क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
अफ्रिकी मूलका पुरूष जर्ज फ्लोइडलाई मार्ने अमेरिकी गोरा प्रहरी डेरेक चौभिनले छोटो अवधिको सजाय पाएको कुरा हालै सार्वजनिक गरिएको छ । यसबाट फ्लोइडको परिवारलगायत जातीय हेला पाएका अमेरिकीहरूको मनमा फेरि एक पटक दुःखको छाप छोडेको छ ।
यसअघि अमेरिकी प्रहरीको हिंसाले सर्वसाधारणलाई मारेपछि भएको फैसलामा अमेरिकी सञ्चारमाध्यमले यसरी टिप्पणी गरेका छन्, “चौभिनलाई २२ वर्ष र ६ महिनासम्म थुन्न सकिने अमेरिकी प्रहरी कानुन कार्यान्वयनको इतिहासमा महत्वपूर्ण मामिलाको रूपमा देखाइन्छ । तर धेरै अमेरिकीहरूले यस्तो विचारमा फरक सोच देखाएका छन् ।” फ्लोइडका वकिलले यसरी औँल्याएका छन् कि रङ्गभेदका कारण प्रहरीबाट मारिने चिन्ता लिनु नपर्ने अवस्थामा मात्रै वास्तविक न्याय पाएको भन्न सकिनेछ ।
केही अमेरिकी राजनीतिज्ञहरू मानव अधिकारको खराब अवस्थाको वास्ता नगरी आफू मानव अधिकारको नमुना मानेर अरू देशको मानव अधिकारमा औँला ठड्याउने गर्दछन् ।
भर्खरै आयोजित मानव अधिकार परिषद्को ४७ औँ सम्मेलनमा अमेरिकाले केही पश्चिमी मुलुकलाई भेला गर्दै मानव अधिकारको नाउँमा सिनच्याङ, हङकङ र तिब्बत सम्बन्धमा चीनमाथि हिलोछ्यापेको छ । यसैबिच ९० वटा मुलुकले चीनको समर्थन दिँदै मानव अधिकार विषयलाई राजनीतिकरण अथवा दोहोरो मापदण्डको पालना गरेकोमा विरोध जनाएका छन् । अमेरिकालगायत थोरै पश्चिमा मुलुकले चीनमाथि हिलोछ्याप्ने कुचेष्टा फेरि एकपटक विफल भएको छ ।
चौभिनले कमै सजायमात्र पाएको हुँदा अमेरिकामा मानव अधिकार नभएको प्रमाणित हुन्छ । पहिले आदिवासीहरूमाथि गरिएको आम नरसंहार होस् वा प्रणालीबद्ध जातीय विभेद वा अफगानिस्तान, इराक तथा सिरिया युद्ध हुँदा लाखौँको अनाहकमा ज्यान गएको वा करोडौँ घरबारविहीन भएको तथ्यले अमेरिकाको मानव अधिकारको हालत दयनीय छ । (सीआरआई)
Leave a Reply