‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, ११ असार । भक्तपुर नगरपालिकाले नगरपालिकाभित्रका करिब ५ सय २१ जना (महिला २३९ र पुरूष २८२) अपाङ्गता भएकाहरूलाई स्यानिटाइजर, मास्क, डिटल साबुन र स्यानिटेरी प्याडलगायतका स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ । बढ्दो कोभिड १९ जोखिम नियन्त्रण तथा रोकथामको उद्देश्यले नगरभित्रका शारीरिक अस्वस्थता भएका व्यक्तिहरूलाई नगरपालिकाले उक्त स्वास्थ्य सामग्रीहरू सहयोग गरेको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाका १० वटै वडाका वडाध्यक्षहरूमार्फत उक्त स्वास्थ्य सामग्रीहरू शुक्रबार एक समारोहबीच हस्तान्तरण गर्नुभयो ।
सहयोग सामग्री हस्तान्तरण गर्दै प्रमुख प्रजापतिले अपाङ्गता भएका व्यक्तिहरूको सहजता र सुरक्षाको लागि नगरपालिकाले वडामार्फत प्राप्त स्वास्थ्य सामग्री वितरण गर्ने योजना बनाएको बताउनुभयो । उहाँले कोभिड महामारीका कारण नगरपालिकाले नगरवासीहरूलाई धानको बीउ वितरण, सामाजिक सुरक्षा वितरणलगायतका कार्य वडामार्फत नै गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आ.व. २०७८/७९ को बजेटमा अपाङ्गता भएका व्यक्तिहरूलाई तालिम सञ्चालनको लागि बजेट व्यवस्था गरेको बताउँदै उहाँले भक्तपुर नपाले पारदर्शीढङ्गले काम गरिरहेको बताउनुभयो ।
उपप्रमुख जोशीले कोभिड महामारीबाट अपाङ्गता भएका र उनीहरूका परिवार पनि प्रभावित रहेको बताउँदै उनीहरूको सुरक्षाको लागि नगरपालिकाले राहतस्वरूप केही स्वास्थ्य सामग्री सहयोग गरेको र अपाङ्गता भएकाहरूलाई लक्षित गर्दै साङ्केतिक भाषाको तालिम सञ्चालन गर्ने योजनामा रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा निर्मित अक्सिजन प्लान्ट तथा अन्य स्वास्थ्य सामग्री व्यवस्थाबाट जनस्तरबाट हालसम्म ६ करोड १२ लाखभन्दा बढी रकम जम्मा भएको अवगत गराउँदै उहाँले आ.व. २०७८/७९ नगरवासी जनतालाई निःशुल्क रूपमा अक्सिजन उपलब्ध गराइने बताउनुभयो ।
Leave a Reply