भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
जुम्ला, २० असार । २०२६ साल असार १९ गते भक्तपुरमा किसानहरूले गरेको भ्रष्टाचारको विरुद्धमा गरेको घटनाको स्मरणमा भ्रष्टाचार दिवस मनाउने क्रममा नेमकिपा जुम्लाले विभिन्न गतिविधिका साथ कार्यक्रम ग¥यो ।
उक्त कार्यक्रममा नेमकिपा जुम्लाका जिल्ला अध्यक्ष शिवलाल डाँगीले पालैपालो सरकारमा जानेले सत्ताको दुरुपयोग गरी विकास कार्यमा भागवण्डा गर्ने, कार्यकर्तालाई भ्रष्टाचार गराउने र विकास योजनाहरूमा कमिसन खाने काम गरेको उजागर गर्नुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालले समाजवादी देशहरूमा भ्रष्टाचार नहुने, भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्ने भएकोले नेमकिपाले समाजवादी व्यवस्था स्थापना गर्न लागिपरेको बताउनुभयो ।
नेक्राकिसङ्घका जिल्ला अध्यक्ष विर्खबहादुर रावतले ठूला भनिने पार्टीहरूले चुनावमा आफ्ना कार्यकर्तालाई आफै किन्ने र गरिब किसानहरूलाई प्रलोभनमा पारी झूटा आश्वासन दिई मत बटुल्ने काम गर्नु पनि भ्रष्टाचार हो भन्नुभयो ।
नेक्रामसङ्घका जिल्ला सदस्य तारा धरलाले मत लिन महिलाहरूलाई ससानो प्रभावमा पारी ठूला दल भनिनेहरूले प्रचार गरेको बताउनुभयो ।
नेक्राविसङ्घ जुम्लाका सचिव राजन नेपालीले विद्यार्थीहरूलाई नराम्रो कार्यमा संलग्न गराई भ्रष्टाचार गराउने कार्य ठूला भनिने दलहरूबाटै भएको बताउनुभयो । कार्यक्रममा परिलाल विक र हस्तबहादुर कुँवरले पनि बोल्नुभएको थियो ।
Leave a Reply