ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
चीनको स्वशासित क्षेत्र तिब्बतको दक्षिणपूर्वी भागमा अवस्थित शान्नान सहर प्रिफेक्टुरल तहको नगर हो । भक्तपुरलाई नेपालभाषामा ख्वप भनेजस्तै तिब्बती भाषामा यो सहरलाई ल्होका भनिन्छ । ल्होकाको शाब्दिक अर्थ ‘पहाडभन्दा दक्षिण’ हो ।
मल्लकालीन सभ्यताको आदिस्थल भक्तपुर भएजस्तै ल्होका क्षेत्रलाई तिब्बती सभ्यताको आदिथलो मानिन्छ । यो नगरको उत्तरमा ल्हासा, पूर्वमा निङ्ची, पश्चिममा सिगात्से र दक्षिणमा भारत एवम् भुटानको अन्तर्राष्ट्रिय सिमाना पर्छ । भक्तपुरमा धेरै पुराना मल्लकालीन मन्दिरहरू रहेजस्तै शान्नानमा पहिलो दरबार र बौद्ध गुम्बा छ । तिब्बतकै पहिलो कृषि भूमि पनि यही नगरमा पर्दछ । भक्तपुरमा कुल जनसङ्ख्याको ९८ प्रतिशत नेवार आदिवासीको बसोबास भए जस्तै शान्नानमा ९८ प्रतिशत तिब्बती आदिवासीहरूको बसोबास छ । बाँकी २ प्रतिशत भने हान, हुई, मोन्पा, ल्होबालगायतका जातिहरूको बसोबास छ ।
शान्नानको क्षेत्रफल ७९ हजार ७ सय वर्ग किलोमिटर छ । भक्तपुर नगरको क्षेत्रफल ११९ वर्गकिलोमिटर छ ।
भारतमा ब्रह्मपुत्र नदी नामले प्रसिद्ध नदी शान्नान भएर बग्छ । ब्रह्मपुत्र नदीलाई त्यहाँ युर्लुङ नदी भनिन्छ । बङ्गलादेशलाई त्यसैलाई जमुना नदी भनिन्छ ।
इतिहास र संस्कृतिमा समृद्धि शान्नान प्राकृतिक स्रोतमा निकै धनी नगर हो । यामद्रोक युम्त्सो ताल, पवित्र ताल आदि तालहरू यो सहरका विशेषता हुन् । शान्नानको गर्मी याम छोटो र जाडो याम लामो, सुख्खा र हावा चल्ने याम हो । दिन र रातबीच तापक्रममा त्यहाँ निकै अन्तर हुन्छ ।
कृषि, सेवा, उद्योग र पर्यटन नै यो सहरको अर्थतन्त्रका प्रधान आधार हुन् । सन् १९५० मा मुक्त हुनुअघि त्यहाँ ९० प्रतिशत जनता निरक्षर थिए । अहिले त्यहाँ ६५.४ प्रतिशत मानिस साक्षर छन् । अधिकांश गाउँमा रात्री विद्यालय, साक्षरता कक्षा, प्राविधिक तालिम कक्षाहरू सञ्चालनमा छन् । साथै सरकारले नै शिशुशाला, प्राथमिक विद्यालयदेखि आधारभूत, माध्यमिक शिक्षक विद्यालय र व्यवसायिक विद्यालय सञ्चालनमा छन् । शान्नान सरकारले जनस्वास्थ्यलाई उच्च प्राथमिकता दिंदै आएको छ ।
Leave a Reply