भर्खरै :

अपराजयी क्युवा

संयुक्त राष्ट्र सङ्घको महासभामा बुधबार समाजवादी क्युवामाथि नाकाबन्दीको विषयमा भएको मतदानमा फेरि एकपल्ट क्युवाली जनज्ञत्रद्दबताको ऐतिहासिक जीत भएको छ । कुल १८९ मतमध्ये १८४ मत क्युवामाथि थोपरिएका अमानवीय नाकाबन्दी अविलम्ब हटाउनुपर्ने पक्षमा परेको छ । तर, विपक्षमा भने सधैँ झैँ जम्मा दुई वटा साम्राज्यवादी देश–संरा अमेरिका र इजरायलमात्र उभिएका छन् । तीन मत भने अनुपस्थित थियो ।
क्युवाको यो जीत संसारभरका साम्राज्यवादविरोधी जनताको जीत हो । ६० वर्षभन्दा लामो समयदेखि क्यारिबियाको सानो टापु देश क्युवामाथि संरा अमेरिका नेतृत्वको साम्राज्यवादी नाकाबन्दी थोपरिएको छ । संयुक्त राष्ट्र सङ्घीय महासभामा क्युवामाथिको नाकाबन्दीबारे हुने मतदानमा क्युवाको सधैं जीत हुँदै आएको छ । साम्राज्यवादी संरा अमेरिकाले भने लगातार लज्जास्पद हार भोग्दै आएको छ । तथापि, क्युवाली जनता अझै अमानवीय नाकाबन्दी सामना गर्न बाध्य छन् । नाकाबन्दीको कारण क्युवाली जनताको आर्थिक प्रगतिमा दखल पुग्दै आएको छ । नाकाबन्दीकै कारण क्युवाली जनता आधारभूत मानवअधिकारबाट वञ्चित हुनुपरेको छ । कोभिड–१९ को महामारीबीच नाकाबन्दीकै कारण क्युवाली जनतालाई आवश्यक स्वास्थ्य सामग्रीको समस्या झेल्नुप¥यो । तर, मानवअधिकारको ‘ठेक्का लिएको’ संरा अमेरिकी सरकारले क्युवामाथि नाकाबन्दीको भार थोपरिरहेको छ ।
संरा अमेरिकाका अनुदार राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवामाथि दुई सत्न्दा बढी थप नाकाबन्दी थोपरेर क्युवाली समाजवादमाथि अर्को प्रहार गर्ने प्रयास गरे । क्युवाको अर्थतन्त्रलाई ध्वस्त बनाएर महामारीको समस्यामा क्युवाली सरकार र जनतालाई सकसमा पार्ने अमेरिकी सरकारको योजना भने क्युवाली समाजवादले पराजित गरेको छ । क्युवाले हालसम्म कोभिड–१९ का आफ्नै पाँच थरी खोप बनाइसकेको छ । नाकाबन्दीको कारण दसकौंदेखि पिरोलिएको क्युवाका जनता आज आफ्नै देशमा बनेको खोप लगाइरहेका छन् । यो संसारका पुँजीवादी देशहरूको लागि एउटा ठुलो प्रहार हो ।
संरा अमेरिकी साम्राज्यवादले क्युवाली समाजवादविरूद्ध उठाएका हरेक प्रयास विफल हुँदै आएको छ । क्युवाली समाजवादी क्रान्ति र क्रान्तिकारी नेतृत्वलाई समाप्त गर्ने उसका सबै प्रयासलाई क्युवाली जनताले साहसका साथ प्रतिरोध गरेका छन् । संरा अमेरिकी साम्राज्यवादको मानिस मार्ने हतियारको प्रतिरोध क्युवाले मानिसको जीवन रक्षा गर्ने भावनाबाट गर्दै आएको छ । समाजवाद रक्षाको लागि ‘समाजवाद वा मृत्यु’ को भावनाका साथ लडिरहेको क्युवाली जनताले संसारलाई समाजवाद कस्तो हुन्छ भन्ने कुरा घामजत्तिकै छर्लङ्ग बनाएको छ ।
नाकैमूनिको क्युवाली समाजवादले अमेरिकी शासकहरूलाई जतिसुकै पिरोले पनि समाजवादको अपराजयता क्युवामा पुष्टि भइसकेको छ । क्युवालाई हेर्ने दृष्टिकोणमा हिजोको ट्रम्प सरकार र अहिलेको बाइडेन सरकारबीच कुनै अन्तर देखिएन । फरक हुँदो हो त क्युवामाथिको नाकाबन्दी तत्काल हटाउने थियो । महासभामा भएको मतदानमा क्युवामाथिको नाकाबन्दी हटाउने पक्षमा मतदान गर्ने थियो । बरू बाइडेनले आफ्नो नरम कायाबाट क्युवामाथि अझ बढी कहर थप्ने कार्ययोजना बुन्दै गरेको देखिन्छ । तर, जस्तोसुकै प्रतिकूलताबीच क्युवाली जनताको साम्राज्यवादी भावनाले साम्राज्यवादको मैनका स्तम्भलाई पक्कै पगाल्नेछ र समाजवादको जीत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *