भर्खरै :

पश्चिममा डेल्टा र डेल्टा प्लस

दक्षिण एसियामा कोभिड–१९ को दोस्रो लहर केही मत्थर भएसँगै भाइरसको उत्परिवर्तितरूपमा संरा अमेरिका, अस्ट्रेलियालगायतका देशहरूमा फेरि टाउको उठाउन थालेको छ । अस्टे«लियाको सिड्नी सहरमा दुई साताको निम्ति लकडाउन घोषणा गरिएको छ । संरा अमेरिकामा पनि डेल्टा र डेल्टा प्लस भेरियन्ट भाइरसबाट सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । युरोपेली देशहरूमा पनि यसको प्रभाव देखिन थालेको छ । कोभिड–१९ भाइरसको सङ्क्रमणको कारण लामो समयदेखि आंशिक वा पूर्ण बन्दमा रहेका युरोपेली र अमेरिकी सहरहरूमा जनजीवन केही सामान्यतिर फर्किंदै गर्दा फेरि नयाँ भेरियन्टको सङ्क्रमणले जनतालाई चिन्तित बनाएको छ । वैज्ञानिक र चिकित्सकहरू यी नयाँ भेरियन्टहरू अझ बढी सङ्क्रामक भएको बताइरहेका छन् । यसबाट हुनसक्ने क्षतिबाट जनतालाई जोगाउन ती देशहरूले तत्कालै आवश्यक कदम चाल्नुको विकल्प छैन ।
विज्ञ र चिकित्सकहरू महामारीलाई समुल नष्ट गर्न कोभिड प्रतिरोधी खोप नै प्रभावकारी हतियार भएको बताइरहेका छन् । कोभिड–१९ विरुद्ध दुई वर्षअघिबाट आरम्भ भएको लडाईबाट प्राप्त अनुभवले पनि हामीलाई यही कुरा सिकाएको छ । खोप लगाएपछि कोभिड–१९ बाट सङ्क्रमित नै नहुने होइन । तर, खोपले कोभिड–१९ को सङ्क्रमण जटिल हुनबाट जोगाउने कुरा अनुभव र अध्ययनले प्रमाणित विज्ञान हो ।
कोभिड–१९ विरुद्ध दुई वर्षको लडाइँले संसारलाई यो सङ्घर्ष अझ केही समय लम्बिने देखाएको छ । त्यसकारण, वैज्ञानिकहरूले कोभिड–१९ पछिको कालखण्डमा ‘नयाँ अवस्था’ अर्थात् ‘न्यू नर्मल’ को निम्ति तयारी राख्नुपर्ने बताइरहेका छन् । कुनै पनि बेला सङ्क्रमणले कुनै पनि समाजलाई लखेट्न सक्ने भएकोले सावधानीका नियमको लगातार पालनाले हामीलाई सुुरक्षित राख्नेछ । सङ्क्रमण ओरालो लागेको भन्दै फेरि पनि हामीले जथाभावी गर्न थाल्दा र महामारीअघिको परिस्थिति जस्तै बाँच्न थाल्दा भाइरसका नयाँ अवतारले हामीलाई लघार्न सक्छ । भाइरसको हमला कति घातक हुन्छ भन्ने कुरा हामी सबैले अनुभव गरिसकेका छौँ ।
कोभिड–१९ विरुद्ध मानिससँग भएको सबभन्दा प्रभावकारी हतियार भनेको खोप नै हो ।

संरा अमेरिकामा पनि डेल्टा र डेल्टा प्लस भेरियन्ट भाइरसबाट सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । युरोपेली देशहरूमा पनि यसको प्रभाव देखिन थालेको छ । कोभिड–१९ भाइरसको सङ्क्रमणको कारण लामो समयदेखि आंशिक वा पूर्ण बन्दमा रहेका युरोपेली र अमेरिकी सहरहरूमा जनजीवन केही सामान्यतिर फर्किंदै गर्दा फेरि नयाँ भेरियन्टको सङ्क्रमणले जनतालाई चिन्तित बनाएको छ । वैज्ञानिक र चिकित्सकहरू यी नयाँ भेरियन्टहरू अझ बढी सङ्क्रामक भएको बताइरहेका छन् । यसबाट हुनसक्ने क्षतिबाट जनतालाई जोगाउन ती देशहरूले तत्कालै आवश्यक कदम चाल्नुको विकल्प छैन ।

अधिकतम जनसङ्ख्यालाई खोप लगाउन सके महामारीबाट हुनसक्ने क्षति हामीले न्यून बनाउन सक्छौँ । तर, संसारमा अहिले कोभिड–१९ को खोपमा धनी र गरिब देशबीचको विभेद फराकिलो बन्दै जाँदा भाइरसलाई अझ पनि आफ्नो ताण्डव नाच देखाउने अवसर प्राप्त भइरहेको छ । धनी देशहरूले आफूलाई चाहिएको भन्दा बढी खोप सञ्चय गर्ने अनि गरिब देशले आवश्यक मात्रामा खोप पनि नपाउने अवस्थाको कारण कोभिडको विश्व यात्रा अझ चालु नै छ । कुनै पनि देश वा क्षेत्र कोभिडबाट प्रभावित रहेसम्म संसार त्यसबाट पूर्णतः मुक्त हुनसक्दैन । त्यसकारण संसारलाई यो सङ्कटबाट सधैंको लागि मुक्त बनाउने, आफू पनि जोगिने र अरूलाई पनि जोगाउने हो भने कोभिडको खोपलाई सार्वजनिक वस्तु बनाएर संसारभर सबै देशलाई समतामा आधारित वितरण गरिनुपर्छ । संसारको कुनै एउटा कुनामात्र कोभिडको कारण असुरक्षित हुनुको अर्थ संसारभर नै असुरक्षित रहनु हो ।
डेल्टा र डेल्टा प्लसले पश्चिमा देशहरूलाई पिरोल्दा एसियाली, अफ्रिकी वा संसारको कुनै पनि क्षेत्र ढुक्क रहन सक्दैन । विश्वव्यापीकरणको कारण कुनै पनि बेला वासिङ्टन र सिड्नीको कुनै पनि गल्लीबाट भाइरस नेपालको गाउँमा डुल्न सक्छ । कोभिड–१९ को प्रतिरोधको लागि स्वास्थ्य सावधानीका उपायको कडाइका साथ पालनालाई अझै पनि निरन्तरता दिनु नै सम्भावित खतरा सामना गर्ने व्यवहारिक उपाय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *