तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १३ असार । नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा क्युवाविरुद्ध अमेरिकी नाकाबन्दीको भत्र्सना गर्दै शनिबार अनलाइन प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नाकाबन्दी एक किसिमको युद्धजस्तै भएको धारणा राख्दै संरा अमेरिकाले क्युवामाथि नाकाबन्दी गरी मानवताविरोधी अपराध गरिरहेको बताउनुभयो ।
क्युवाली क्रान्तिबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “क्युवाली जनताले देशको लागि लड्ने नेता र पार्टी पाएकाले संरा अमेरिकाको आँगनमा क्युवा स्वावलम्बी र स्वतन्त्र देश बन्न सफल छ । क्युवाको संविधानको धारा २१७ मा शत्रुसँग लड्ने व्यवस्था छ । संविधानको यस व्यवस्थाले पनि क्युवालीहरूलाई आफूलाई दुःख दिने संरा अमेरिकी साम्राज्यवादसँग लड्ने शक्ति दिइरहेको छ ।”
“क्युवाको राजनीतिक व्यवस्था समाजवादी भएकोले क्युवामा शिक्षा–स्वास्थ्य निःशुल्क छ । क्युवामा जनतालाई हानि–नोक्सानी हुने कुनै पनि काम गर्न अनुमति छैन”, सचिव सुवालले भन्नुभयो ।
क्युवामाथि २४० वटा प्रतिबन्ध संरा अमेरिकाले लगाएको सचिव सुवालले उल्लेख गर्नुभयो ।
सचिव सुवालले क्युवाको स्वास्थ्य व्यवस्था विश्वको लागि उदाहरणीय रहेको चर्चा गर्दै क्युवाले कोरोना भाइरसविरुद्धको ५ वटा खोप सफलतापूर्वक परीक्षण गरिसकेको जानकारी दिनुभयो ।
“नेमकिपाले क्युवाविरुद्धको अमेरिकी नाकाबन्दी अन्त्यको माग गर्दै क्युवाली क्रान्तिप्रति ऐक्यबद्धता व्यक्त गर्दै आइरहेको छ । शान्ति, स्थायित्व, पर्यावरण संरक्षणमा क्युवाको कदम स्वागतयोग्य छ”, उहाँले भन्नुभयो ।
नेमकिपाले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको र गर्दै जाने उल्लेख गर्दै सचिव सुवालले एमसीसी अमेरिकी सैनिक गठबन्धन भएकोले खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
चीनमा प्रजातन्त्र छैन भन्दै संरा अमेरिकाले भ्रम फैलाइरहेकोमा सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “चीनको सरकारमा ८ वटा राजनीतिक पार्र्टीको सहभागिता छ ।”
पार्टीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य सृजना सैँजूले संरा अमेरिकाले क्युवालाई दबाउन नाकाबन्दीलाई हतियारको रूपमा प्रयोग गरिरहेको चर्चा गर्दै हतियार पुरानो भइसकेको बताउनुभयो ।
नेपालमा पनि समाजवादी व्यवस्था स्थापना सम्भव छ भन्ने शिक्षा क्युवाबाट लिन सकिने धारणा राख्दै उहाँले भन्नुभयो, “समाजवादी व्यवस्थाको तागतले क्युवाले पितृभूमि रक्षामा संरा अमेरिकालाई हाँक दिन सफल छ । समाजवाद र समाजवादी क्रान्तिको सफलताले अगाडि बढेका देशहरू कसैसामु झुक्दैनन् भन्ने प्रमाणित भएको छ ।”
“क्युवाली क्रान्तिका महिला योद्धाहरूबाट नेपाली महिलाहरूले शिक्षा लिनु आवश्यक छ । ‘विजय या मृत्यु’ को नारासहित क्युवाली नयाँ पुस्तासमेत अगाडि बढिरहेको छ”, उहाँले भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले क्युवाको इतिहास र क्युवाली क्रान्तिबारे जानकारी दिँदै अमेरिकी महादेशमा एक्लो समाजवादी देश क्युवा र क्युवाली जनताको सङ्घर्षमा ऐक्यबद्धता जनाउनुपर्छ भन्नुभयो ।
कार्यक्रममा डा. सुनिता चोलेखोले कोभिड–१९ महामारी र चीनबाट सहयोग प्राप्त हाइड्रोजन अक्सिजन जेनेरेटरको प्रयोग एवम् प्रभावकारिता बारे चर्चा गर्नुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको सय वर्ष पुगेको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका राजनीतिक पार्टीहरूलाई स्वास्थ्य सामग्री सहायता गरेकोमा उहाँले आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा डा. कृष्णप्यारी दुगुजूले महिलाहरूको स्वास्थ्य समस्याबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा आयोजक समितिका अध्यक्ष अनुराधा थापामगरले पनि बोल्नुभएको थियो ।
Leave a Reply