यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
संसारका देशभक्त, स्वाधीन र सार्वभौम देश र देशका सरकारहरूले विस्तारवाद, उपनिवेशवाद र साम्राज्यवादको विरोध गरिरहेका छन् । उनीहरूको हैकम, आक्रमण, दबाब र प्रभावको विरोध भइरहेको छ । संसारका स्वाधीन र सार्वभौम देशमा साम्राज्यवादी शासकहरूले हस्तक्षेप, नाकाबन्दी, आक्रमण गरिरहेकाले पनि विरोध बढेको हो । सारमा संसारका अधिकांश देशहरूले अमेरिका, बेलायत, स्पेन, भारतको विरोध गरिरहेका छन्, संसारका जनता उनीहरूको विरोधमा एकगठ हुँदै छन् , कम्युनिस्ट देश र सरकारहरूले त अमेरिकी साम्राज्यवादको मात्र होइन भारतीय विस्तारवादको पनि विरोध गरिरहेका छन् । नेपाल भारतबाट बढी प्रताडित र आक्रान्त छ । नेपाली भूमि मिच्ने, सीमा अतिक्रमण गर्ने, भारतीय सेना तैनाथ गर्ने देश भारत नै हो । नेपाली भूमि कालापानीमा अझै भारतीय सेना छ । लिम्पियाधुरासम्म एकतर्फीरूपमा सडक बनाउने, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल–भारत सीमामा बाँध तथा तटबन्ध बनाउने देश भारत नै हो । भारतकै कारण हरेक वर्षामा तराई डुवानमा पर्छ ।
भारतले नेपालको सीमा निर्धारण गर्ने काममा चासो राखेको छैन । साँध नछुटेको कारण भारतले नेपाली भूमि मिच्ने काम रोकेको छैन । खुला सीमाका कारण भारतीय नागरिकहरू नेपाल भित्रिरहेका छन्, व्यापार व्यवसाय गरिरहेका छन्, नेपालीसँग विवाह गरेर घरजम गरिरहेका छन् । कतिले यहाँ व्यापार–व्यवसाय गर्दागर्दै, नेपालमा बस्दाबस्दै नेपाली नागरिकता लिइसकेका छन्, कति जनप्रतिनिधि भइसके । सांसद हुँदै मन्त्री पनि बने । अब कुन दिन प्रम बन्ने हो ?
नेपालमा आफू अनुकूल संविधान बनाउन भारतले दबाब दिएकै हो । आफूले भनेअनुसार संविधान बनाइएन भनेर भारतले आर्थिक नाकाबन्दी गरेकै हो, पेट्रोलियम पदार्थ रोकेकै हो । आर्थिक नाकाबन्दीमा मधेसी दलहरूलाई उचालेर नेपाल र नेपाली जनतालाई आच्छुआच्छु पार्ने प्रयास गरेकै हो । सम्झौताअनुसार भारतले नेपालमा कोभिडविरूद्धको खोप उपलब्ध नगराएकै हो । असमान सन्धि–सम्झौता गर्न गराउन दबाब दिने, आफ्नो उठबसमा सरकार बनाउने या हरेक पल्टको सरकार गठन हुँदा, ढाल्दा भारतीय शासक वर्गको स्वार्थ रहेको हुन्छ, अदृश्य दबाब रहेकै हुन्छ । सत्तारूढ दल र दलको सरकार भारतको विरोध गर्दैन, भारतलाई खबरदारी गर्दैन । भारतले जे गरे पनि नेपाल सरकार टुलुटुलु हेरेर बस्छ ।
भारतले फिजी निल्यो, सिक्किम निल्यो । फिजी र सिक्किम निल्नुअघि उक्त देशमा भारतीय नागरिक पसे, भारतीय नागरिक फिजी र सिक्किमको नागरिक बने । त्यहाँ भारतीय नागरिकहरूको आधिपत्य जम्यो । अन्ततः फिजी र सिक्किम भारतले आफ्नो हातमा लियो । फिजी र सिक्किमझैँ भारतले नेपाललाई पनि निल्न, आफ्नो हैकम जमाउन एक एक पाइला गरेर तानाबाना बुन्दै छ । यसको पछिल्लो दृष्टान्त भारतीय (विदेशी) नागरिकले पनि जन्मको आधारमा नेपालमा वंसजको नागरिकता पाउने बन्दोबस्त भएको नागरिकता अध्यादेश हो । हो, त्यो नागरिकता अध्यादेशलाई अदालतले हाल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ र त्यसको नागरिकता वितरण रोकिएको छ । तर, अदालतले सो अध्यादेश कार्यान्वयन नगर्न आदेश दिनुभन्दा अघि कतिले नागरिकता लिन हजारौँको लाइन बसेको दृश्य सञ्चारमाध्यममा आएकै हो । सम्भवतः कतिले नागरिकता लिइसकेका होलान् । यदि कसैले त्यस्तो नागरिकता लिइसकेको छ भने त्यो पनि खारेज हुनुपर्छ ।
भारतले सम्झौताअनुसार अहिले पनि खोप उपलब्ध गराएको छैन । चीनले दुई चरण गरी १८ लाख डोज भेरोसेल उपलब्ध गराइसकेको छ । फेरि, केही महिनाभित्र ४० लाख डोज खोप प्रदान गर्ने निश्चित भइसकेको छ । भारतस्थित सेरम इन्स्टिच्युटबाट उत्पादित एस्ट्राजेनेकाको कोभिसिल्ड खोप उपलब्ध गराइएको छैन । भारतको सेरमले डिसेम्बरसम्म खोप उपलब्ध नहुने जवाफ दिएको सञ्चारमाध्यममा आएको छ । भारतको कोभिसिल्ड खोपको दोस्रो डोज करिब १३ लाख ज्येष्ठ नागरिकले लगाउन पाएका छैनन् । सम्झौताअनुसार समयमा खोप उपलब्ध नगराउनु सम्झौता उल्लङ्घन हो, त्यो मित्रघात हो, विश्वासघात हो । यसरी भारतले दिन्छु भनेको खोप पनि समयमा दिएन ।
भारतले नेपालको सीमा निर्धारण गर्ने काममा चासो राखेको छैन । साँध नछुटेको कारण भारतले नेपाली भूमि मिच्ने काम रोकेको छैन । खुला सीमाका कारण भारतीय नागरिकहरू नेपाल भित्रिरहेका छन्, व्यापार व्यवसाय गरिरहेका छन्, नेपालीसँग विवाह गरेर घरजम गरिरहेका छन् । कतिले यहाँ व्यापार–व्यवसाय गर्दागर्दै, नेपालमा बस्दाबस्दै नेपाली नागरिकता लिइसकेका छन्, कति जनप्रतिनिधि भइसके । सांसद हुँदै मन्त्री पनि बने । अब कुन दिन प्रम बन्ने हो ? भारतका यी सबै क्रियाकलापहरू नेपालमा प्रभाव जमाउनेमात्र होइन निल्ने सङ्केतहरू हुन् । हो, यस्तो काम तत्काल हुँदैन । तर, त्यसको निम्ति पूर्वाधार तयार भइरहेको हुन्छ । यसबारे सरकार, सत्तासीन दल र अन्य दलहरू सचेत हुनुपर्छ । गम्भीर हुनुपर्छ । अन्य दलले सरकार र सत्तासीन दललाई खबरदारी गर्नुपर्छ, विरोध गर्नुपर्छ । नेपाल र नेपालीलाई दूरगामी असर पार्ने कुनै पनि सम्झौता र सन्धिको विरोध गर्नुपर्छ । त्यस्ता सन्धि–सम्झौता भए त्यो खारेज गराउनुपर्छ र अन्य हुने सन्धि–सम्झौतामा पनि सतर्कता अपनाउनुपर्छ ।
भारतले नेपाललाई सीधा निल्ने कुरा गर्दैन । तर, त्यसको निम्ति भारतले बाटो कोरेको हुन्छ, पूर्वाधार तयार गरेको हुन्छ । यस्तो मामिलामा हामी चुक्यौँ भने त्यो पछिको निम्ति दुर्भाग्य बन्छ । समयमा बुद्धि पु¥याउन नसकेकै कारण कालापानीमा भारतीय सेना बसिरहेको हो । लामो समयदेखि बस्दै आएको कारण कालापानी आफ्नै भूमिजस्तो सम्झेको छ भारतले । तर, विदेशी सेना या व्यक्ति नेपालमा बस्दैमा त्यो विदेशीको हुँदैन । यसको आधारमा भारतले स्वविवेक भारतीय सेना फिर्ता लानुपर्ने हो, तर फिर्ता लगेको छैन । वास्तवमा यो भारतको हस्तक्षेप नै हो । यसरी नै नेपाली भूमि मिचेर, कब्जा गरेर भारतीय प्रहरी, सेनामात्र होइन भारतीय नागरिकहरू नेपाली भूमिमा बसिरहेका छन् । नेपाली भूमि मिच्ने, अतिक्रमण गर्ने भारत कसरी मित्र देश बन्छ, कसरी प्रजातान्त्रिक देश हुन्छ ? यसरी अरू देशमा एकपछि अर्को प्रभाव जमाउँदै देश निल्ने कार्य गरेको कारण भारतलाई विस्तारवादी देश भनिएको हो ।
भारत नेपालको सहयोगी देश हो । तर, विकास र आर्थिक सहयोगको लोभ देखाएर असमान सन्धि र सम्झौता गरेर नेपाललाई भारतनिर्भर बनाउने, नेपाली नदीनाला, उद्योगधन्दा, कलकारखाना र बजार हात पार्ने काम गरिरहेको छ । नेपाली उद्योग, कलकारखाना घाटा पार्ने भारतीय उद्योग सञ्चालन गर्ने, नेपाली उद्योग बन्द गरेर भारतबाट सामान आयात गर्ने काममा भारतको षड्यत्र भइरहेको छ । यसरी शिक्षा, उद्योगमा बिस्तारै भारतले हात राखिरहेको छ । यसले नेपाली पैसा विदेशिन्छ, राजस्व कम हुन्छ र नेपाल गरिबको गरिब हुन्छ, नेपाल परनिर्भर हुन्छ । अनि कसरी नेपाल समृद्ध र नेपाली सुखी हुन्छ ?
Leave a Reply