भर्खरै :

भक्तपुर नपाको नीति तथा कार्यक्रम पारित

भक्तपुर, ९ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको दसौँ नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आ.व. २०७८÷७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित ग¥यो ।
सभामा नगर प्रमुख प्रजापतिले जनप्रतिनिधिहरूले जनपक्षीय कार्य गरेमा जनताले साथ दिने उल्लेख गर्दै काम गर्दा भएका कमी कमजोरीहरूलाई सच्याइ ५ वर्षे कार्यकालको अन्तिम वर्षलाई अझ जिम्मेवारीपूर्वक बहन गर्नुपर्ने बताउनुभयो ।
नीति तथा कार्यक्रममाथि छलफलमा उठेका जिज्ञासामाथि प्रस्ट पार्दै नगर प्रमुख प्रजापतिले सभाबाट आएका सुझावहरू सकारात्मक रहेको र धेरैजसो सुझावहरू वडा बजेट, समितिगत बजेटमा समेटिने तथा केही ठूला योजनाहरू आ.व. २०७८÷७९ को बजेटमा समेटिने स्पष्ट पार्नुभयो ।
उहाँले सरकार कमजोर भएको अवस्थामा देशमा अराजकता र अस्थिरता बढ्ने सम्भावना भएको बताउनुभयो ।
नीति तथा कार्यक्रममाथि छलफलमा सभासद्हरू पूर्णगोपाल राजचलले पराम्परागत धानको बीउको सट्टा प्रयोगमा रहेको चाइनिज धानको गुणस्तर परीक्षण गर्नुपर्ने, हरिरत्न गोर्खालीले भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणा गर्नुपर्ने र जितेन्द्र मुनंकर्मीले ख्वप अस्पताललाई जनताको अस्पतालको रूपमा विकास गरिनुपर्ने सुझाव दिनुभयो ।
सभासद् रन्जना त्वातीले नगरको विभिन्न स्थानमा खानेपानीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो भने हेरा ख्याजुले भनपामा भेटेरिनरी र कृषि शाखा स्थापना गर्नुपर्ने सुझाव दिनुभयो ।
सभासद् शिवप्रसाद बालाले ख्वप अस्पतालमा अपरेसन थ्रेटरको व्यवस्था गरिनुपर्ने र श्यामसुन्दर मातांले नगरकोट सडकअन्तर्गत हाकुफोहीटीको पश्चिममा सडक बत्ती नबलेको हुँदा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
सभासद् सिद्धिराम अवालले एक विद्यालय एक सांस्कृतिक केन्द्र सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्ने राय व्यक्त गर्नुभयो । राजेन्द्र माकले व्यवसायिक कृषकहरू पहिचान गरी कृषिमा सहुलियत दरमा ऋण वितरण गर्नुपर्ने र बलराम न्हिसुतुले भनपाद्वारा सञ्चालित खेलकुद प्रशिक्षणलाई कायम गर्दै नयाँ नयाँ खेलकुदको प्रशिक्षण दिनुपर्ने आप्mनो धारणा राख्नुभयो ।
सभासद् सूर्यप्रसाद श्रेष्ठले ईशानेश्वर मन्दिर पुनःनिर्माणको लागि बजेट व्यवस्था गर्नुपर्ने, इन्द्रबहादुर प्याथले सरकारलाई ख्वप विश्वविद्यालय स्थापनाको लागि दबाब दिनुपर्ने र नगरभित्र सुलभ पसलको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो भने गोविन्द दुवालले नगरपालिकाले कृषि विज्ञहरू तयार गर्नुपर्नेलगायतका सुझाव राख्नुभयो ।
नगरसभाको अर्को बैठक असार १० गते दिनको २ः३० बजे बस्नेछ । सो बैठकमा भक्तपुर नगरपालिकाको आ.व. २०७८÷७९ को बजेट प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *