अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
दक्षिण अमेरिकी राष्ट्र, एन्डिज पर्वतमालाको देश पेरूमा जूनमा सम्पन्न राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा पूर्वशिक्षक एवम् वामपन्थी नेता पेड्रो कास्टिल्लो निर्वाचित भएको समाचार विभिन्न समाचार संस्थाले प्रकाशित र प्रशारित गरेका थिए । पेरू लिबरे (स्वतन्त्र पेरू) पार्टीका उम्मेदवार कास्टिल्लोले कुल खसेको मतको ५०.१३७ प्रतिशत र प्रतिद्वन्द्वी उम्मेदवार फ्युर्जा पपुलर पार्टीकी केइको फुजीमोरीले ४९.८९३ प्रतिशत मत प्राप्त गरेको अन्तिम मत परिणाम पेरू राष्ट्रिय निर्वाचन कार्यालयले जनाएको थियो । मत गणनाको पुनः समीक्षा गर्दा पनि कास्टिल्लोले ४४ हजार ५८ मत बढी प्राप्त गरेको स्पष्ट भएको थियो । कास्टिल्लोलाई विश्वका विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुखदेखि न्यायप्रेमी जनताका विभिन्न सङ्गठनको तर्फबाट बधाई र शुभकामनाको ओइरो पनि लागिसकेको छ । पेरूमा मात्र होइन ल्याटिन अमेरिकाभरका आदिवासी, वामपन्थी, साम्राज्यवाद तथा नवउदारवादविरोधी जनताले कास्टिल्लोको विजयमा खुसीयाली मनाइरहेका छन् ।
त्यहीँ फ्युर्जा पपुलर (पपुलर फोर्स) पार्टीकी उम्मेदवार फुजीमोरी र त्यहाँका दक्षिणपन्थीहरूले भने निर्वाचनमा आफ्नो हारलाई स्वीकार गर्न सकेका छैनन् । मतान्तर झिनो बनेकै आधारमा प्राविधिकरूपमा कास्टिल्लोको मत घटाएर आफू विजयी घोषित हुने नियतले निर्वाचन परिणामलाई चुनौती दिन फुजीमोरीले कानुनी दिमागहरू भाडामा लिएकी छिन् । निर्वाचन परिणाम सार्वजनिक भएको केही घण्टाभित्रै फुजीमोरीको कानुनी टिमले निर्वाचनमा धाँधलीसम्बन्धी १३४ वटा मुद्दा दायर गर्यो र पछि थप ८११ वटा मुद्दा दायर गर्यो । त्यहाँको सर्वोच्च निर्वाचन अदालतले ती मुद्दाहरूको अध्ययन गरिरहेको छ । निर्वाचन अदालतका अध्यक्ष न्यायाधीश जर्ज लुइस सालास एरेनासले मुद्दाको गम्भीरतापूर्वक, कानुनबमोजिम, निष्पक्ष र पारदर्शीरूपमा छानबिन गरिरहेको र छिट्टै तिनको फैसला पनि दिने बताउँदै शान्ति र एकता कायम राख्न पेरूभियाली नागरिकहरूसँग आह्वान गरेका छन् ।
फुजीमोरीको कानुनी जालो
पेरूको विद्यमान कानुनअनुसार राजनीतिक पार्टी सञ्चालन गर्न र निर्वाचन प्रचारप्रसारका लागि विदेशी रकम प्रयोग गरेको अपराधमा जेलमा हुनुपर्ने केइको फुजीमोरीले कानुनी पण्डितहरू भाडामा लिएर आज देशलाई नै कानुनी बन्धक बनाइरहेको पेरूका अखबारहरूले लेखेका छन् । समाचारअनुसार फुजीमोरी गुटले त्यहाँका नाम चलेका इचेकोपार, गेर्सी, मिरान्डा एन्ड अमाडो, पायेट, रे, काउभी, पेरेज, रोड्रिगो, इलियास एन्ड मेड्रानो, रूबियो लेगुया नोर्मान्ड, रेबाजा, अल्सेसार एन्ड डे लास कासासजस्ता कानुन व्यवसायी कम्पनीहरूलाई भाडामा लिएको छ । तिनीहरूको भाडा (शुल्क) मात्र पनि अरबौँ पेरूभियाली सोल (करोडौँ अमेरिकी डलर बराबर) हुन आउँछ । राजधानी लिमामा मात्र ३० जनाभन्दा बढी वकिलको टिमले काम गरिरहेको छ । फुजीमोरी र दक्षिणपन्थीहरूले जातिवादी कानुनी लडाइँका लागि भाडाका वकिलहरूको फौज नै परिचालन गरिरहेका छन् । तिनीहरूको पूरा खेल नेता कास्टिल्लोको समर्थनको आधारका रूपमा रहेका दुर्गम पेरूका आदिवासी समुदायहरूको मतलाई अवैध ठहर गर्नु हो । फुजीमोरीको पार्टीले कास्टिल्लोले प्राप्त गरेकामध्ये २ लाख मत अवैध रहेको दाबी गरेको छ ।
निर्वाचन अदालतहरूले भने कुनै पनि मुद्दामा धाँधली भएको प्रमाण प्राप्त गरेका छैनन् । यसरी मत बदर गर्ने अपिल असफल भएमा केइको फुजीमोरी देश छाडेर भाग्ने विश्लेषण त्यहाँ गरिएको छ । फुजीमोरीलाई स्रोत नखुलेको सम्पत्ति र विदेशी सहयोग प्रयोग गरेको मुद्दामा ३० वर्षसम्म कैद सजाय हुने बताइएको छ । राष्ट्रपति निर्वाचित भएर कानुनी उन्मुक्ति पाउन निर्वाचन परिणामलाई प्राविधिकरूपमा उल्टयाउने कुचेष्टा गरिरहेको बताइन्छ ।
पेरूको राजनीतिका विश्लेषक तथा संसद्मा निर्वाचित बेतसी चाभेजले ट्वीट गरेकी छिन् – “केही हप्ताभित्रै श्रीमती फुजीमोरीले तिनले गरेको अपराधको पुरानो मुद्दामा पनि आफूलाई राजनीतिक फरक मतका कारणले फसाएको उल्लेख गर्दै विदेशमा राजनीतिक शरण मागेमा मलाई आश्चर्य हुने छैन ।”
कास्टिल्लोको विजय किन अपाच्य ?
पेरूको निर्वाचनमा पेड्रो कास्टिल्लोको विजय हिजोको जस्तै सामान्यतया शासनमा व्यक्तिको परिवर्तन मात्र नभई बरु शासनकै परिवर्तन हुने अनुमान गरिएको छ । कास्टिल्लो पेरूको उत्तरी एन्डिज पर्वतीय क्षेत्र काजमार्काको चोटा प्रान्तका एक आदिवासी किसानका छोरा हुन् । उनी शिक्षक हुँदै पेरूको सबैभन्दा ठूलो र सङ्गठित पेशागत सङ्गठन शिक्षक सङ्घको नेतृत्वमा राजनीतिमा आएका हुन् । कास्टिल्लोले नेतृत्व गरेको पेरू शिक्षक सङ्घमा ३ लाखदेखि ४ लाख शिक्षक आबद्ध रहेको मानिन्छ । देशका शासकहरूलाई आग्रह गर्नुको सट्टा यसपटक आफै कामदार वर्गका जनताको प्रतिनिधित्व गर्दै कास्टिल्लो ग्रामीण क्षेत्रका गरिब समुदायको हितमा काम गर्नका लागि उम्मेदवारी दिई निर्वाचन अभियानमा होमिए । कास्टिल्लोले अन्य उम्मेदवारका विपरीत नवउदारवादविरोधी नीति तथा कार्यक्रम अगाडि ल्याए । बजारमाथि राज्यको नियन्त्रण, राजकीय योजना, रणनीतिक क्षेत्रहरूको राष्ट्रियकरण, प्रगतिशील कर योजनासहित कर सङ्कलनमा सुधारको योजना, बहुराष्ट्रिय कम्पनीहरूसित कानुनी करारका लागि पुनः सम्झौता र नाफाको वितरणमा राज्यको नियन्त्रण उनको प्रस्तावित नीति थियो ।

त्यस्तै विदेश नीतिको मोर्चामा उनले साम्राज्यवादविरोधी विचारलाई समर्थन गरेका थिए । उनले आफ्नो एक सय दिने निर्वाचन प्रचारको क्रममा पेरूको राजनीतिमा हस्तक्षेप गरिरहेको र दान तथा कल्याणको नाममा अमेरिकी गुप्तचरी सञ्जाल चलाइरहेको संरा अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था (ग्क्ब्क्ष्म्) लाई देशबाट निकाल्ने घोषणा गरेका थिए । साथै, पेरूमा रहेका अमेरिकी सैनिक आधारहरू हटाउने, पूर्ववर्ती दक्षिणपन्थी राष्ट्रपतिहरूले फसाएको पेरूलाई लिमा समूहबाट निकाल्ने र पेरूको अर्थतन्त्रलाई स्वाधीन बनाउने प्रतिबद्धता जनाएका थिए । यसकारण, पनि पेरूको २०२१ को निर्वाचन ऐतिहासिक महत्वको थियो र त्यसमा कास्टिल्लोको विजय त्यहाँका दक्षिणपन्थी र नवउदारवादीहरूलाई पाच्य भइरहेको छैन ।
संरा अमेरिकाको छटपटी
अमेरिकी महादेशका कुनै पनि देशमा कोही वामपन्थी त के कुनै देशभक्तसम्म पनि शासनमा आएको संरा अमेरिकी शासकहरू चाहँदैनन् । उनीहरू सिङ्गो ल्याटिन अमेरिकालाई आफ्नो करेसाबारी, निःशुल्क स्रोत साधनको भण्डार र एकलौटी बजार ठान्छन् । अमेरिकी सुन व्यापारीहरूको सुनको मुख्य स्रोतमध्ये एक पेरूको सत्तामा राष्ट्रवादी र वामपन्थीहरू सत्तामा नआऊन् भनी संरा अमेरिकाले निरन्तर चलखेल गरिरहेको छ । पेरूको अस्थिर राजनीतिमा आफ्नो अनुकूल व्यक्तिहरूलाई सत्तामा ल्याउन असफल भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल नसक्दै भारतीय मूलका अमेरिकी कूटनीतिज्ञ कृष्णराज अय्यरलाई राजदूतबाट फिर्ता बोलाएर डेनिसन ओफुटलाई कार्यकारी राजदूतको जिम्मेवारी दिएका थिए । ओफुटले पेरूका दक्षिणपन्थी र पुँजीवादी पार्टीहरूलाई एक ठाउँमा ल्याउन ठूलो मेहनत गरेको बताइन्छ । अमेरिकी दबाबकै कारण पेरूका दक्षिणपन्थी र पुँजीवादी पार्टीहरूले अल्वर्टो फुजीमोरीकी छोरी केइको फुजीमोरीलाई समर्थन दिन बाध्य भएका थिए । यति गर्दा पनि निर्वाचनमा वामपन्थी उम्मेदवारको अग्रता देखिएपछि संरा अमेरिकाले कामचलाउ राजदूतसमेतलाई फिर्ता बोलाई एक पूर्व गुप्तचर अधिकारीलाई राजदूत बनाएर पठाएको छ ।
संरा अमेरिकाले पेरूका लागि नयाँ राजदूतमा लिसा केन्नालाई पठाएको छ । केन्ना संरा अमेरिकी पूर्व विदेशमन्त्री एवम् अमेरिकी केन्द्रीय गुप्तचर विभाग-सीआईएका पूर्व प्रमुख माइक पोम्पेओका सल्लाहकार थिइन् । केन्नाले नौ वर्षसम्म सीआईएको वरिष्ठ सल्लाहकारका रूपमा तथा इराकमा अमेरिकी विदेश मन्त्रालयको विशेष अधिकारीको रूपमा समेत भूमिका निर्वाह गरेकी थिइन् । पेरूको निर्वाचनको केही दिन अगाडि मात्र केन्नाले ट्वीटरमा बेप्रसङ्गमै आफ्नो भिडियो फुटेज अपलोड गरी संरा अमेरिका र पेरूको सम्बन्ध ऐतिहासिक र घनिष्ठ रहेको तथा पेरूमा एक राष्ट्रपतिबाट अर्को राष्ट्रपतिमा सत्ता हस्तान्तरण शान्तिपूणर् हुनुपर्ने अर्थपूणर् अभिव्यक्ति दिएकी थिइन् ।
लिमामा केन्नाको उपस्थिति, फुजीमोरीको वकिलको टिमको व्यापक विस्तार तथा त्यहाँका दक्षिणपन्थीहरूको सक्रियतालाई जोडेर हेर्न थालिएको छ र छिमेकी बोलिभियाको एक वर्ष अगाडिको स्थिति त्यहाँ पनि दोहोरिने आशङ्का गर्न थालिएको छ । केइको फुजीमोरीको टिमका मुख्य सदस्यमध्ये एक दक्षिणपन्थी नेता फर्नान्डो रोस्पिग्लिओसीको अमेरिकी राजदूतावासमा बाक्लिएको आवतजावतलाई अर्थपूणर् रूपमा हेरिएको छ । रोस्पिग्लिओसी पूर्वराष्ट्रपति अलेज्यान्ड्रो तोलेडोको सरकारमा आन्तरिक मामिलामन्त्री थिए र अल्वर्टो फुजीमोरीका आलोचक थिए । सन् २०११ मा राष्ट्रवादी उम्मेदवार मानिएका पूर्वसैनिक कणर्ेल ओलान्टा हुमाला राष्ट्रपतिमा निर्वाचित हुन लाग्दा पनि रोस्पिग्लिओसी सत्ताविप्लवको असफल खेलमा लागेका थिए ।
पूर्वसैनिक अधिकारीहरूद्वारा कू (सत्ता विप्लव) को आह्वान
पेरूको सेनाका पूर्वपदाधिकारीहरूले त्यहाँका अन्तरिम राष्ट्रपति फ्रान्सिस्को सागास्तीलाई एक पत्र लेखेर जून ६ को निर्वाचनमा पेड्रो कास्टिल्लो निर्वाचित भएको निर्वाचन परिणाम मान्यता नदिन आह्वान गरेका छन् । पेरूको सेनाका पूर्वपदाधिकारीहरूको त्यो आह्वानलाई अन्तरिम राष्ट्रपति सागास्तीले भने ॅअस्वीकार्य’ र ॅअनैतिक’ भन्दै निन्दा गरेका छन् । सागास्तीकै वक्तव्यलाई समर्थन गर्दै पेरूका वर्तमान प्रधानमन्त्री भायोलेटा बर्मुडेज र रक्षामन्त्री नुरिया इस्पार्कले पनि सेनाका पूर्वपदाधिकारीहरूको कदमको कडारूपमा अस्वीकार गर्दै त्यसलाई पेरूभियाली संविधानलाई असफल पार्ने कुचेष्टा भनेका छन् ।
अन्तरिम सरकारको सहमति नभएपनि संरा अमेरिकी सैनिक प्रतिष्ठानहरूबाट प्रशिक्षित सेनाका केही पूर्वपदाधिकारी र सम्भवत सेवामा रहेका केही सैनिक अधिकारी ॅकू’ (सत्ता विप्लव) को षड्यन्त्रमा लागेको अनुमान गरिएको छ । पूर्वउपनिवेशिक र दक्षिणपन्थी कुलिन परिवारका ती अधिकारीहरूले वामपन्थी विचारका आदिवासी नेता कास्टिल्लोको सत्तारोहण अस्वीकार्य भएको बताएका छन् । ती अवकाशप्राप्त अधिकारीहरूले ॅप्रणालीगत निर्वाचन धाँधली’ भएको भन्दै कूमा उत्रन स्थल, जल र हवाई सेनाको संयुक्त कमान्डलाई पनि पत्र लेखेका बताइएको छ । सेनाका पूर्वपदाधिकारीहरूको पछाडि पेरूका अति दक्षिणपन्थीहरू र संरा अमेरिका रहेको बताइएको छ ।
रक्षामन्त्री इस्पार्कले भने यस क्षणमा कूको अर्थ देशमा र त्यस क्षेत्रमै अस्थिरता निम्त्याउनु हुने भन्दै पेरूभियाली सेना संविधानप्रति ऐक्यबद्ध रहेको र सैनिक बलहरूमा फुट ल्याउन सक्ने ती पूर्व अधिकारीहरूको सोच गलत रहेको बताए ।
कास्टिल्लोको समर्थनमा व्यापक जनप्रदर्शन
राष्ट्रपति निर्वाचनको परिणाम र पेरूको प्रजातन्त्रको रक्षाको माग गर्दै राजधानी लिमालगायत देशभर स्वयम्स्फूर्त जनप्रदर्शन भइरहेका छन् । राष्ट्रपति निर्वाचित कास्टिल्लोको समर्थनमा भइरहेका जनप्रदर्शनहरूमा दसौँ हजार पेरूभियाली जनता सामेल छन् । जनप्रदर्शनमा भाग लिन दुर्गम पेरूका आदिवासी जनता आ-आफ्नो मौलिक भेषभूषामा लिमालगायत सहरमा ओर्लेका छन् । प्रदर्शनकारी जनताले सडक प्रदर्शन आफूहरूको इच्छा नभई बाध्यता रहेको र निर्वाचन परिणाम चोरी हुने डरले आफूहरू सडकमा ओर्लेको बताएका छन् । फुजीमोरीको निर्वाचन धाँधलीको आरोप वास्तवमा धाँधली गर्न नसकेको तडप र हारको छट्पटी मात्र रहेको उनीहरूको कथन छ । दक्षिणपन्थीहरूको हतियारबद्ध जत्थाहरू जनप्रदर्शनमाथि हमला गर्न परिचालित देखिएकोले पेरूको सडकहरूमा रक्तपातको आशङ्का गरिएको छ ।
राष्ट्रपतिमा निर्वाचित पेड्रो कास्टिल्लोले भने सबैसित शान्ति कायम राख्न र प्रजातान्त्रिक प्रक्रियाको परिणामलाई स्वीकार गर्न आग्रह गरिरहेका छन् । कास्टिल्लोेले निर्वाचनमा व्यक्त जनमतको अवहेलना गरिएमा त्यसले देश राजनीतिक अस्थिरतातर्फ धकेलिने खतरा रहेको पनि औँल्याएका छन् ।
सबैजसो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय निर्वाचन पर्यवेक्षकहरूले एकाध ठाउँमा स-साना विवाद सिर्जना भएकोबाहेक निर्वाचन शान्तिपूणर् र नियमित ढङ्गले नै सम्पन्न भएको जनाएका थिए । त्यहाँको राष्ट्रिय निर्वाचन बोर्ड र अन्तरिम सरकारले पनि चुनावमा धाँधली भएको आरोप असत्य भनी खण्डन गरिसकेका छन् ।
पेरू लिब्रे पार्टीले निर्वाचनमा अनियमितता र धाँधली गरेको पपुलर फोर्स पार्टीको आरोपलाई खण्डन गर्दै निर्वाचन बोर्ड र निर्वाचन अदालतलाई विद्यमान कानुनको सम्मान गर्न र निर्वाचन परिणाम अविलम्ब घोषणा गर्न माग गरेको छ । पेरू लिब्रे पार्टीका कानुनी सल्लाहकार अनिबल तोर्रेसले निर्वाचनमा धाँधली वा अवैध मतको खारेजीका लागि उम्मेदवारले अनुरोध गर्ने समयसीमा निर्वाचन अदालतले ४८ घण्टा थप गर्नु नै कानुनविपरीत भएको बताए । कानुनतः निर्वाचनको २४ घण्टाभित्र त्यस्तो उजुरी पर्नुपर्छ । समयसीमा बढाउने कदम नै पेरूको संविधान र निर्वाचन ऐननियमहरूको उल्लङ्घन एवम् कानुनी झमेला सिर्जनाका लागि मौका प्रदान गर्नु रहेको तोर्रेसले बताए ।
पेरूको घटनाक्रमले कुनै पनि देशमा शासक वर्गले सहजै सत्ता नछोड्ने, जनताविरुद्ध रक्तपातमा उत्रन पछि नपर्ने तथा आफू हारेपछि प्रजातान्त्रिक प्रक्रिया र निर्वाचन परिणामलाई पनि अस्वीकार गर्ने सत्यलाई उदाङ्गो पारेको छ ।
पेड्राे कास्टिल्लाेकाे पक्षमा बिश्वका सचेत कामदार जनता छन् ।