भर्खरै :

सैन्य जनरल राउल क्यास्त्रोले १६ अप्रिल, सन् २०२१ मा क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा प्रस्तुत गर्नुभएको केन्द्रीय प्रतिवेदन – १

साथीहरू,
देशको इतिहासकै महत्वपूर्ण मितिमा पार्टीको आठौँ महाधिवेशनको उद्घाटन हुँदै छ । १६ अप्रिल, सन् १९६१ मा समाजवादी चरित्रका क्रान्तिका सेनानायक फिडेल क्यास्त्रोले जुन उद्घोष गर्नुभएको थियो, आज त्यसको ६० औँ वार्षिकोत्सव हो । त्यस दिन बमबारीमा वीरगति प्राप्त सबैजनाको अन्त्येष्टि गरिएको थियो । अघिल्लो दिन मात्र हाम्रो वायुसेनाका आधार क्षेत्रहरूमा बमबारी भएको थियो । त्यो बमबारी प्लाया गिरोनको लुटाहा अतिक्रमणको पूर्वसङ्केत थियो । क्युवाली क्रान्तिको नमुनालाई कुल्चिने र अमेरिकी राज्यहरूको सङ्गठन (Organization of American States, OAS) को साठगाँठमा यो टापुमा पुनः नवउपनिवेशी शासन थोपर्ने योजनाहरूको एउटा हिस्साको रूपमा संयुक्त राज्य अमेरिकाले त्यो बमबारी सञ्चालन र प्रायोजन गरेको थियो ।
आउँदो मङ्गलबार, १९ अप्रिलमा हामीले महाधिवेशन सम्पन्न गर्ने योजना बनाएका छौँ । त्यस दिन हामीले (अमेरिकी) लुटाहा अभियानमाथि हाम्रो विजयको ६० औँ वार्षिकोत्सव मनाउनेछौँ । कामरेड फिडेलको नेतृत्वमा शत्रुलाई एकछिन पनि सुस्ताउने मौका नदिइकन समाजवादको रक्षार्थ त्यतिबेला पहिलोचोटि आफ्नो रगतको आहुति दिएर विद्रोही सेना, प्रहरी र मिलिसिया दल ७२ घण्टाभित्र शत्रुमाथि विजय प्राप्त भएको थियो । देशभित्र पञ्चमाङ्गी समूहको रूपमा क्रियाशील प्रतिक्रान्तिकारी समूहहरूविरुद्ध राज्यको सुरक्षा (State Security) का निर्णायक प्रहारहरूले शत्रुका योजनाहरू परास्त गर्न योगदान पुगेको थियो ।
अमेरिकी प्रजातान्त्रिक अर्थात् डेमोक्रेटिक दलका राष्ट्रपतिको कार्यकालमै सुरु गरिएको प्लाया गिरोन अतिक्रमण राष्ट्रपति आइजनहावरले सुरु गरेको ‘क्यास्त्रो शासनविरुद्ध गुप्त कारबाहीको कार्यक्रम’ को एउटा हिस्सा थियो । आइजनहावर गणतान्त्रिक दलका राष्ट्रपति थिए । त्यस दलले क्युवामा एकीकृत प्रतिपक्ष र मनोवैज्ञानिक युद्ध सिर्जना गर्ने, प्रमुख क्रान्तिकारी नेताहरू र फिडेलको नै हत्या गर्ने तानाबाना बुनेको थियो । त्यस्तै आर्थिक योजनाहरू ध्वस्त पार्ने र सहरहरूमा आतङ्कवादी हमला गर्ने, गरिमामय साक्षरता अभियानहरूमा सहभागी कार्यकर्ता, कर्मचारी र युवाहरूको संहार गर्ने हतियारधारी प्रतिक्रान्तिकारी गिरोहहरूलाई मलजल गर्ने षड्यन्त्र पनि त्यही दलले बुनेको थियो ।
हाम्रो मुलुकविरुद्ध चलाइएको राज्य आतङ्कवादको चपेटामा परेका ३,४७८ मृतक र २,०९९ घाइते तथा अङ्गभङ्ग क्युवालीहरूलाई हामीले कहिल्यै बिर्सने छैनौँ ।
१० अप्रिल, सन् २०१९ मा जारी गरिएको गणतन्त्रको संविधानको दुई वर्षपछि र ग्वेमारोमा प्रथम माम्बी संविधान जारी भएको डेढ शताब्दीपछि हामीले यो आठौँ महाधिवेशन गर्दै छौँ ।
संविधानको अनुमोदनको लागि हाम्रा मनगे कानुन र अनुमोदनमा असर गर्ने अन्य कानुनी प्रावधानहरू अद्यावधि गर्नुपर्ने थियो । त्यसैले जनसत्ताको राष्ट्रिय सभा (National Assembly of People’s Power) ले सम्बन्धित वैधानिक कार्यसूची पनि अनुमोदन ग¥यो र त्यसको परिपालन भयो ।
सन् २०१९ अप्रिलपछिको अवधिमा क्युवाली संसदले मुख्य राजकीय र सरकारी अङ्गहरूको सङ्गठन र काम कारबाही सुनिश्चित गर्ने एघार वटा कानुनहरू पारित ग¥यो । यसको लागि राज्य परिषद्ले ३३ वटा अध्यादेशहरू जारी ग¥यो ।
संस्थानहरू, विश्वविद्यालयहरू र अनेक अनुसन्धान केन्द्रहरूको सहभागितासहितको संसदीय क्षमता सबल तुल्याउन राज्य र सरकारको नेतृत्वले श्रृङ्खलाबद्ध निर्णयहरू लियो ।
आज यहाँहरूसमक्ष मैले प्रस्तुत गर्न गइरहेको केन्द्रीय प्रतिवेदन राजनीतिक ब्युरोले अनुमोदन गरिसकेको छ ।
यस अवसरमा, कोभिड–१९ महामारीविरुद्धको लडाइँले थोपरेका व्यवधानहरूलाई मध्यनजर गर्दै महाधिवेशन प्रतिनिधिको सङ्ख्या ३०० मा सीमित गरिएको छ । यहाँहरू पार्टीका झन्डै ५८,००० तल्ला समितिहरूमा क्रियाशील ७ लाख पार्टी सदस्यहरूको उपस्थितिमा स्थानीय र प्रजातान्त्रिक तवरले निर्वाचित हुनुभएका प्रतिनिधिहरू हुनुहुन्छ ।
यी असामान्य परिस्थितिमा हामीले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनले तय गरेको उद्देश्यको १७ औँ बुँदा अनुसार आठौँ महाधिवेशन गर्दै छौँ । उक्त बुँदाअनुसार युद्धको जोखिम, गम्भीर प्राकृतिक विपत्ति वा अपवादको स्थितिमा बाहेक हामीले प्रत्येक पाँच वर्षमा पार्टी महाधिवेशन गर्नुपर्छ । हामी सामान्य समयमा छैनौँ । तैपनि, हामी निर्धारित मितिमा हाम्रो महाधिवेशन गर्न सम्भवमात्र होइन, आवश्यक पनि भएको ठहरमा पुग्यौँ ।
थप २७ हजार नयाँ पार्टी सदस्यसहित हामी यो बृहत मञ्चमा आइपुगेका छौँ । यो सन् २००६ देखि देखापरेको पार्टी सदस्य सङ्ख्याको घट्दो क्रम रोकिएको प्रमाण हो ।
मृत्यु, निष्क्रियता र निष्कासनका कारण सदस्य सङ्ख्यामा कमी आए तापनि उत्साहप्रद नतिजा हासिल गरिएको छ । त्यस्तै बर्सेनि सरदर ३९,४०० नयाँ जोधाहाहरू थपिनु र त्यसको एकतिहाइ यङ कम्युनिस्ट लीगबाट आउनु उत्तिकै आशाजनक छ ।
तथापि देशको जनसङ्ख्याको वर्तमान स्थितिमा ५५ वर्ष नाघेका पार्टी सदस्यहरूले ४२.६ प्रतिशत स्थान ओगटेको र पार्टी सदस्यको औसत उमेर बढिरहेको तथ्यलाई हामी बेवास्ता गर्न सक्दैनौँ ।
यति नै बेला यङ कम्युनिस्ट लीगको सदस्य सङ्ख्या विद्यार्थी र युवा कामदारहरूको जमातबाट आएका सदस्यहरूबाट एकनासले बढ्दै छ । यस जमातमा साना किसान, कृषि मजदुर र पार्टीको भावी उन्नयनमा मूल्यवान योगदान दिनसक्ने नसङ्गालिएका सम्भावना बोकेका अर्थतन्त्रका अन्य महत्वपूर्ण फाँटबाट आएका सदस्यहरूलाई प्राथमिकता दिइएको छ ।
३० जनवरी २०२० मा राजनीतिक ब्युरोले अनुमोदन गरेको राष्ट्रिय योजनामा आधारित रहेर महामारीविरुद्धको लडाइँलाई विशेष ध्यान दिनुपर्छ । यस योजनालाई विभिन्न चरणहरूबीच प्राप्त अनुभवका आधारमा अद्यावधि र समृद्ध तुल्याइँदै छ ।
यस योजनाअन्तर्गत केन्द्रीय राज्य प्रशासनका निकायहरू, जनसङ्गठनहरू तथा जनता र खासगरी युवाहरूको प्रत्यक्ष सहभागिताको तालमेलपूर्ण अन्तरक्षेत्रीय सक्रियतामा जोड दिइएको छ । जनताको सुस्वास्थ्य सुनिश्चित गर्ने राजनीतिक आत्मबल नै यसको मूल शक्ति हो ।
यस योजनाको कार्यान्वयनले महामारी नियन्त्रण गर्न सम्भव छ भन्ने देखाएको छ । स्थापित कार्यविधि पालन गरेर, असुरक्षित समूहलाई अलग्गै ध्यान दिएर, बिरामी पहिचान गर्ने सक्रिय सामुदायिक सर्वेक्षण गरेर, शङ्कास्पद बिरामी र नजिकका व्यक्तिहरूलाई एक्ल्याएर, अस्पतालमा भर्ना गरेर यस्तो गर्न सकिन्छ । अन्ततः सेनानायक फिडेलको रेखदेखमा स्थापना गरिएका क्युवाली औषधि र बायोटेक्नोलजी उद्योगहरूले उत्पादन गरेका रोकथाम र थेरापीका नयाँ औषधिहरूबाट उपचार गरेर महामारी नियन्त्रण गर्न सकिन्छ ।
यी नतिजाहरू निःशुल्क, सुलभ र योग्य एवम् प्रतिबद्ध स्वास्थ्यकर्मीहरूले धानेको समान स्वास्थ्य प्रणालीयुक्त समाजवादी समाजमा मात्र सम्भव छ । तथापि, केही महिनायता विश्व नै ब्युँझेको छ । यसमा अन्य कारणहरूबाहेक खासगरी स्थापित तौरतरिकामै सन्तुष्ट हुनाले क्युवा पनि अपवाद रहेन ।
अनुसन्धान र आविष्कारमा वैज्ञानिक र विज्ञहरूले गरेको परिष्कार तथा रोकथाम, निदान, उपचार र बिरामीको उद्धारमा सघाउन तिनका खोजहरूको तत्काल प्रयोगका आधारमा देश कोभिड–१९ सँग जुधिरहेको छ । पाँचवटा सम्भावित खोपको परीक्षण सघनरूपमा चलिरहेको छ । यी खोपले समस्त क्युवाली जनतालाई रोगप्रतिरोधी बनाउन सक्छन् र अन्य राष्ट्रहरूको जनस्वास्थ्यमा टेवा दिन सक्छन् । यी परिणाम आफैले मैले अन्य कार्यक्रमहरूमा भने गरेझैँ फिडेलप्रतिको मेरो प्रशंसा भावलाई दिनदिनै बढाउँदै छन् । (ताली)
आठौँ महाधिवेशनले राजनीतिक ब्यूरोले गठन गरेका तीन आयोगहरूका निष्कर्षहरू विश्लेषण गर्न आफ्नो ध्यान केन्द्रित गर्नेछ ।
पहिलो आयोगका अध्यक्ष प्रधानमन्त्री म्यानुएल मारेरो क्रुज हुनुहुन्छ । यो आयोगले सातौँ महाधिवेशनपछि प्राप्त भएका आर्थिक र सामाजिक परिणामहरू अध्ययन गरिरहेको छ र देशको विकासमा निरन्तर अघि बढ्न योजनाहरू प्रक्षेपण गर्दै छ । छैटौँ महाधिवेशनपछि पार्टी र क्रान्तिका आर्थिक र सामाजिक नीतिनिर्देशनहरू (Economical and Social Policy Guidelines of the Party and the Revolution) को कार्यान्वयन प्रक्रियाको विश्लेषण गर्ने र तिनलाई अद्यावधि गर्ने प्रस्ताव राख्दै छ । त्यस्तै क्युवाली आर्थिक र सामाजिक मोडलको वैचारिकीकरण (Conceptualization of the Economic and Social Model) को पनि त्यसरी नै विश्लेषण र अद्यावधिको प्रस्ताव राख्दै छ । साथै आयोगले कोभिड–१९ ले निम्त्याएको विश्व सङ्कटसँग जुध्न र अर्थतन्त्रलाई उकास्न तय गरिएको आर्थिक–सामाजिक रणनीति (Economic and Social Strategy) को कार्यान्वयनको अवस्थाबारे सम्बोधन गर्दै छ ।
दोस्रो आयोगका अध्यक्ष केन्द्रीय समितिका द्वितीय सचिव होसे रामोन माचादो भेन्तुरा हुनुहुन्छ । यो आयोगले सातौँ महाधिवेशनले २०१२ मा सम्पन्न प्रथम राष्ट्रिय भेलामा तय भएका उद्देश्यहरू (Work Objectives)सम्बन्धी प्रतिबद्धता पूरा भए–नभएको लेखाजोखा गर्दै छ । ती उद्देश्य पार्टी परिचालन, सैद्धान्तिक गतिविधि र जनसमूहसँगको सम्बन्धसँग सम्बन्धित छन् । साथै, यस आयोगले वर्तमान र भावी परिस्थितिहरूमा पार्टीको काम कसरी व्यवस्थित गर्दै लाने भनी प्रक्षेपण गर्दै छ ।

बढ्दो उत्पादकत्व र कार्यक्षमतामा भएको प्रगतिमा बाधा हाल्ने कठोर कर्मचारीतन्त्र, स्रोतसाधनमाथिको अपुग नियन्त्रण, हानिकारक भ्रष्टाचार र अन्य अवैध क्रियाकलापका स्रोत र पृष्ठभूमिसँग जोडिएका नकारात्मक असरहरू जीवित छन् । काम वा नवीनताको निम्ति यथेष्ट उत्प्रेरणा प्रदान नगर्ने हाम्रो आर्थिक मोडलले निरन्तर संरचनात्मक समस्याहरू तेस्र्याउँदै छ ।
यो दृश्यलाई पछि नफर्किने गरी रूपान्तरण गर्न हाम्रो आर्थिक–सामाजिक मोडललाई अद्यावधि गर्ने प्रक्रिया अझ बहुपक्षीय हुनैपर्छ । यसले केन्द्रीकृत योजना निर्माण र विकेन्द्रीकरणको उचित तालमेललाई मलजल गर्नुपर्छ । साथमा उद्योग व्यवस्था र स्थानीय निकायहरूको तल्लो र मध्यम तहमा आवश्यक स्वायत्तता प्रदान गर्नुपर्छ ।

अन्तिम र तेस्रो आयोगका अध्यक्ष गणतन्त्रका राष्ट्रपति मिगुएल डायज–कानल बेर्मुडेज हुनुहुन्छ । यो आयोगले पार्टी, यङ कम्युनिस्ट लीग, जन सङ्गठनहरू, राज्य र सरकारभित्र कार्यकर्ता नीतिका साथै उच्च परिणाम हासिल गर्न पार्टीको भूमिकाबारे अध्ययन गर्छ ।
आज यहाँहरूको अध्ययनको निम्ति हामीले प्रस्तुत गर्ने यी तीनैवटा अयोगहरूका निष्कर्ष वा दस्तावेजहरू यसअघि प्रान्तीय पार्टी समितिहरू र सरकारी परिषद्हरूमा छलफल भइसकेका छन् । ती छलफलमा पार्टीका प्रथम सचिवहरू, जनसङ्गठनका अगुवाहरू र नगर प्रशासनका कर्मचारीहरू, साथै केन्द्रीय राज्य प्रशासन निकायहरूका नेतृत्वदायी परिषद्हरू तथा जनसङ्गठनहरू र यङ कम्युनिस्ट लीगका राष्ट्रिय नेतागण सहभागी हुनुहुन्थ्यो ।
यी छलफलपछि महत्वपूर्ण परिमार्जनहरू गरिएका थिए । यसले गर्दा दस्तावेजहरूको विषयवस्तु समृद्ध बनेको थियो । हालैमात्र, महाधिवेशनका प्रतिनिधिहरूबीच छलफलका निम्ति सम्बन्धित प्रान्तीय प्रतिनिधि मण्डलहरूको बैठकमा यी दस्तावेजहरू बुझाइएको थियो ।
माथि उल्लिखित आयोगहरूका कामबारे धेरै कुरा नराखिकन म केही विषयमा छोटो समीक्षा गर्छु ।
शान्ति तथा सैद्धान्तिक दृढताको निम्ति सङ्घर्ष सँगसँगै राष्ट्रिय अर्थतन्त्रको विकास नै पार्टीको सर्वोच्च उद्देश्य हो भन्ने कुरा आइसकेको छ ।
बितेका पाँच वर्षमा क्युवाली अर्थतन्त्रले संरा अमेरिकाले चर्काएको आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दीले निम्त्याएका बाधा व्यवधानको सामना गर्ने क्षमता प्रदर्शन गरेको छ । यसले स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको क्षेत्रमा क्रान्तिका प्रमुख उपलब्धिहरूको जगेर्ना गर्न सम्भव तुल्याएको छ । यसकै कारण योजनाबद्ध विकासका लक्ष्यहरू तथा अन्य राष्ट्रहरूप्रतिको हाम्रो सहयोग र ऐक्यबद्धताबाट हामी पछि हट्नुपरेको छैन ।
बढ्दो उत्पादकत्व र कार्यक्षमतामा भएको प्रगतिमा बाधा हाल्ने कठोर कर्मचारीतन्त्र, स्रोतसाधनमाथिको अपुग नियन्त्रण, हानिकारक भ्रष्टाचार र अन्य अवैध क्रियाकलापका स्रोत र पृष्ठभूमिसँग जोडिएका नकारात्मक असरहरू जीवित छन् । काम वा नवीनताको निम्ति यथेष्ट उत्प्रेरणा प्रदान नगर्ने हाम्रो आर्थिक मोडलले निरन्तर संरचनात्मक समस्याहरू तेस्र्याउँदै छ ।
यो दृश्यलाई पछि नफर्किने गरी रूपान्तरण गर्न हाम्रो आर्थिक–सामाजिक मोडललाई अद्यावधि गर्ने प्रक्रिया अझ बहुपक्षीय हुनैपर्छ । यसले केन्द्रीकृत योजना निर्माण र विकेन्द्रीकरणको उचित तालमेललाई मलजल गर्नुपर्छ । साथमा उद्योग व्यवस्था र स्थानीय निकायहरूको तल्लो र मध्यम तहमा आवश्यक स्वायत्तता प्रदान गर्नुपर्छ ।
गैर–सरकारी शैलीको व्यवस्थापनको दायरा अझ लचिलो र संस्थागत पार्दै जाँदा देश विकासको निम्ति निर्णायक पाटाहरूमा अर्थतन्त्रको राजकीय क्षेत्रहरूको उत्पादकत्व र दक्षता बढाउन कमसल काम र झारा टराइ हटाएर बहुपक्षीय दृष्टिबाट लगानी प्रक्रियालाई सुदृढ गर्न आवश्यक छ ।
हालसालै, स्वरोजगारका गतिविधिहरू उल्लेख्यरूपमा बढेका छन् । यी अनुमति प्राप्त गतिविधिको सङ्ख्या १२७ बाट बढेर २,००० पुगेको छ । देश विदेशको जनमतले उत्साहपूर्वक स्वागत गरेको यो निर्णय अपेक्षा गरेअनुसार केही दिनपछि प्रश्नको घेरमा प¥यो र यस देशमा पुँजीवादको पुनःस्थापना र जनताको स्वामित्वमा रहेका उत्पादनका मुख्यमुख्य साधनहरूको व्यापक निजीकरणको सपना देख्नेहरूले यस निर्णयलाई अपुग भनी व्याख्या गरे ।
यो महत्वपूर्ण निर्णयको कार्यान्वयन भएको थिएन, केही पेशाहरूको निजी अभ्यास गर्नुपर्ने माग आयो । केही पेशामा भने अनुमति दिइएन । केही मानिसमा धेरै कमाउने आत्ममोह, लोभ र उत्कण्ठा देखियो । निजीकरण प्रक्रिया सुरु गर्ने आकाङ्क्षाले ६ दशक लगाएर निर्माण गरिएको समाजवादी समाजको जग र सार नै नष्ट गर्नेछ । यो बाटो पछ्याउँदै जाँदा सबै क्युवालीहरूका निम्ति निःशुल्क र सर्वसुलभ राष्ट्रिय शिक्षा र सार्वजनिक स्वास्थ्य प्रणाली पनि एकैबाजि भताभुङ्ग हुनेछ ।
अन्य केहीले विदेशी व्यापारमा राज्यको एकाधिकार कायम गर्ने समाजवादी सिद्धान्त हटाउने आसले निजी व्यापारिक सामग्री आयात गर्ने अनुमति मागेका छन् । यसले विदेशी व्यापारमा गैर–सरकारी प्रणाली स्थापना गर्ने सोच छ ।
यी प्रश्नहरू अलमल्याउने विषय नै होइनन्, खासगरी नेतृत्वमा बसेका कार्यकर्ता र पार्टी सदस्यहरूका लागि यी क्षुद्र कुरा हुन् । हामी सीमा नाघ्न सक्दैनौँ किनभने परिणाम पछाडि फर्किन नसकिने खालका हुनेछन् र तिनले रणनीतिक बिरामतिर लग्नेछन् । त्यो भनेको समाजवादको विध्वंसतिर लग्नेछ र क्रमशः हाम्रो राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनता ध्वस्त हुनेछ ।
यस विषयमा बोल्दै गर्दा क्युवाली क्रान्तिका सेनानायक फिडेलका शब्दहरू मनमा आउँछन् । यङ कम्युनिस्ट लीगको छैटौँ सम्मेलनको समापन समारोहमा बोल्दै ४ अप्रिल, सन् १९९२ मा उहाँले भन्नुभएको थियो, “बिनाअठोट, बिनानिर्णय, बिनासुसङ्गत दृढता क्रान्ति कहिल्यै विजयी हुने थिएन किनभने जसले छुट दिन्छ, जसले हात झिक्छ, जो नरम बन्छ, जसले धोका दिन्छ, त्यो कहीँकतै पुग्दैन ।” (ताली)
आधारभूत उत्पादनका साधनमाथिको समस्त जनताको स्वामित्व नै कामदारहरूको वास्तविक सत्ताको जग हो भन्ने कुरा कहिल्यै बिर्सन सकिन्न ।
राजकीय उद्योग व्यवस्थाले अर्थतन्त्रको क्षेत्रमा प्रभावशाली व्यवस्थापनको शैलीको रूपमा व्यवहारतः साबित गर्न र आफ्नो स्थान सबल तुल्याउन अनेक चुनौती झेल्दै छ । यस्तो व्यवस्थापन परमादेश जारी गरेर हासिल गर्न सकिन्न, यो समाजवादी समाजको दिगोपनाको निम्ति अनिवार्य सर्त हो । त्यसैले जमिरहने प्रवृत्ति, ज्यूहजुरी, पहलकदमीको अभाव र आरामले माथिको आदेश पर्खिनेजस्ता रवैयाहरूलाई नामेट पार्ने गरी उद्योग व्यवस्थाको संरचनालाई माथिदेखि तल र तलदेखि माथिसम्म झक्झक्याउन अत्यावश्यक छ । पुराना खराब बानी व्यहोरा फेर्नुपर्छ र हाम्रा कम्पनी एवम् संस्थानहरूको व्यवस्थापनमा उद्यमशील र जुझारु अभ्यासहरूको विकास गर्नुपर्छ । उच्च दक्षतासहित उन्नत उत्पादनको खोजमा अझ स्वायत्त भएर हाम्रा संस्थानहरूले काम गर्नेछन् ।
यी सबै कुरा भन्न सजिलो छ, परिवर्तनलाई अझ ठोस र साकार पार्न गाह्रो छ, तर असम्भव छैन । बढ्दो घरेलु उत्पादनमा प्रगति गर्न, आयात गर्ने हानिकारक बानी हटाउन तथा अझ विविधिकृत र प्रतिस्पर्धात्मक निर्यातका निम्ति मानसिकतामा वास्तविक हेरफेर ल्याउनु आवश्यक छ ।
मनोकाङ्क्षाहरू नत्यागीकन खाँचो पूर्तिको उच्चतम सन्तुष्टिका निम्ति काम गर्दै हामी आफूसँग जे छ त्यसमा अभ्यस्त हुनैपर्छ र आफूले आम्दानी गर्नसक्ने भन्दा बढ्ता खर्च नगर्ने बन्नैपर्छ । अन्यथा, हामीले पहिले गरेको गल्ती गर्नेछौँ र त्यो गल्ती दोहो¥याउनु हुँदैन । हामीले बिर्सनुहुँदैन, बचत नै आम्दानी गर्ने सबैभन्दा छिटो र भरपर्दो तरिका हो ।
सन् २०१८ सम्म बिस्तारै फस्टाइरहेको अन्तर्राष्ट्रिय पर्यटन क्षेत्र अमेरिकी सरकारको नीतिले गर्दा सन् २०१९ मा ओरालो लाग्यो । कोभिड–१९ महामारीको विकराल प्रभावमाथि अझ समस्या थपियो ।
यति हुँदाहुँदै पनि हाम्रा अधिकांश सरसुविधाहरू बन्द भएको मौकामा पर्यटन क्षेत्र खुला हुँदाका बखत अझै उच्च सेवा दिन सकियोस् भनेर हामीले होटल पूर्वाधारहरूको मर्मतसम्भार र सुधार गरेका छौँ । हामी आशावादी र ढुक्क छौँ, यो क्षेत्र पुनः सुचारुमात्र हुनेछैन, बरु हाम्रा जनताको भलाइमा यो फस्टाउँदै जानेछ ।
समाजवादी विकासको आर्थिक र सामाजिक मोडलका लागि हामीसँग सकेसम्म शान्तिपूर्वक बजार नियमन गर्ने क्षमता हुनुपर्छ । यसको लागि प्रशासनको प्रयोग कम गर्दै लग्नुपर्छ र अप्रत्यक्ष तरिकाहरू अपनाउनुपर्छ । भौतिक र वित्तीय स्रोतसाधनको दक्ष र सुसङ्गत प्रयोगका आधारमा जनताको अतृप्त मागलाई राष्ट्रिय उत्पादनको उत्प्रेरक बनाउनु अत्यावश्यक छ । (ताली)
यी लक्ष्यहरू अर्थतन्त्र उकास्न र कोभिड–१९ को विश्व सङ्कटसँग जुध्न आर्थिक–सामाजिक रणनीतिले तय गरेको थियो । यिनलाई पार्टी र सरकारको उच्च नेतृत्वले अनुमोदन गरेको छ ।
जोड दिनुपर्ने कुरा के छ भने, आर्थिक निर्णयहरू कुनै पनि हालतमा न्याय र समानतासम्बन्धी क्रान्तिका आदर्शहरूसँग बाझिनु हुँदैन । यिनले पार्टीको वरिपरि गोलबन्द र जनताको एकता फितलो पार्नु हुँदैन । बहुसङ्ख्यक जनतालाई हानि गर्ने करकापपूर्ण नीतिलाई कहिल्यै अनुमति दिइनेछैन, कसैलाई पनि सुरक्षाविहीन छोडिनेछैन, पार्टीले सदैव यी सिद्धान्तको रक्षा गर्नेछ ।
क्रमश ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *