भर्खरै :

चीनद्वारा नेटोको ‘प्रणालीगत चुनौती’ को दाबी अस्वीकार

ब्रसेल्स, १ असार (एएनआई) । चीनले सोमबार नेटोद्वारा जारी विज्ञप्तिमा पेइचिङले ‘प्रणालीगत चुनौतीहरू’ प्रस्तुत गर्दै आएको भन्ने दाबीको खण्डन गरेको छ ।
नेटोको भनाइप्रति असहमति जनाउँदै चीनले नेटामा ‘शीतयुद्धकालीन मानसिकता र समूह राजनीतिको निरन्तरता’ रहेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।
युरोपेली युनियन (ईयू) का लागि चिनियाँ नियोगका प्रवक्ताले एक विज्ञप्तिमार्फत भन्नुभयो, “चीन प्रतिरक्षा नीतिप्रति प्रतिबद्ध छ जुन ‘प्राकृतिक प्रतिरक्षा हो’ र चीनको रक्षा र सैनिक आधुनिकीकरणको कार्य ‘न्यायसङ्गत, उचित, खुला र पारदर्शी’ रहेको छ ।”
सन् २०१९ पछि उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को पहिलो बैठकमा चीन छलफलको केन्द्रबिन्दु थियो । सोमबार जारी विज्ञप्तिमा नेटो नेताहरूले चीनको ‘अडान’बारे चासो व्यक्त गर्दै ‘पेइचिङको जबरजस्त नीति’ प्रति चिन्ता व्यक्त गरेका साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ ।
युरोपेली र उत्तर अमेरिकी ३० देशहरूको नेटो गठबन्धनले चीनले ‘प्रणालीगत चुनौती’ पेश गरेको र पेइचिङले सिर्जना गरेको प्रभावको प्रतिरोध गर्ने प्रतिबद्धता जनाएका छन् ।
शिखर सम्मेलनको समापनपछि पत्रकार सम्मेलनमा नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले भन्नुभयो, “चीनले धेरै हतियारहरू र अत्याधुनिक परिष्कृत, प्रक्षेपण प्रणालीको साथ आफ्नो परमाणु शस्त्रागार दु्रतरूपमा विस्तार गरिरहेको छ साथै रूससँगको सैन्य सहकार्य बढाएको छ” भन्ने पुष्टि भएको छ ।
“नेटो नेताहरूले चीनसँग उसको अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई समर्थन गर्न, अन्तरिक्ष प्रणाली, साइबर र सामुद्रिक क्षेत्रलगायतका अन्तर्राष्ट्रिय प्रणालीमा जिम्मेवार भई कार्य गर्नका लागि प्रमुख शक्तिको रूपमा आफ्नो भूमिका निर्वाह गर्न आह्वान गरेका छन्,” स्टोल्टनबर्गले भन्नुभयो ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार ७९ बुँदे कथनमा तीन अनुच्छेद र १० लाई चीनप्रति समर्पित गरिएको छ ।
नेटोका महासचिव स्टोल्टनबर्गको टिप्पणीप्रति प्रतिक्रिया व्यक्त गर्दै चीनले कुनै पनि बेला र कुनै पनि परिस्थितिमा आणविक हतियारहरूको प्रयोग नगरेको पहिलो सिद्धान्तको पालना गर्दछ र गैरआणविक हतियार नभएका राष्ट्रहरूलाई आणविक हतियार मुक्त क्षेत्र घोषणा गर्दै उनीहरूविरूद्ध आणविक हतियारको प्रयोग गर्ने वा धम्की नदिने बताएको छ ।
“म यो प्रश्न सोध्न चाहन्छु कि ‘शान्ति, सुरक्षा र स्थायित्व’ को लागि प्रयास गरिरहेका नेटो र त्यसका सदस्य राष्ट्रहरूले पनि के चीन जत्तिकै प्रतिबद्धता व्यक्त गर्न सक्छन् भनी नियोगका प्रवक्ताले प्रतिप्रश्न गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *