुलाई, सन् १९४५ मा पोट्सड्याम सम्मेलन हुँदै थियो । यस्तैमा अमेरिकी राष्ट्रपति ह्यारी ट्रयुमनले आणविक परीक्षण सफल भएको खबर पाए ।
मार्गरेट ट्रयुमनले लेखेकी छिन्, “यसले मेरा बुवालाई स्तालिनसँग दर्बिलो र रोबिलो पारामा सम्झौता गर्न फुक्का तुल्यायो । …अब उहाँले स्तालिनलाई कसरी एटम बमको बारेमा बताउने होला भन्ने प्रश्न सुल्झाउनुभयो ।… बुबा तुरुन्तै रुसी नेतासामु जानुभयो र उनलाई संरा अमेरिकाले ‘असामान्य विनाशकारी शक्ति’ सहितको नयाँ हतियार बनाएको बताउनुभयो । प्रम चर्चिल र परराष्ट्र सचिव बर्निज स्तालिनको प्रतिक्रिया अध्ययन गर्दै थोरै पर उभिनुभएको थियो । उनी एकदम शान्त थिए ।”
कोठामा फर्केपछि स्तालिन र परराष्ट्रमन्त्री मोलोतोभबीच चलेको कुराकानी रुसी मार्शल झुकोभले आफ्नो आत्मकथामा यसरी उल्लेख गरेका छन् –
मोलोतोभले हक्कानिँदै भन्नुभयो, “तिनीहरूले खेल्न खोजेजस्तो छ ।” Bid up
स्तालिन हाँस्नुभयो, “खेल्न दिनुस् । यसबारेमा मैले आज कुर्चातोभसँग कुरा गर्नुपर्ने छ र कामलाई तीव्रता दिन भन्नुपर्ने छ ।”
मैले बुझेँ उहाँहरूले आणविक बम बनाउने कुरा गर्दै हुनुहुन्थ्यो ।
स्तालिन उच्च मनोबल भएका शान्त चित्तका व्यक्ति हुनुहुन्थ्यो । अरूको धम्कीसामु नडग्नु उहाँको स्वभाव थियो । आणविक बमको धम्कीले समेत उहाँ रत्तिभर तर्सिनुभएन ।
सुरुदेखि नै पहिलो आणविक अस्त्रको उत्पादनलाई ट्रयुमनले संसारमा अमेरिकी प्रभुत्व सुनिश्चित गर्ने आम नरसंहारको हतियारको रूपमा बुझेका थिए । आफ्नो आत्मकथामा उनले लेखेका छन् – मैले बमलाई सैन्य हतियारको रूपमा लिएँ र यसको प्रयोग गर्नुपर्छ भन्ने कुरामा शङ्का गरिनँ ।… चर्चिलसँग यसबारेमा कुराकानी गर्दा उनले पनि यसको प्रयोगको विषयमा नहिच्किचाइकन मसँग सहमत हुनुभयो ।
जुलाईको अन्त्यतिर सोभियत सङ्घले पराजयको सङ्घारमा उभिएको जापानमाथि आक्रमण गर्ने निधो ग¥यो । कुनै सैन्य आवश्यकता नै नभई अमेरिका आफ्नो आणविक अस्त्रलाई मानव जातिमाथि ‘प्रयोग’ गर्ने निष्कर्षमा पुग्यो । उसले आफ्ना विपक्षीहरूलाई आतङ्कित पार्न चाहन्थ्यो । कुनै बेला नाजीहरू यस्तै सोच्थे । लाखौँ जापानीहरूलाई मार्नुपछाडि साम्राज्यवादको मूल उद्देश्य सोभियतहरूमा आतङ्क पैदा गर्नु थियो, स्तालिनलाई पाठ पढाउनु थियो । आणविक बमको बारेमा थाहा पाउनेबित्तिकै चर्चिलले त्यसलाई सोभियत सङ्घविरुद्ध प्रयोग गर्न चाहेका थिए ।
प्रोफेसर गाब्रियल कोल्कोले यसबारेमा आफ्नो पुस्तक ‘द पोलिटिक्स अफ वार’ मा लेख्छन् – फिल्ड मार्शल एलन ब्रुकलाई प्रधानमन्त्रीको केटाकेटी जमजमाहट खतरनाक लाग्यो, “उनले सम्पूर्ण रुसी औद्योगिक केन्द्रहरू भताभुङ्ग पार्ने खुबी भएको व्यक्तिका रूपमा आफूलाई हेर्न थालिसकेका थिए ।” पोट्सड्याम सम्मेलनमा चर्चिलले रुसीहरूलाई चुप लगाउने कूटनीतिक अस्त्रको रूपमा आणविक अस्त्रको प्रयोग गर्नुपर्ने जिरह गरेका थिए ।
६ अगस्ट, सन् १९४५ मा हिरोशिमालाई बमले तहसनहस पारेको खबर सुनेपछि राष्ट्रपति ट्रयुमनले वरपर बसेका मान्छेलाई यो ‘व्यवस्थित विज्ञानको इतिहासमा महानतम् उपलब्धि’ भएको बताए ।
ट्रयुमनले आफ्नो आत्मकथामा समेत यही कुरा लेख्ने दुस्साहस पनि गरेका छन् । लाखौँलाख जापानी जनसाधारणहरूलाई सोत्तर पार्ने अमेरिकी साम्राज्यवादको निर्णयले उसको अमानवीय र बर्बर चरित्र छताछुल्ल पार्छ । यसबाट उसले फासीवादी शक्तिको मसाल बोकेको छ भनी पुष्टि हुन्छ । तर बम खसेकै दिन ट्रयुमनले आफ्नो आधिकारिक वक्तव्यमा भने – हाम्रा सर्तहरू स्वीकार गरेनन् भने तिनीहरूले पृथ्वीमा कहिल्यै नबर्सिएको विनाशक वर्षाको अपेक्षा गरेको ठहर्नेछ ।
अगस्ट ९ मा नागासाकीमा ट्रयुमनले आफूले वाचा गरेको बमवर्षा गरे । हिरोशिमा र नागासाकीमा गरेर ४ लाख ४३ हजार जनसाधरणको नरसंहार भयो ।
एक उदाउँदो विश्व प्रभुत्वकारी शक्तिको रूपमा संरा अमेरिकाले साम्राज्यवादविरोधी सबै आन्दोलन एवम् स्वाधीनता, प्रजातन्त्र वा समाजवादको निम्ति भएका जनसङ्घर्षहरूको घिनलाग्दो विरोध ग¥यो । ‘ट्रयुमन नीति’ को अर्थ यही हो । ‘कम्युनिस्ट तानाशाही’ बाट (खुला बजारको, छाडा शोषणको) ‘स्वतन्त्रता’ को प्रतिरक्षा गर्ने नारामुनि असीमित हस्तक्षेपको नीति नै ‘ट्रयुमन नीति’ हो । यसबारेमा ट्रयुमन आफैले १२ मार्च, सन् १९४७ मा भनेका छन् – हतियारधारी अल्पसङ्ख्यक वा बाहिरी दबाबहरूको उत्पीडनको प्रतिकार गरिरहेका मुक्त मानिसहरूलाई सघाउनु नै संरा अमेरिकी नीति हुनुपर्छ ।
हस्तक्षेपको यो नीतिलाई सिद्धान्ततः ‘रुसी तानाशाहीको खतरा’ मार्फत् ‘न्यायिक’ सावित गरिँदै थियो । ट्रयुमनले घोषणा गरे – हामीतिर आइरहेको नयाँ विपत काटिकुटी नाजी जर्मनीजत्तिकै खतरनाक छ ।
विश्व प्रभुत्वको आफ्नो यात्रामा तेर्सिएको हिटलरलाई हटाएपछि ट्रयुमनले कम्युनिस्टविरोधी सम्पूर्ण नाजी लाञ्छनाहरू सापटी लिए । उनले सोभियत सङ्घबारे यस्तो भनेका छन् – एउटा क्रुर तर चलाख कट्टरहरूको समूहले राजकीय धर्मका सम्पूर्ण हत्कण्डाहरू लगाएर एउटा तानाशाही खडा गरेको छ ।… व्यक्तिलाई राज्यको रैतीसरी दास बनाइएको छ ।
नाजीहरू पराजित भएलगत्तै ट्रयुमनले तिनीहरूको मूलबाटो अर्थात् कम्युनिस्ट र सोभियतविरोधी नीति लिए । वास्तवमा हिटलरले नै ३१ अगस्ट, सन् १९४४ मा यो सम्भावनातिर औँल्याएका थिए । सन् १९६४ मा प्रकाशित हिटलरको एक दस्तावेजमा यस्तो लेखिएको छ – हाम्रा विपक्षीहरूको विजयले समस्त युरोप बोल्शेभिक बन्नेछ । हाम्रा विपक्षीहरूको गठबन्धन विविध तत्वहरू मिलेर बनेको छ ।… यसमा एकातिर उग्र पुँजीवादी राज्यहरू छन्, अर्कोतिर उग्र कम्युनिस्ट राज्यहरू छन् । एक दिन यो गठबन्धन टुक्रिनेछ । जेजस्तो स्थिति आइलागे पनि महत्वपूर्ण कुरा भनेको त्यस घडीको प्रतीक्षा गर्नु हो ।
आफ्नो हार निश्चित भएपछि आफूलाई जोगाउन नाजीहरूले युद्धको अन्त्यतिर घिनलाग्दा कम्युनिस्टविरोधी अफवाहहरू गढेका थिए । १८ महिनापछि ती सबैलाई ट्रयुमनले आफ्नो बनाए ।
साम्राज्यवादविरोधी सङ्घर्ष र विश्वशान्तिको निम्ति सङ्घर्ष
यस पृष्ठभूमिमा रहेर स्तालिनले सन् १९४५ देखि १९५३ सम्म लिनुभएका अन्तर्राष्ट्रिय नीतिहरूलाई राम्ररी बुझ्न सकिन्छ । अमेरिकी साम्राज्यवाद र उसको युद्ध योजनाहरूको विरोधमा स्तालिन दृढ हुनुहुन्थ्यो । सतर्कताका साथ एक हदसम्म उहाँले संसारका विभिन्न जनताका क्रान्तिकारी सङ्घर्षहरूमा सहयोग गर्नुभयो ।
स्तालिनले विश्व पुँजीवादी व्यवस्थाविरुद्ध चारमुखे सङ्घर्ष गर्नुभयो । उहाँले सोभियत सङ्घको प्रतिरक्षा पुनः सबल तुल्याउनुभयो, यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आधार थियो । उहाँले प्रजातन्त्र र समाजवादको उद्देश्यतिर लम्किरहेका जनतालाई सघाउनुभयो । उहाँले स्वतन्त्रता चाहिरहेका उपनिवेशका जनताहरूलाई सघाउनुभयो । र, उहाँले साम्राज्यवादको नयाँ सैन्य अभियानका विरुद्ध शान्तिको निम्ति व्यापक अन्तर्राष्ट्रिय आन्दोलनलाई हौसला दिनुभयो ।
स्तालिनले अङ्ग्रेज–अमेरिकी साम्राज्यवादको नियत राम्ररी बुझ्नुभएको थियो । उनीहरू सोभियत सङ्घका छरछिमेकका देशहरूका प्रतिक्रियावादी वर्गलाई ‘जोगाउन’ चाहन्थे । त्यही वर्गले नाजीहरूको विश्व प्रभुत्वको रणनीतिमा घाँटी जोड्न उनीहरूसँग साँठगाँठ गरेको थियो । यो दिशा युद्धको क्रममै छर्लङ्ग भएको थियो ।
प्रसिद्ध रुसी मार्शल रोकोजोभ्स्कीले यसबारेमा लेखेका छन् – १ अगस्ट, सन् १९४४ मा लण्डनमा निर्वासित पोल्यान्ड सरकारले वार्सामा विद्रोह सुरु ग¥यो । यो प्रतिक्रियावादी विद्रोह लालसेनालाई पोल्याण्डको राजधानी मुक्त गर्नबाट रोक्ने आपराधिक अभियानस्वरूप सुरु भएको थियो । ६०० किलोमिटरमात्र अघि बढेको लालसेनाले धेरै सैनिक र सामग्री गुमाइसकेको थियो । वार्सा गएर विद्रोहलाई सघाउन लालसेना असमर्थ थियो । वास्तवमा निर्वासित पोल्यान्ड सरकारले विद्रोह सुरु गर्नुपछाडिको नियतबारे सोभियतहरू अनभिज्ञ थिए । तर वार्सामा धेरै डिभिजन केन्द्रित गरेर बसेका नाजीहरूले राजधानी ध्वस्त पारे र नरसंहार मच्चाए ।
स्तालिनले यसलाई युद्धभित्रको युद्धको रूपमा हेर्नुभयो । उहाँले चर्चिल र रुजवेल्टलाई लेख्नुभयो, “ढिलोचाँडो, सत्ताको भोकमा वार्सामा अभियान थाल्ने मुठ्ठीभर अपराधीहरूबारे सत्य बाहिर आउनेछ ।”
२३ अगस्ट, सन् १९४४ मा लालसेनाले प्रथम हंगेरियाली गाउँ मुक्त ग¥यो । दुई दिनपछि १९१९ पछि सत्तासीन रहेको होर्थीको फासीवादी सरकारले नयाँ परिस्थितिबारे सम्बोधन ग¥यो । अभिलेखमा हामी ‘अङ्ग्रेजहरूले आफैले हङ्गेरी कब्जा नगरेसम्म हङ्गेरियालीहरूले रुसीहरूलाई थामिराखून् भन्ने चाहन्छन्’ लेखिएको पाउँछौँ ।
होर्थी र उनको गिरोहले ‘लाल साम्राज्यवाद’ का विरुद्ध सङ्घर्ष सुरु ग¥यो । सोभियत सेनाबाट बुडापेस्टको ‘रक्षा’ गर्न ३५ फासीवादी डिभिजनहरू तयार पारियो । त्यस दिनपछि हङ्गेरियाली प्रतिक्रियावादीहरूले संरा अमेरिकाले आफ्नो रक्षा गर्नेछ भन्ने ठाने । अमेरिकाले नै ‘सोभियत विस्तारवाद’ बाट ‘हङ्गेरियाली स्वाधीनता’ को प्रत्याभूति गर्नेछ भन्ने माने । मध्य र केन्द्रीय युरोपेली देशहरूका प्रतिक्रियावादी वर्गले उछालिरहेको ‘राष्ट्रिय स्वाधीनता’ को नारा समाजवादविरोधी मात्र थिएन, बरु आधारभूत राष्ट्रिय स्वार्थसँग त्यो नारा बाझिन्थ्यो र संरा अमेरिकी विश्व प्रभुत्वको रणनीतिसँग मिल्थ्यो ।
ग्रीसमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सुरु भएको राष्ट्रिय प्रतिरोध सङ्घर्षले नाजीहरूलाई ठूलो आघात पुगेको थियो । १२ अक्टोबर, सन् १९४४ मा जर्मनहरूले एथेन्स खाली गरेपछि ७० हजार हतियारधारी देशभक्तहरूले समग्र देश कब्जा गरे । बेलायती सेनाले ग्रीसेली जनतालाई क्रान्तिकारी सरकार बनाउनबाट रोक्न हस्तक्षेप ग¥यो । ५ डिसेम्बरमा चर्चिलले बेलायती जनरल स्कोबीलाई निर्देशन दिए – स्थानीय विद्रोहीहरूमाथि उठ्दै गरेको र कब्जा गरिएको शहरमा पुगेझैँ कारबाही गर्न नहिच्किचाउनु ।
यसरी ग्रीसेली फासीवादविरोधी शक्तिविरुद्ध बेलायत र अमेरिकाले युद्ध सुरु ग¥यो ।
मध्य र पूर्वी युरोपेली देशहरूमा फासीवादी शक्तिहरूलाई कुल्चिँदै लालसेनाले मजदुर, किसान र फासीवादविरोधीहरूको सङ्घर्ष फस्टाउने मलिलो भूमि तयार पा¥यो ।
यही सहयोगका कारण कम्युनिस्ट पार्टीहरूले नेतृत्व गरिरहेको जनसमूह समाजवादी सत्ता स्थापना गर्न सफल भयो । यसरी वास्तविक राष्ट्रिय स्वाधीनता स्थापना भयो । ती देशहरूलाई अमेरिकी नवउपनिवेश बनाएर सत्ता हातमा राख्ने फासीवादी र पुँजीवादी शक्तिका षड्यन्त्रहरूलाई जनताले परास्त गरे ।
‘लाल साम्राज्यवाद’ को सिद्धान्त युद्ध सुरु हुनुभन्दा अगाडि आफ्नो आक्रमणलाई न्यायोचित देखाउन सन् १९४१ मा नाजीहरूले गढेका थिए । सन् १९४६ मा अमेरिकाले त्यही सिद्धान्त अपुतालीजस्तै लियो । ‘स्वाधीनता’ को अङ्ग्रेज–अमेरिका व्याख्या ग्रीसमा नाङ्गिएको थियो । त्यहाँ उनीहरूले हिटलरविरोधी लडाइँमा रगत बगाएको शक्तिलाई धमाधम मारेका थिए ।
फासीवादी शक्तिलाई हराएपछिको अन्तर्राष्ट्रिय परिस्थितिबारे स्तालिनको विश्लेषण उहाँका एकजना नजिकका सहयोगी झदानोभले उल्लेख गरेका छन् । फासीवादीहरूले लेनिनग्रादमा ९०० दिनसम्म नाकाबन्दी लगाउँदा उनी राजनीतिक अगुवा थिए ।
सन् १९४७ को सेप्टेम्बरमा पोल्यान्डमा बसेको ९ कम्युनिस्ट पार्टीहरूको सूचना आदानप्रदान सम्मेलनमा झदानोभले यी कुरा राखेका थिए । ९ वर्षपछि यी सबै तथ्यलाई ख्रुश्चेभको राजनीतिक विश्वासघाटले झुटो भनी अस्वीकार गरेका थिए ।
झदानोभको प्रस्तुति यस्तो थियो –
संरा अमेरिकी विस्तारवादको उद्देश्य विश्व प्रभुत्व स्थापना गर्नु हो । यो नयाँ यात्राले अमेरिकाको एकाधिकार स्थितिलाई दर्बिलो तुल्याउने लक्ष्य लिएको छ । जर्मनी र जापानजस्ता दुई महत्वपूर्ण प्रतिद्वन्द्वीहरूको पराजय एवम् बेलायत र फ्रान्सजस्ता पुँजीवादी साथीहरूको स्खलनपछि यस्तो परिस्थिति तयार भएको छ । यो नयाँ यात्रा विशाल सैन्य, आर्थिक र राजनीतिक कार्यक्रममा निर्भर छ । यस कार्यक्रमको प्रयोगले लक्षित सम्पूर्ण देशहरूमा अमेरिकाको राजनीतिक र आर्थिक दबदबा स्थापना हुनेछ, ती देश आश्रित राज्य बन्न जानेछन् । यसबाट अमेरिकी पुँजीले ती देशको शोषण गर्नेछ र त्यहाँ आफ्नो बाटोमा तेर्सिने बाधा पन्छाउनसक्ने सरकारहरू गठन गर्नेछ ।
सबैभन्दा क्रुद्ध र अस्थीर साम्राज्यवादी राजनीतिज्ञहरूले चर्चिलको पछि लाग्दै सकेसम्म छिटो सोभियत सङ्घविरुद्ध ‘रोकथाममूलक’ युद्ध सुरु गर्ने योजनाहरू तयार गर्दै छन् । उनीहरूले मरणशील अमेरिकी एकाधिकार पुँजीले बनाएको आणविक अस्त्र सोभियत जनताविरुद्ध प्रयोग गर्न खुलेआम हाँक दिँदै छन् ।
अमेरिकी सैन्य रणनीतिक योजनाअनुसार शान्तिकालमा उसको अमेरिकी महादेशबाहिर टाढाटाढासम्म असङ्ख्य सैन्य आधार र भण्डारहरू निर्माण गर्ने तय भएको छ । त्यसलाई उसले सोभियत सङ्घ र नयाँ प्रजातान्त्रिक देशहरूविरुद्ध आक्रमणमा प्रयोग गर्नेगरी तयार गर्दै छ ।
अमेरिकी एकाधिकार पुँजीले पुँजीवादी जर्मनीको पुनःस्थापनाको सपना देख्दै छ । यसो भएमा युरोपका प्रजातान्त्रिक शक्तिहरूविरुद्धको सङ्घर्षमा त्यो जर्मनी उसको सबैभन्दा भरपर्दो सहयोगी हुने उसको निक्र्योल हो ।
तर आफ्नो विश्व प्रभुत्वको महत्वाकाङ्क्षा पूरा गर्ने बाटोमा अमेरिकाले सोभियत सङ्घ, नयाँ प्रजातान्त्रिक देशहरू र कामदार वर्गका सम्पूर्ण देशहरूको सामना गर्नुपर्नेछ । सोभियत सङ्घको अन्तर्राष्ट्रिय प्रभाव बढिरहेको छ र ऊ साम्राज्यवादविरोधी र फासीवादविरोधी राजनीतिको कवच बनेको छ । त्यस्तै नयाँ प्रजातान्त्रिक देशहरू अङ्ग्रेज–अमेरिकी चङ्गुलबाट मुक्त हुन सफल भएका छन् ।
संरा अमेरिका र साम्राज्यवादी शिविरको यो नयाँ यात्रामा लर्तरो सावित भएमा उनीहरू झन् कठोर र आक्रामक हुनेछन् । त्यसैले कम्युनिस्ट पार्टीहरूले सम्पूर्ण क्षेत्रमा विस्तारवादी र आक्रामक साम्राज्यवादी योजनाहरूविरुद्ध प्रतिरोधको नेतृत्व गर्नुपर्छ ।
स्तालिनले सदा सोभियत जनता र संसारभरिका क्रान्तिकारी र पुँजीवादीवरोधी शक्तिहरूमा विश्वास गर्नुभयो । उहाँको मनस्थिति सन् १९५० मा मोलोतोभले जारी गरेको आधिकारिक घोषणापत्रमा स्पष्ट प्रकट भएको थियो । त्यसमा यस्तो लेखिएको थियो – युद्धपिपासुहरूका हतियारका खातले हामीलाई तर्साउनेछ भनी कसैलाई विश्वास गर्न नदिऊँ । तर्सिनुपर्ने हामी होइन, बरु साम्राज्यवादी र आक्रमणकारीहरू तर्सिनुपर्छ ।… साम्राज्यवादीहरूले तेस्रो विश्वयुद्ध सुरु गरे भने त्यो युद्ध एकदुई पुँजीवादी राज्यहरूको अन्त्य होइन, बरु समस्त पुँजीवादी जगतको अन्त्य सावित हुनेछ भन्नेमा कुनै शंका छ र ?
सन् १९४७ मा सोभियत सङ्घले आणविक अस्त्र बनायो । अमेरिकी आणविक अस्त्रजनित त्रासद कूटनीति धुजाधुजा पार्न स्तालिन सफल हुनुभयो । त्यति नै बेला सोभियत सङ्घ र विश्वभरिका कम्युनिस्ट पार्टीहरूले अमेरिकी युद्ध योजनाको विरोधमा आणविक अस्त्रमा प्रतिबन्ध लगाउनुपर्ने मागसहित अन्तर्राष्ट्रिय अभियानहरू थाले । विश्व शान्ति परिषद्ले साम्राज्यवादी आक्रमणका विरुद्ध इतिहासकै ठूलो शान्ति आन्दोलन सुरु ग¥यो । दोस्रो विश्व सम्मेलनको अन्त्यतिर सन् १९५० मा प्रकाशित यसको घोषणापत्रमा यस्तो लेखिएको छ –
विश्वका जनताले आफैमा, आफ्नो दृढता र आफ्नो मनोबलमा विश्वास गर्दै गइरहेका छन् । शान्तिको सङ्घर्ष तपाईँकै सङ्घर्ष हो । करोडौँ करोड शान्ति स्वयम्सेवकहरू एकजुट हुँदै छन्, हातेमालो गर्दै छन् भनी थाहा पाइराख्नुहोस् । शान्ति पर्खेर पाइँदैन, हत्याउनुपर्छ । स्टकहोम अपिलमा हस्ताक्षर गर्ने ५० करोड सचेत मानिसहरूसँगै हामी आणविक हतियारमा प्रतिबन्ध लगाउनुपर्ने, आम निःशस्त्रीकरण गनुपर्ने र यी उपाय नियन्त्रित हुनुपर्नेमा जोड दिन्छौँ ।
(लुदु मार्टेन्सको पुस्तक ‘अनादर भ्यू अफ स्तालिन’ पुस्तकमा आधारित)
अनुवादः समीप
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *