भर्खरै :

एसईईको नतिजा साउन दोस्रो साता  असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन

काठमाडौँ, ३१ जेठ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्कन सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्कनका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।
विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने भएको छ । असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसईईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारीलगायतको काम बोर्डले गर्ने भएको छ । कुनै अवरोध नभए बोर्डले एसईईको नतिजा आगामी साउन १५ भित्र पूरा सार्वजनिक गर्नसक्ने र भदौदेखि कक्षा ११ को पढाइ सुरु गर्नसक्ने गर्ने गरी बोर्डले नतिजा प्रकाशनको तयारी गरेको जनाएको छ ।
बोर्डले विद्यार्थीको आन्तरिक मूल्याङ्न गर्न मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाउँदै विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जना सम्मिलित पाँच सदस्यीय समिति बनाएर उनीहरूले गरेको हस्ताक्षरसहितको अन्तिम मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने भएको छ ।
गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको हो । विद्यार्थीको अत्यधिक मूल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान बोर्डले रकैलाली, ३१ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सोमबार सुदूपश्चिम जिल्लाका अस्पतालहरूमा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । सोमबार कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, लम्कीचुहास्थित नगर अस्पताल, टीकापुरस्थित टीकापुर अस्पताल, बर्दिया जिल्लाको बर्दिया अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
छिमेकी मित्र राष्ट्र चीनको ‘विकास तथा शान्तिको निम्ति चीनको संस्था’ बाट नेपाल मजदुर किसान पार्टीलाई प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य क्षेत्रका अग्रपङ्क्तिमा रही काम गरिरहनुभएका स्वास्थ्यकर्मीहरूलाई उपलब्ध गराउने पार्टीको निर्णयअनुसार विभिन्न जिल्लाका सरकारी र सामुदायिक अस्पतालमा हस्तान्तरण गरिएको सचिव सुवालले बताउनुभयो ।
हस्तान्तरणको क्रममा उहाँले संसारभरि ५६० वटा राजनीतिक दलसँग चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्ध रहेको उल्लेख गर्दै नेपालका राजनीतिक दललाई पनि कोभिड–१९ महामारीसँग लड्न स्वास्थ्य सामग्री उपलब्ध गराएको सराहनीय भएको बताउनुभयो ।
स्वास्थ्य सामग्री बुझ्दै सेती प्रादेशिक अस्पताल धनगढीका मेडिकल सुपरिटेन्डेन्ट डा.हेमराज पाण्डेले तीन तहको सरकारको समन्वयको अभावको कारण स्वास्थ्य क्षेत्र तहसनहस भएको बताउँदै सरकारले जनताको स्वास्थ्य, शिक्षा निःशुल्क गरी जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।
लम्कीचुहा नगर अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष जयन्द्र जैसीले गत वर्षको कोभिड–१९ को समयमा अस्पताल उद्घाटन भएको जानकारी दिंदै अस्पतालको थप विकासको निम्ति सबै क्षेत्रको सहयोगको निम्ति आग्रह गर्नुभयो ।
टीकापुर अस्पतालका मेडिकल अधिकृत डा. रमेश उपाध्यायले स्वास्थ्यकर्मीहरूको हतियार भनेकै मास्क भएको उल्लेख गर्दै सक्दो सहायताको निम्ति आभार व्यक्त गर्नुभयो ।
बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुवास पाण्डेले स्वास्थ्य संस्थामा कार्यरत करारका कर्मचारीलाई सरकारले उचित व्यवस्थापन नगर्दा स्वास्थ्यकर्मीहरूको मनोबल खस्केको बताउँदै नेमकिपाबाट प्राप्त सहयोगको लागि आभार व्यक्त गर्नुभयो ।
हस्तान्तरण कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाही, नेमकिपा कैलालीका अध्यक्ष रमेश रावल, लक्ष्मी पोखरेलगायतको सहभागिता थियो ।
ाखेको छ । त्यसमा सहमत हुन नसकिएको अवस्थामा उक्त मूल्याङ्कनलाई फिर्ता गर्नसक्ने प्रावधान परीक्षासम्बन्धी कार्यविधिमा राखिएको बोर्डले जनाएको छ । रासस
..

Leave a Reply

Your email address will not be published. Required fields are marked *