भर्खरै :

‘जति तिमी दिन्छौ त्यति तिम्रो हुन्छ, जमिएका मायाभरि तिम्रो जीत हुन्छ’

‘जति तिमी दिन्छौ त्यति तिम्रो हुन्छ, जमिएका मायाभरि तिम्रै जीत हुन्छ’ नारायण गोपालको यो गीत स्कूल पढ्दा ताका खुब गुनगुनाइँथ्यो, भाव नबुझे पनि । तर, कोरोना कालको वर्तमान समयमा भक्तपुर नगरपालिकाले ‘जनताको स्वास्थ्य जनताकै सहयोगमा’ अभियान चलाउँदै जनतामाझ सहयोगको आव्हान गर्दा त्यसको प्रतिक्रियास्वरुप जनस्तरबाट वर्षिएको सहयोगले सो गीतको भावसमेत बुझेँ । कोरोनाको दोस्रो लहर सुरु हुँदा अक्सिजन अभावमा धेरै सर्वसाधारणले ज्यान गुमाउनु पर्दा भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट जडान गर्न सहयोगको निम्ति जनतालाई आह्वान ग¥यो । गीतमा भनिएजस्तै मन फुकाएर सहयोग गर्ने जनताको लर्को लागेको छ । दान यस्तो कार्य हो जसमा दिने र लिने दुवै खुसी हुन्छन् यदि दानको सदुपयोग भयो भने ।
दानका केही महत्वपूर्ण चरित्र दानीले बुझ्नुपर्छ । दान दिनेले आफ्नो पैसा कहाँ गइरहेको छ, त्यो थाहा पाउनुपर्छ । अहिलेको लोभी पापीको संसारमा ठगहरूले चन्दाको नाम अनेक जुक्ति निकाल्छन् । धर्मको नाममा वा राजनीतिक गतिविधिको नाममा चन्दा उठाउँदै आफ्नो दुनो सोझ्याउने जमातको कमी छैन । त्यसकारण, चन्दा उठाउन आउनेसँग मानिसहरू सशङ्कित हुन्छन् । यस्तो परिस्थितिमा एउटा आह्वानको भरमा हजारौँ सर्वसाधारणले आफ्नो हैसियतअनुसार सहयोगको हात बढाउन आउनु भनेको भक्तपुर नपाप्रति विगतमा जनमानसमा रहेको विश्वसनीयता नै हो ।
दानको अर्को चरित्र भनेको दान तिनीहरूलाई दिनुपर्छ जसले यसको महत्व बुझ्छन् । पुँजीवादी अर्थशास्त्रमा पैसालाई खर्चको हिसाबले तीन प्रकारमा वर्गीकरण गरिएको छ ः ‘आफ्नो पैसा आफ्नै लागि खर्च गर्ने’, ‘आफ्नो पैसा अरूको निम्ति खर्च गर्ने’ र ‘अरूको पैसा अरूको लागि खर्च गर्ने’ । जसअनुसार सबभन्दा दुरुपयोग हुने पैसा भनेको तेस्रो प्रकारको अर्थात् अरूको पैसा अरूको निम्ति खर्च गरिने पैसा हो । अरूले दिएको पैसा भक्तपुर नपाले अर्कै पक्षको लागि खर्च गर्ने भएकोले अहिले दान गरिएको पैसा तेस्रो प्रकारमा पर्छ । यस हिसाबले दानको पैसा दुरुपयोग हुन्छ । तर, यो परिभाषा यहाँनिर मेल खाँदैन । किनकि दान लिने संस्था कस्तो हो र उक्त संस्था कस्ता व्यक्तिबाट सञ्चालित छ त्यसमा भरपर्छ ।

एउटा फ्रुटी र एउटा केरा दान दिँदा पनि ठुलो हल्ला गर्नेहरूको कमी नभएको यो स्वार्थी समाजमा भक्तपुर नपालाई लाखौँ दान दिनेले पनि “मैले दान दिएँ” भनेर हल्लाखल्ला गरेको देखिएन । भक्तपुर नपाद्वारा नै सहयोग गर्नेहरूको रेकर्डमा राख्ने हिसाबले दाताहरूको नाम ‘मजदुर दैनिक’ पत्रिकामा छपाउने कार्य बाहेक अरू दान दिने आफैले कुनै देखावटी गरेको देखिएन । कोही कोही दाताले त अनुहार नै नदेखाइकन बैङ्कबाट हस्तान्तरण गरेका पनि छन् । त्यसैले यो सहयोग अभियानमा उपकार गरिँदा पालन गर्नुपर्ने ‘उदार भएन दान दिनु’ भन्ने मान्यता पालन भएको देखिन्छ ।

भक्तपुर नगरपालिकाले दशकौँदेखि जनताको सहभागितामा सयौँ काम गरिसकेको छ तर आर्थिक अनियमितता भयो भनेर अहिलेसम्म कसैले औंलो उठाउन सकेका छैनन् । यहाँ रोजगारीको नाममा आफ्ना कार्यकर्तालाई सरकारी ढुकुटी लुटालुट गराउने पार्टीका नेताहरूजस्ता होइनन्, भक्तपुर नपाका पदाधिकारी । भ्रष्टाचार नभएको नगरपालिका भनेर विपक्षसमेतले प्रशंसा गरेको भक्तपुर नपाका पदाधिकारीहरू आफ्नो जीवन नै जनताको सेवामा समर्पित गरेका व्यक्तित्वहरूबाट दानको पैसा सदुपयोग नै गर्छन् भन्ने सबैको विश्वास भएर नै यो अभियान यति धेरै सफल भएको हो । त्यसैले दान लिने व्यक्तिहरूले दानको महत्व बुझेका छन् भन्न सकिन्छ ।
त्यसैगरी दानीले बदलामा केही पाउने आशा नगर्नु अर्को चरित्र हो । हिन्दूको पवित्र ग्रन्थ गीतामा पनि भनिएको छ, ‘कर्म गर्नु, फलको आश नगर्नु’ । नगरपालिकाले चलाएको अभियानमा हातेमालो गर्ने जनताले दानको बदलामा व्यक्तिगतरुपमा केही पाउने आश नगरेर गीताको श्लोकलाई नजानिकनै पछ्याएका छन् ।
दानीले ‘उदार भएर दान दिनु’ त्यतिकै महत्वपूर्ण चरित्र हो जसअनुसार दायाँ हातले दिएको कुरा बायाँ हातलाई पनि थाहा नदिनु । एउटा फ्रुटी र एउटा केरा दान दिँदा पनि ठुलो हल्ला गर्नेहरूको कमी नभएको यो स्वार्थी समाजमा भक्तपुर नपालाई लाखौँ दान दिनेले पनि “मैले दान दिएँ” भनेर हल्लाखल्ला गरेको देखिएन । भक्तपुर नपाद्वारा नै सहयोग गर्नेहरूको रेकर्डमा राख्ने हिसाबले दाताहरूको नाम ‘मजदुर दैनिक’ पत्रिकामा छपाउने कार्य बाहेक अरू दान दिने आफैले कुनै देखावटी गरेको देखिएन । कोही कोही दाताले त अनुहार नै नदेखाइकन बैङ्कबाट हस्तान्तरण गरेका पनि छन् । त्यसैले यो सहयोग अभियानमा उपकार गरिँदा पालन गर्नुपर्ने ‘उदार भएन दान दिनु’ भन्ने मान्यता पालन भएको देखिन्छ ।
वर्तमान समयमा राजनीतिक पार्टीलाई शुभलाभको आधारमा दान दिने व्यवसायीले आफ्नो व्यापारलाई अनुकूल हुने गरी सरकारले नियम बनाई दिने स्वार्थ बोकेको हुन्छ । नेताले पनि पार्टीको नाममा उठेको चन्दा आफ्नो व्यक्तिगत प्रयोजनको लागि प्रयोग गरेका धेरै उदाहरण छन् । यस्ता क्रियाकलाप हुनु भनेको अन्ततः देश र समाजले नोक्सान व्यहोर्नु हो । राजनीतिक पार्र्टीलाई चन्दा दिएर खानी, पहाड, जङ्गलजस्ता देशको सम्पत्ति नै व्यक्तिको नाममा नामसारी गरेका धेरै उदाहरण छन् । दानको रूपमा राजनीतिक पार्टीलाई दिने यस्ता पैसा वास्तवमा दान होइन, घुस हो जसमा देश र जनतालाई हानि पु¥याएर व्यापारी र नेताको स्वार्थ पूरा गरिएको हुन्छ । भक्तपुर नपाको यस अभियानमा कसैले यस्तो मनसायले दान दिएको देखिएन ।
‘पैसाले सबै किन्न पाइन्छ तर इज्जत किन्न पाइँदैन’ भन्ने लोकोक्ति छ । तर, अहिलेको सबथोक पैसामुखी भएको समाजमा कसैले कतै मनग्य दान दियो भने आसन ग्रहण गराएर दोसल्ला वा खादामाला लगाइदिन्छ । जुन एक हिसाबले इज्जत किनेसरि नै हो । पुरानो दुष्चरित्र मेटिने, धमिलो इज्जत सङ्गिलन हुने आशामा दान दिनेहरू पनि हुन्छन् । दान लुटेर, कर छलेर वा अन्य कुनै तरीकाले आर्जित गरेको किन नहोस्, उनले त्यही पैसाबाट इज्जत किनेको ठहरिन्छ । थुप्रै देशमा चन्दाको रुपमा दिएको आम्दानीमा कर लाग्दैन । त्यसैले पनि ठुलाठुला व्यवसायीले चन्दा दिन्छन् । यसरी चन्दामै पनि आ–आफ्ना स्वार्थ गाँसिएको हुन्छ । तर, भक्तपुर नपाले चलाइरहेको यो अभियानमा माथि उल्लेख गरिएको कुनै कुरासँग मेल खाँदैन । तथाकथित इज्जत र प्रतिष्ठाको लोभबिना नै नितान्त सहयोगी भावनाले दैनिक काम गरेर खानुपर्ने वर्गदेखि करोडपतिसम्मले मुठ्ठी फुकाएर सक्दो दान दिएका छन् ।
जनताको सेवा गर्न इमानदारी मिसिएको जोश चाहिन्छ । इमानदारीका साथ गरिएको प्रयासले सार्थकता पाउँछ । अहिले भक्तपुर नपाले इमानदारीपूर्वक गरिरहेको कामले सार्थकता पाएको छ । जीवन झरनाजस्तै बग्नु अनि पानीजस्तै सबैसँग मिल्नुपर्छ भने कथनलाई आत्मसात गर्दै भनपा सबै पक्षसँग मिलेर काम गर्दै छ, शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *