भर्खरै :

कोभिड–१९ खोपको असन्तुलित वितरण विश्वको लागि एउटा प्रकोप

जून २१ मा अमेरिकी ह्वाइट हाउसले ५ करोड ५० लाख डोजको कोभिड–१९ खोप विश्वमा वितरण गर्ने योजना सार्वजनिक गरेको छ । यसअघि अमेरिकी सरकारले जून महिनाको अन्तिमसम्म विश्वलाई ८ करोड डोज खोपको प्रदान गर्ने वचन–बद्धता गरेको थियो । त्यसपछि ह्वाइट हाउसले फेरि भन्यो, जूनको आरम्भमा घोषणा गरिएको २ करोड ५० लाख खोप ढुवानीमा छ, बाँकी ५ करोड ५० लाख खोप जूनको अन्तिममा विदेशतिर पठाउन सकिँदैन । ह्वाइट हाउसका प्रवक्ताका अनुसार स्थगित हुनुको कारण रसद समर्थनमा राखिएकोले खोपको आपूर्ति पर्याप्त रहेको छ । तर, अमेरिकाले विश्व खोप वितरण आपूर्ति गर्नेतर्फ सदिच्छा देखाएको छैन ।
अमेरिकी खोपको ढिलाइले मुलुकलाई निराश बनाएको छ । अमेरिकाको अर्को व्यवहारले विश्वमाथि उपहास गरेको छ । हालै अमेरिकाले ट्रिनिटाड र टोब्याकोलाई ८० बोतल खोप प्रदान गरेको छ । यो मुलुकमा १४ लाख जनसङ्ख्या रहेकोले ८० बोतलको खोपबाट लगभग २०० जनाले मात्रै खोप लगाउन पुग्छ । विभिन्न मुलुकका नेटिजनले गरे, “अमेरिका कत्ति पनि उदार होइन । अमेरिका लोभी रहेछ । अमेरिकाले धेरै बोल्ने तर थोरै काम गर्ने वास्तविकता हो”
सबैलाई थाहा छ, खोप नै कोरोना भाइरस महामारीलाई पराजित गर्ने एक महत्र्वपूर्ण विषय हो । जतिसक्दो धेरै मानिसले खोप लगाएमा भाइरस विश्वभरि फैलिनबाट जोगाउन सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनअन्तर्गत अफ्रिका क्षेत्रका प्रमुख माट्शिडिसो रेबेका मोइटीले भने, “अफ्रिकामा महामारीको तेस्रो लहर फैलिँदै छ । धेरै अफ्रिकी सर्वसाधारणको जीवन खतरामा छ । अफ्रिकामा पहिलो डोज खोपको दर करीब २ प्रतिशत छ । तर, अमेरिका र बेलायतले धेरै खोप कब्जा गरिरहेका छन् । तथ्याङ्कअनुसार, अमेरिकी सरकारले नियन्त्रणमा लिएको खोपले ७५ करोड जनताले लगाउन पुग्छ । हाल अमेरिकी वयस्कको सङ्ख्या करीब २६ करोड छ । धेरै अमेरिकी सञ्चार–माध्यमहरूले जनाएअनुसार, अमेरिकी केही क्षेत्रहरूमा खोप खेर जाने अवस्था छ । एकापट्टि केही मुलुकहरू ‘खोपको मरुभूमि’मा परेकोले पर्खिँरहेका छन् । अर्कोपट्टि अमेरिकाले १० करोड डोज खोप भण्डार गरिछाडेको छ । अमेरिकी भक्स समाचार नेटवर्कले ठूलो भण्डारणमा रहेको खोप विश्वलाई नबाँड्नु नैतिकताका हिसाबले अनुचित भएको जनाएको छ ।
चीनले आफ्नो ठूलो मागको अवस्थामा पनि हालसम्म अन्तर्राष्ट्रिय समाजलाई ३५ करोड डोज खोप लगाइसकेको, ८० वटा विकासोन्मुख मुलुकलाई खोप सहायता दिएको र ४० वटा मुलुकतर्फ खोप निर्यात गरेको छ । चीनले ६० वटा विकासोन्मुख मुलुकको तर्फबाट संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद्को ४७ औँ सम्मेलनमा साझा प्रवचन गर्दै विश्वको कोरोना भाइरस खोपको निष्पक्ष वितरण गर्न आह्वान गरेको छ । चीनले मानव समुदायको अवधारणालाई व्यवहारमा उतार्दै विकासोन्मुख मुलुकलाई खोप उपलब्ध गराउँदै र उनीहरूलाई महामारी पराजित गर्न मद्दत दिँदै आएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका महाप्रबन्धक टेड्रोस अधानोम घेब्रेयेसुसले सबै खोपको ४४ प्रतिशत धनी मुलुकमा प्रयोग भइरहेको बताउँदै अति गरिब मुलुकमा ०.४ प्रतिशतमात्रै प्रयोग गरिएको बताउनुभयो । अमेरिकाको खोप खेर जाने र म्याद गुज्रिने अवस्थामा छ । अमेरिकाले मद्दत चाहने मुलुकलाई सहयोग गर्ने विचार राखेको छैन । अमेरिकाले सदिच्छा लिएर प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्छ ।
सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *