ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
नेपालगञ्ज, ३० जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले मित्र देश चीनबाट प्राप्त (ल् ढछ) मास्क आइतबार बाँके जिल्ला नेपालगञ्जस्थित भेरी अस्पतालका छाला रोग विशेषज्ञ डा. बद्री चापागाइँमार्पmत सो अस्पताललाई ३,८४० थान र कोहलपुर नगरपालिका अस्पताललाई प्रमुख प्रकाशजङ्ग हमालमार्पmत ९६० थान हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरणको क्रममा सचिव सुवालले चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाको १०० वर्षको अवसरमा जेठ १२ गते नेपालका ६ वटा राजनीतिक पार्टीसँग अनलाइन बैठक गरी कोभिडविरूद्धको लडाइँमा सहकार्य गर्ने प्रतिबद्धताअनुसार जेठ १९ गते नेमकिपालाई १ लाख थान मास्क र ८ थान हाइड्रोजन अक्सिजन मेसिन उपलब्ध भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको अध्यक्षतामा भएको पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट ‘विकास र शान्तिको निम्ति चीनको संस्था’ (ऋजष्लब ँयगलमबतष्यल ायच एभबअभ बलम म्भखयिउझभलत) बाट प्राप्त स्वास्थ्य सामग्री कोभिड–१९ को महामारीमा अग्रपङ्क्तिमा रहेर काम गर्ने विभिन्न जिल्लाका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई हस्तान्तरण गरेको सचिव सुवालले बताउनुभयो ।
भेरी अस्पताल नेपालगञ्जका छालारोग विशेषज्ञ डा. बद्री चापागार्इँले कोभिड १९ क्रमशः नियन्त्रणमा आए पनि यसको तेस्रो लहरको सम्भावना रहेको अवस्थामा नेपाल मजदुर किसान पार्टीले आफूलाई प्राप्त स्वास्थ्य सामग्री अन्य राजनीतिक दललाई समेत अनुकरणीय हुने गरी देशभरिका अस्पताललाई हस्तान्तरण गरेकोमा धन्यवाद दिनुभयो । उहाँले कोभिडको ‘हटस्पट’ मानिएको नेपालगञ्जको सो अस्पतालमा अहिले पनि ८०–९० जना कोभिडका बिरामी रहेको जानकारी दिनुभयो ।
कोहलपुर नगरपालिकाबाट सञ्चालित अस्पतालका प्रमुख प्रकाशजङ्ग हमालले नेपाल मजदुर किसान पार्टीले राजधानीबाट सुदूर पश्चिममा रहेका स्वास्थ्य संस्थाहरूलाई पनि मास्क हस्तान्तरण गरेकोमा आभार व्यक्त गर्नुभयो र आगामी दिनमा पनि स्वास्थ्य कार्यकर्ताहरूलाई यसरी नै हौसला बढाइरहने आशा राख्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी बाँकेका अध्यक्ष बखत थापाले नेपाल मजदुर किसान पार्टीले निःस्वार्थरूपमा जनताको सेवा गर्दै आएको बताउँदै जनताकै सेवामा अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई पार्टीले प्राथमिकता दिएको बताउनुभयो । उक्त हस्तान्तरण कार्यक्रममा पार्टी जिल्ला समिति बाँकेका गौरीकान्त आचार्य, अन्जिरबहादुर शाही, डिल्लीबहादुर पुनलगायतका कार्यकर्ताहरूको उपस्थिति थियो ।
Leave a Reply