आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
कोरोना सङ्क्रमणको मृत्युदर घट्दै गएपछि जिल्लाका अस्पतालका शøया खाली हुन थालेका छन् । अस्पतालमा अक्सिजन अभाव घटेर उपचारमा सहज हुन थालेको छ । सङ्क्रमितको निको हुने दर पनि ह्वात्तै बढेको छ । पीसीआर परीक्षणका लागि आउनेको सङ्ख्या पनि घटेको छ ।
कोभिड–१९ को दोस्रो लहरको महामारीले उग्र रुप लिँदा भक्तपुर अस्पतालमा एकैदिन कोभिडका ८३ जनासम्म बिरामी राखेर उपचार गरिएको थियो भने आज यस अस्पतालमा २२ जना कोभिडका बिरामीको उपचार भइरहेको छ ।
भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ड डा. सुमित्रा गौतमले ६ शøया आइसीयू, ६ शøया भेन्टिलेटर र ४६ शøयाको एचडीयु तथा कोभिड आकस्मिक कक्षसहित एकै दिन ८३ जना कोभिडका बिरामी राखेर उपचार गरेको कहालीलाग्दो अवस्था पार गर्दै आएको बताउनुभयो ।
भक्तपुर अस्पतालमा कोभिडका कारण १३ महिला र १० पुरुष गरी २३ जनाको मृत्यु भएको छ । दैनिक ३०० जनासम्मको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरेकोमा अहिले घटेर दैनिक ७० जनाको हाराहारीमा स्वाब सङ्कलनका लागि आउने गरेको उहाँले बताउनुभयो । उहाँले कोभिडका बिरामी घटे पनि अस्पतालले विगतमा सञ्चालन गर्दै आएको ओपिडी र शल्यक्रियालगायतका अन्य सेवा अब नियमित हुन थालेको जानकारी दिनुभयो ।
कोभिडका बिरामीको उपचार गर्दै आएको मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा पनि कोरोना सङ्क्रमित घटेपछि शøया खाली हुन थालेका छन् । एकै पटक ५२ जनासम्म कोभिडका बिरामीको उपचार गरेको यो अस्पतालमा आज आठ जनाको मात्रै उपचार भइरहेको छ ।
अस्पतालका प्रशासन अधिकृत रुपेश श्रेष्ठले बिरामीको चाप घटेपछि आज तीन जना भेन्टिलेटरमा र पाँच जना एचडीयूमा उपचाररत रहेको बताउनुभयो । दैनिक पीसीआर परीक्षणका लागि ४०० सम्म आउन थालेपछि अस्पतालले टोकन बाँडेर दैनिक २०० जनासम्मको परीक्षण गरेकामा अहिले दैनिक ९० जनासम्म परीक्षणका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार अहिले जिल्लामा २९ पुरुष र २८ महिला गरी ५७ जनामात्र अस्पताल र आइसोलेसन केन्द्रमा उपचाररत रहेका छन् । कुल सङ्क्रमितमध्ये ३२५ पुरुष र ३५९ महिला गरी ६८४ जना होम आइसोलेसनमा रहेका छन् ।
प्रमुख मिजारले भक्तपुरमा ९५ प्रतिशत सङ्क्रमित निको भएर घर फर्किएको जनाउनुभयो । कुल २१ हजार २३४ जना सङ्क्रमितमध्ये ९५ दशमलव २० प्रतिशत अर्थात् २० हजार २१६ जना सङ्क्रमित निको भएर घर फर्किएका हुन् ।
सङ्क्रमित सङ्ख्या घटेसँगै भक्तपुरमा कोरोनाबाट मृत्युदर घटेको छ । जिल्लामा जेठ २५ गते यता एक जनाको मात्र कोरोना सङ्क्रमितका कारण मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
एकैदिन १४ जनासम्मको कोरोनाबाट मृत्यु भएको भक्तपुरमा गत जेठ २४ गते यता मृत्युदर घटेर शून्यमा झरेको छ । गत जेठ २८ मा सङ्क्रमित एक पुरुषको मृत्युपछि त्यसयता सङ्क्रमितको मृत्यु भएको छैन ।
जिल्लामा सबैभन्दा बढी मध्यपुरथिमि नगरपालिकामा ६३ पुरुष र २८ महिला गरी ९१ जना, भक्तपुर नगरपालिकामा ४४ पुरुष र ३० महिला गरी ७४ जना, सूर्यविनायक नगरपालिकामा ४७ पुरुष र २८ महिला गरी ७५ जना र चाँगुनारायण नगरपालिकामा २६ पुरुष र ११ महिला गरी ३७ जना सङ्क्रमितको मृत्यु भएको मिजारले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये होम आइसोलेसनमा ३२५ पुरुष र ३५९ महिला गरी ६८४ जना सङ्क्रमित रहेका छन् ।
खुसी लाग्यो