भर्खरै :

“शुल्क लिई कोरोना खोप उपलब्ध गराउनेमाथि कारबाही हुन्छ”

काठमाडौँ, १४ असार । सरकारले कोरोना भाइरसविरूद्धको खोपको लागि शुल्क तिरेर नलगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ््ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्रअनुसार खोप वितरण भइरहेकोले शुल्क तिरेर खोप नलगाउन आग्रह गर्नुभयो ।
मन्त्रालयले पैसा तिरेर खोप किन्न हतार नगर्न अनुरोध गरेको छ । मन्त्रालयले शुल्क लिएर खोप उपलब्ध गराउनेलाई कारबाही गर्ने जनाएको छ । “सरकारले कोरोना भाइरसविरूद्धको खोप निःशुल्क विवरण गर्दै आइरहेको छ । त्यसैले कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा वा त्यस्ता ठगी गर्नेको जानकारी तुरून्तै स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गरौँ”, सूचनामा भनिएको छ ।
नेपालमा हालसम्म २५ लाख ८७ हजार ८७३ जनालाई पहिलो मात्रा र सात लाख ५२ हजार ११० जनालाई दोस्रो मात्राको खोप प्रदान गरिरहेको छ । कोभिशिल्ड र भेरोसेल खोप लगाइएको छ । असार २२ गतेबाट पुनः ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेलको दोस्रो मात्राको खोप लगाइँदै छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *