जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
पेइचिङ, २३ जून (सिन्ह्वा) । चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ ।
यी खोपहरूलाई चीनभित्र सर्तसहित बजारमा बिक्री गर्न अनुमति प्राप्त भइसकेको छ ।
चीनले विदेशमा खोप बिक्री गर्न अनुमति दिइएका कम्पनीहरूमा पेइचिङ इन्स्टिच्युट अफ बायोलजिकल प्रडक्ट्स, सिनोभाक लाइफ साइन्सेज कम्पनी, क्यानसिनो बायोलजिक्स कम्पनी र उहान इन्स्टिच्युट अफ बायोलजिकल प्रडक्ट्स कम्पनी रहेका छन् ।
चीनको वाणिज्य मन्त्रालयका अनुसार पेइचिङ इन्स्टिच्युट अफ बायोलजिकल प्रडक्ट्स र सिनोभ्याकका दुई किसिमका खोपहरूले विश्व स्वास्थ्य सङ्गठनबाट यसअघि नै आपत्कालीन प्रयोगका लागि अनुमति प्राप्त गरिसकेका छन् । यी खोपहरू चीनको ठूलो जनसमूहलाई प्रदान गरिएको छ भने विश्वका १०० भन्दा बढी मुलुकले स्वीकृत गरिसकेका छन्, वाणिज्य मन्त्रालयका वरिष्ठ अधिकारी लि झिङक्वीनले बताउनुभयो ।
उहाँले सबै मुलुकलाई खासगरी विकासशील मुलुकहरूलाई सस्तो मूल्यमा गुणस्तरीय खोप उपलब्ध गराउने चीन सरकारको नीतिलाई खोप उत्पादक कम्पनीहरूले पनि ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।
चियियाँ अधिकारीहरूले कोभाक्ससँगको साझेदारीलाई अझ सुदृढ गर्न चीनले निरन्तर मद्दत गर्ने पनि बताएका छन् ।
चीनको वाणिज्य मन्त्रालयले चीनबाट खोप खरिद गर्नका लागि विदेशी मुलुकलाई सहयोग गर्न चीन तत्पर रहेको जनाएको छ ।
Leave a Reply