भर्खरै :

समाजवादी देश क्युवामाथि साम्राज्यवादी नाकाबन्दीको विरोधमा गोष्ठी

काठमाडौँ, ९ असार । नेपाल मजदुर किसान पार्टीको आयोजनामा ‘संरा अमेरिकी नाकाबन्दी र कोभिडविरुद्ध क्युवाको सङ्घर्ष’ विषयक विचार गोष्ठी बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टी र क्युवाली कम्युनिस्ट पार्टीको मित्रता आगामी दिनमा थप घनिष्ठ हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “कोभिड महामारीविरुद्ध लड्न पुँजीवाद असफल भएको छ । तर, क्युवा, चीन र प्रजग कोरियालगायत समाजवादी देश सफल भएका छन् । क्युवाले कोभिड–१९ विरुद्ध लड्न संसारका धेरै देशलाई चिकित्सक र स्वास्थ्य सामग्री पठाएर सहयोग गरेको छ । अमेरिकी साम्राज्यवादले यसलाई ‘सेतो पोशाकको कूटनीति’ भनी दुष्प्रचार ग¥यो ।”
उहाँले अगाडि भन्नुभयो, “क्युवाली क्रान्तिका नेता साम्राज्यवादविरोधी सङ्घर्षका योद्धा एवम् विश्व कम्युनिस्ट आन्दोलनका एक जाज्वल्यमान तारा फिडेल क्यास्ट्रोको निर्देशनमा स्थापना भएको क्युवाली औषधि उद्योग र थेरापीका नयाँ प्रविधिबाट कोभिड–१९ महामारी रोकथाम गर्न सम्भव भयो ।”
सचिव सुवालले भन्नुभयो, “सन् १९६२ देखि अमेरिकी सरकारले समाजवादी देश क्युवाविरुद्ध आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दी लगाउँदै आएको छ । हाम्रो पार्टीका अध्यक्ष नारायणमान बिुजक्छेंले यो नाकाबन्दी अविलम्ब हटाउन तथा संरा अमेरिकाको यो मानवताविरोधी अपराध अन्त्य गर्न धेरै दबुहरूमा आवाज उठाउनुभएको छ ।”
उहाँले भन्नुभयो, “क्युवाली कम्युनिस्ट पार्टी, सरकार र खोप अनुसन्धान एवम् आविष्कारमा संलग्न वैज्ञानिक टोलीलाई नेपाल मजदुर किसान पार्टी र नेपाली जनताको तर्फबाट बधाई एवम् धन्यवाद व्यक्त गर्न चाहन्छौँ । संसारका न्यायप्रेमी जनताले क्युवाको खोप प्राप्त गर्ने र कोभिड –१९ को महामारीलाई पराजित गर्नेमा हामी विश्वस्त छौँ ।

फर्नान्डो गोन्जालेज


उहाँले भन्नुभयो, “ गएको अप्रिल १६, २०२१ मा सम्पन्न क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा प्रस्तुत क्युवाली नेता राउल क्यास्ट्रोको प्रतिवेदनमा राजनीतिक व्युरोले गठन गरेका तीन आयोगमध्ये पहिलो आयोगले कोभिड–१० ले ल्याएको विश्व आर्थिक सङ्कटसँग सामान गर्ने र अर्थतन्त्रलाई उकास्ने रणनीति कार्यान्वयन गर्ने उल्लेख छ ।”
गोष्ठीमा अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्धका लागि क्युवाली प्रतिष्ठानका अध्यक्ष फर्नान्डो गोन्जालेजले नाकाबन्दी अन्त्यका निम्ति विश्वले जनाएको ऐक्यबद्धताप्रति आभार व्यक्त गर्नुभयो ।

लिमा मार्टिनेज


उक्त संस्थाकी एसिया–प्रशान्तकी प्रमुख लिमा मार्टिनेजले नाकाबन्दी पनि भाइरसभन्दा खतरनाक भएको बताउँदै त्यसको अन्त्य अनिवार्य हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगर, राजेन्द्र चवाल, सुवेगमान बिजुक्छेंलगायतले बोल्नुभएको थियो ।

अनुराधा थापामगर


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *