बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
कोरोना महामारी नियन्त्रण गर्ने उपायका रूपमा लागू गरिएको निषेधाज्ञाका कारण गरिब तथा निम्न आयका मानिसहरूको जनजीवन थप कष्टकर बन्यो । धेरै धेरै मानिस बेरोजगार भए । बेरोजगारी, आम्दानीविहिनताले गर्दा धेरैको परिवारमा दिनको दुई छाक पाक्न पनि बन्द भयो । कतिले यसलाई सार्वजनिक रूपमा व्यक्त गरे र राहत सहयोगका लागि हारगुहार गरे भने कतिले यसलाई लुकाएर जसोतसो दिनको एक छाक मात्र खाएर पनि बाँचिरहेका छन् । निषेधाज्ञाले गर्दा मोटरदेखि चुल्हो मर्मत गरेर गुजारा चलाउने मजदुरहरूले काम र आम्दानी गुमाए । लता कपडा बेचेर जीविका चलाइरहेकाहरू पनि आम्दानीविहिन बने । तरकारी र फलफूल बेच्नेलाई छुट छ तर सबैले तरकारी फलफूल बेचेर बिक्ने पनि भएन । निषेधाज्ञाकै कारण सार्वजनिक यातायात चलाउन पाइएको छैन । धेरै गाडी धनीले गाडीको किस्ता बुझाउन सकेका छैनन् भने चालक र सहचालकजस्ता मजदुरहरू तलब र खान्की पाइरहेका छैनन्, कतिपयले पाए पनि आधा र एक चौथाइमात्र पाएका छन् । यता उपभोक्ता भोकै छन् भने उता गाउँ गाउँमा फलेका तरकारी बजार नपाएर त्यतिक्कै कुहाउन किसान विवश छन् ।
कोरोना सङ्क्रमण बिस्तारै कम हुँदै गएको छ । मानिसहरूमा यस रोगबाट बच्न अपनाउनुपर्ने उपायबारे चेतना पनि बढ्दै गएको छ । त्यसैले निषेधाज्ञा हटाई कोरोना भाइरस सङ्क्रमण नहुने सुरक्षित व्यवहार अपनाउनमा जोड दिनुपर्छ । सरकारले छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोप ल्याएर बढीभन्दा बढीलाई सुरक्षित पार्नमा जोड दिनुपर्छ । हाम्रो जस्तो बहुसङ्ख्यक जनता गरिब र कामदार वर्गीय रहेको देशमा छ महिना लामो निषेधाज्ञा धान्न सम्भव नै हुँदैन । फेरि पनि अनावश्यक रूपमा भीड जम्मा नगर्ने, भीडमा नजाने, सुरक्षित प्रकारका मास्क प्रयोग गर्ने, समय समयमा साबुन पानीले हात धुने, बाहिरबाट घर पुग्नासाथ नुहाइधुवाइ गर्ने बानीले रोग सङ्क्रमण रोक्ने निश्चित छ ।
Leave a Reply