भर्खरै :

एन्फा टोली भक्तपुरमा

भक्तपुर, असार २० गते ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई अखिल नेपाल फुटबल संघ(एन्फा)का केन्द्रीय अध्यक्ष नरेन्द्र श्रेष्ठ नेतृत्वमा आएको प्रतिनिधिमण्डलले मंगलबार भेट ग¥यो ।
नगरपालिका कार्यकक्षमा भएको भेटमा नगर प्रमुख प्रजापतिले प्रत्येक वर्ष एउटा अन्तरनगर खेलकूद प्रतियोगिता गर्ने निर्वाचन घोषणापत्रमा उल्लेख भएको बताउँदै नगरपालिकाले फुटबल, भलिबल, कराँते, टेबुलटेनिसलगायतका खेलहरुमा प्रशिक्षण दिंदै आएको बताउनुभयो ।
भक्तपुरमा खेल मैदानको अभावमा नयाँ खेलाडीहरु उत्पादनमा समस्या भइरहेको बताउँदै भक्तपुर नगरपालिकाले खेललाई पनि प्राथमिकतामा राखेर बजेट तयार गरिरहेको जानकारी दिनुभयो ।
एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले भक्तपुरमा फुटबल ग्राउण्ड बनाउन नगरपालिकासँग सहकार्य गरी अघि बढ्न तयार भएको बताउनु भयो ।
भेटमा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाको उपस्थिति थियो भने फुटबल संघका तर्फबाट कार्यकारी अधिकृत इन्द्रमान तुलाधर र रेफ्री संयोजक संजिव मिश्रको उपस्थिति थियो ।
यसअघि भक्तपुर नगरपालिकाका वडाध्यक्षहरु र एन्फाका पदाधिकारीहरुले फुटबल मैदानको सम्भाव्यताबारे विभिन्न ठाउँको अवलोकन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *