भर्खरै :

कोभिड–१९ को उत्पत्ति र दोषारोपणको राजनीति

एक वर्षभन्दा अघिदेखि संसारमा कोभिड–१९ फैलाएको भन्ने अन्यायपूर्ण आलोचनाविरुद्ध लड्दै आएको छ । झूटो र राजनीतिकरूपमा परिचालित चीनविरोधी सो प्रचारबाजीको सुरुआत खासमा गत वर्ष संरा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए । त्यत्तिबेला सधैँजस्तै चीन धैर्य भएर बस्यो र कठिनाइसँग जुझेर महामारीलाई पराजित गरिछोड्यो । तर, त्यही बेला संरा अमेरिका कोभिड–१९ सङ्क्रमणको पासोमा फस्यो । संरा अमेरिका संसारकै सबभन्दा बढी कोभिड–१९ को सङ्क्रमणबाट प्रभावित देश बन्यो ।
आफ्नो देशमा कोभिड–१९ को बिरामीको सङ्ख्या बढे पनि पूर्वराष्ट्रपति ट्रम्पले भने चीनतिर फर्केर थुक्न छोडेनन् । उनले कोभिड–१९ लाई ‘कुङ फ्ल्यु’ र ‘चाइना’ को नामकरण गरे र अमेरिकामा एसियाविरोधी घृणाप्रेरित अपराध अभूतपूर्व उचाइमा पु¥याउन प्रोत्साहित गरिरहे ।
यो वर्षको आरम्भमा जो बाइडेनले अमेरिकी राष्ट्रपति पदको कार्यभार सम्हाले पनि अमेरिका अझै पनि देशव्यापी स्वास्थ्य सङ्कटका अवरोधहरू सामना गरिरहेकै छ । १६ करोड अमेरिकीलाई दुवै मात्रा खोप लगाउने र संरा अमेरिकी वयस्कहरूमध्ये ७० प्रतिशतलाई कम्तीमा एक मात्रा खोप लगाउने अवस्तुगत लक्ष्यमा संरा अमेरिकी सरकार विफल भयो ।
राष्ट्रपति कार्यालयले त भाइरसबाट मुक्त भएको भन्दै भोजसमेत आयोजना गर्ने योजना बनाइसकेको थियो । तर, अमेरिका महामारीबाट मुक्त हुन अझै लामो समय लाग्ने छ । नयाँ सङ्क्रमितमध्ये २० प्रतिशतमा नयाँ डेल्टा भेरियन्ट देखिएको छ । त्यो कुनै पनि बेला देशभरि फैलिन सक्छ । ६ लाख ३ हजारभन्दा बढी मानिसले भाइरसको कारण आफ्नो जीवन गुमाइसकेका छन् ।
तर, चीन एक अर्ब नागरिकलाई कोभिड–१९ को खोप दिएर प्रतिरोधी बनाउने काममा दिलोज्यान दिएर लागेको छ । जून महिनाको अन्त्यसम्ममा चीनको कुल जनसङ्ख्याको ४० प्रतिशत मानिसलाई पूर्ण खोप दिने योजनाका साथ चीन अग्रसर छ । चीनको यस्तो सक्रियताबीच पनि अमेरिकी सरकारले कोभिड–१९ को दोषारोपणको खेल छोडेको छैन । चीनसँग सम्बन्ध सुधार गर्न बाइडेनले पनि निकै थोरै अग्रसरता देखाएका छन् । तर, उनले ट्रम्पकै बाटो पछ्याइरहेका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालयले कोभिड–१९ को उत्पत्तिको खोजीमा दिलोज्यान लगाइरहेको छ । उसको औंला अमेरिकातिर नै तेर्सिएको छ । यो उसको राजनीतिक मनसायमा अभिप्रेरित निशाना हो । मे महिनाको अन्त्यसम्ममा राष्ट्रपति बाइडेनले चीनको प्रयोगशालाबाट कोरोना भाइरसको उत्पत्ति भएको विषयमा औपचारिक अनुसन्धान गर्न आदेश दिएका छन् । मार्च महिनाको सुरुमा उनले आफ्ना सहकर्मीहरूलाई कोभिड–१९ भाइरस सङ्क्रमित पशुबाट मानिसमा सरेको हो वा कुनै प्रयोगशालाबाट आएको हो भन्ने कुरा निश्चय गर्न निर्देशन दिएका थिए । यस्तो परिस्थितिमा बाइडेन चीनसँग द्वन्द्वमा जान चाहेको प्रस्ट छ । चीनको प्रयोगशालाबाट कोभिड–१९ को सम्बन्ध भएको कुनै प्रमाण नभए पनि संरा अमेरिकाले काल्पनिक षड्यन्त्र सिद्धान्तलाई नै मलजल दिन संरा अमेरिकी सरकारले प्रयास गरिरहेको छ ।
चीनमा अनुसन्धान गर्न संरा अमेरिकाको यस्तो आतुरी मूलतः पूर्वाग्रही सोचको उपज हो । अमेरिकाले यस्ता कुरामा अलमल गरेर प्रतिस्पर्धी देशको मामिलामा चलखेल गरिरहनुभन्दा महामारी नियन्त्रणमा बढी ध्यान दिएको भए उपयुक्त हुने थियो ।

खोप नलगाएका अमेरिकीहरूलाई खोप लगाउन उत्साहित गर्न नसक्ने सरकारको असफलता नै अगाडि जाने बाटोको मूल अवरोध हो । हालै हस्टन अस्पताल प्रशासनले कम्तीमा १ सय ५० जना स्वास्थ्यकर्मीहरूलाई खोप लिन नमानेको हुनाले हटाइयो अथवा उनीहरूले राजीनामा दिए । यो कारबाहीले उनीहरूको छनोटको अधिकार उल्लङ्घन भएको छ ।
साथै, राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले गरेको एक अध्ययनले संरा अमेरिकामा महामारीको सुरुआतमा सार्वजनिक सङ्क्रमणको सङ्ख्याभन्दा ६ गुणाले बढी बिरामी रहेको देखाएको छ ।

संरा अमेरिकामा कोभिड–१९ अनियन्त्रितरूपमा फैलिनु र काला एवम् एसियालीहरूविरुद्ध बढ्दो जातिवादमा झल्किने विज्ञानप्रतिको विश्वासको कमीले समाधान नभएका विषयका समस्यामा संरा अमेरिकाको अडान के हो भन्ने कुरा प्रस्ट हुन्छ ।
संरा अमेरिकाजस्तो देशले कोभिड–१९ फैलिनुमा चीनमात्र जिम्मेवार राज्य हुन सक्छ भनी स्वाभाविक आकलन गर्न मिल्दैन । यो आकलन बौद्धिकरूपमा बदमासमात्र होइन, यसले संरा अमेरिकी सरकारकै छवि खराब बनाएको छ । बरु, बाइडेन सरकारले संरा अमेरिकामा यति व्यापकरूपमा अमेरिकाभित्र भाइरस किन फैलियो भन्ने विषयमा अनुसन्धान थाल्न सक्थ्यो ।
गत सालदेखि नै संरा अमेरिकामा लगातार कोभिड–१९ को सबभन्दा बढी सङ्क्रमण फैलिएको देखिएको छ । हालैका महिनामा सङ्क्रमण दर केही घटेको छ ।
आफ्नो गल्ती नस्वीकारी महामारी फैलिनुमा चीनलाई दोषी करार गर्नु संरा अमेरिकाको लागि सहज काम हो । खोप, पारदर्शिता र विज्ञानप्रतिको विश्वासमार्फत कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न बाइडेन–हरिस सरकारले सक्दो प्रयास गरिरहेको छ । तर, कोभिड–१९ को अवस्था भने अझै खराब छ ।
खोप नलगाएका अमेरिकीहरूलाई खोप लगाउन उत्साहित गर्न नसक्ने सरकारको असफलता नै अगाडि जाने बाटोको मूल अवरोध हो । हालै हस्टन अस्पताल प्रशासनले कम्तीमा १ सय ५० जना स्वास्थ्यकर्मीहरूलाई खोप लिन नमानेको हुनाले हटाइयो अथवा उनीहरूले राजीनामा दिए । यो कारबाहीले उनीहरूको छनोटको अधिकार उल्लङ्घन भएको छ ।
साथै, राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले गरेको एक अध्ययनले संरा अमेरिकामा महामारीको सुरुआतमा सार्वजनिक सङ्क्रमणको सङ्ख्याभन्दा ६ गुणाले बढी बिरामी रहेको देखाएको छ । जनस्वास्थ्यका सरकारी अधिकारीहरूले गएको गर्मीयाममा ३० लाख मानिसमा कोभिड–१९ सङ्क्रमण भएको देखाए पनि खासमा २ करोड मानिसमा सङ्क्रमण फैलिएको बताइएको छ । खास सङ्ख्या र प्रचार गरिएको सङ्ख्याबीचको अन्तर र सरकारी बेवास्ताको कारण महामारी अझ भयावह बन्नुका कारण हुन् ।
कोभिड–१९ को उत्पत्तिलाई लिएर राजनीतीकरण गर्नु खास अनुसन्धानमा प्रभावित बनाउने चीनको भनाइ सटिक छ । यो समय यस्ता विषयमा आपसी दोषारोपण गर्न छोड्ने समय हो अनि चीनजस्तो देशलाई महामारीको लागि अपराधी ठह¥याउँदै हिँड्ने समय होइन ।
(लेखक पाकिस्तानी स्तम्भकार हुनुहुन्छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *