जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
पेइचिङ, ९ असार । झन्डै २ वर्षपछि चीनको राजधानी पेइचिङमा रहेको श्वेत चैत्य सर्वसाधारणको लागि खुला गरिएको छ । नेपाली कालिगढ अरनिकोले बनाएको चैत्य जीर्णोद्धारका क्रममा सन् २०१९ नोभेम्बरदेखि बन्द रहेको श्वेत चैत्य सन् २०२१ को जून दोस्रो सातादेखि खोलिएको हो । श्वेत चैत्य मन्दिर व्यवस्थापन कार्यालयले चिनियाँ सामाजिक सञ्जाल ‘वोइपो’ को आफ्नो आधिकारिक अकाउन्टबाट जारी गरेको सूचनाअनुसार मर्मत कार्य पूरा भएपछि प्यागोडा घुमघाम गर्न सर्वसाधारणसमक्ष खुला गरिएको छ ।
श्वेत चैत्यको जीर्णोद्धार गरिएको यो पाँचौँ पटक हो । सन् १९४९ मा नयाँ चीन स्थापनापछि चीनले श्वेत चैत्यलाई उच्च महत्व दिएका कारण ऐतिहासिक सांस्कृतिक क्रान्तिका क्रममा पनि यो भत्किनबाट जोगिएको थियो । त्यसयता हालसम्ममा पाँच पटक जीर्णोद्धार भइसकेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । यसपटकको मर्मतमा मुख्यतया चार मुख्य हलहरूको छत उठाउँदै छाना चुहावट तथा बीचका बाटोमा विकृत भएका बीम फ्रेमहरू सुधारिएको छ । एक चिनियाँ स्थानीयले भने, ‘म श्वेत चैत्य नजिकै काम गर्छु, प्रत्येक पटक प्यागोडालाई टाढैबाट मात्र देख्न सक्थेँ । मन्दिर खुलेपछि देखेँ कि, रातो पर्खाल र सेतो टावरहरू कति सुन्दर रहेछन् ।’
Leave a Reply