भर्खरै :

मिनिमार्टमा अनुगमन

भक्तपुर, ३० जेठ । भक्तपुर नगरपालिका अनुगमन समितिले नगरका विभिन्न मिनिमार्टमा आइतबार अनुगमन ग¥यो । अनुगमनको क्रममा पटक–पटक चेतावनी दिँदा पनि दर्ता नगरेको मिनिमार्टलाई कारबाही गरिएको अनुगमन समितिले जनाएको छ ।
अनुगमनको क्रममा फेला परेका विभिन्न म्याद नाघेका अखाद्य सामग्री जफत गरी नष्ट गरिएको छ भने नियमविपरीत सञ्चालित मिनिमार्टलाई नगरपालिकामा हाजिर हुन अनुगमन टोलीले निर्देशन दिएको छ ।
अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीमा भनपा अनुगमन समितिका पदाधिकारी, भनपालगायत महानगरीय प्रहरी परिसर, उद्योग वाणिज्य सङ्घ, घरेलु तथा साना उद्योग सङ्घ, राष्ट्रिय उपभोक्ता मञ्च कार्यालयका प्रतिनिधिहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *