नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
आइतबार सञ्चारमाध्यमहरूमा प्रसारण भएको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तुति हेरेर धेरै नेपाली युवाहरूले लज्जाबोध गरे । सामाजिक सञ्जालमा उनको प्रस्तुतिप्रति आक्रोश, व्यङ्ग्य र अफसोसका अभिव्यक्ति धेरै पोखिए । प्रधानमन्त्री जुन युवाको प्रश्नमा आक्रोशित भएका थिए, ती युवा सामाजिक सञ्जालमा एकाएक चर्चित बने ।
हुन त देउवाको अस्वाभाविक र अभद्र प्रस्तुति शैलीबारे चर्चा भएको यो पहिलो पटक होइन । सम्भवतः नेपाली हा“स्यव्यङ्ग्य कार्यक्रममा सबभन्दा बढी नक्कल गरिएका नेतामध्ये देउवा पनि एक हुन् ।
राजनीतिलाई उच्च बौद्धिक अभ्यासभन्दा पनि हल्ला, गुण्डागर्दी र शक्तिकेन्द्रको भक्तिमा सीमित गर्ने शासक दलहरूको सोच नै यो अवस्था आउनुको आधारभूत जड हो ।
प्रधानमन्त्री वास्तवमै गम्भीर पद हो । देशका हरेक घटनाक्रमप्रति जवाफदेही व्यक्तिको अभिव्यक्ति निकै शालिन र गहिरो हुनुपर्ने हो । धेरै युवाहरू आजका प्रधानमन्त्री र नेताहरूलाई आदर्श थपेर आफ्नो भविष्य र जीवन राजनीति र देशप्रति समर्पित गर्न तयार बन्ने गर्दछन् । तर जुन प्रकारले देउवा साझा सवालमा प्रस्तुत भए त्यसले कुनै पनि अर्थमा नयाँ पुस्तालाई उत्साहित गर्नसक्दैन ।
देउवाको अभिव्यक्ति वा प्रस्तुति कुनै प्रजातान्त्रिक सिद्धान्त अंगालेको पार्टीका नेताको जस्तो नभई कुनै सामन्त वा जमिनदारले आफ्ना हरूवालाई गरेको व्यवहारजस्तो थियो ।
प्रधानमन्त्री पदमा बसेका व्यक्तिमा अनिवार्य रूपमा हुनुपर्ने बौद्धिकता, वाक्पटुता र कूटनीतिक शैली, ती कुनै पनि देउवासँग नभएको आइतबारको साझा सवालले छताछुल्ल बनाएको छ । यसले नेपाली जनता र अझ काङ्ग्रेसजनलाई लज्जित बनाएको छ ।
नेता जनताप्रति जवाफदेही हुनुपर्दछ, कदाचित कुनै कुरा गोप्य राख्नुपर्ने अवस्था भए पनि कूटनीतिक तरिकाबाट जवाफ दिनु बुद्धिमानी हुने गर्दछ । तर देउवाको जवाफले नेताहरू कुरा लुकाउँछन् र झूट बोल्छन् भन्ने प्रभावलाई मलजल गरेको छ ।
आफ्नै क्षमताले भन्दा पनि कुनै शक्ति केन्द्रको स्वार्थको जगमा बनाइएका नेताबाट खासमा योभन्दा बढी अपेक्षा गर्नु पनि बेकार हो । बिना कुनै अध्ययन, विशेषज्ञता, विज्ञता नभई हल्ला र पैसाको भरमा नेता बनेका नेताहरूले आफ्नोमात्र होइन सारा नेपालीको पनि बेइज्जत गरेका छन् । प्रधानमन्त्रीका सल्लाहकार पदमा बसेर भत्ता खाने मानिसहरू यो विषयमा किन गम्भीर छैनन् ? कि सल्लाहकारको कुनै सल्लाह पनि मान्दैनन् देउवा ?
राजनीतिलाई उच्च बौद्धिक अभ्यासभन्दा पनि हल्ला, गुण्डागर्दी र शक्तिकेन्द्रको भक्तिमा सीमित गर्ने शासक दलहरूको सोच नै यो अवस्था आउनुको आधारभूत जड हो ।
Leave a Reply