शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
स्वीडेन, २८ जुन । स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पदबाट राजीनामा दिएका छन् । अघिल्लो सोमबार संसद्मा अविश्वासको प्रस्तावमाथि मतदान हुँदा विश्वासको मत प्राप्त गर्न नसकेपछि काम चलाउ प्रधानमन्त्रीको हैसियतमा जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
नियमित निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि उनले विश्वासको मत गुमाएर राजीनामा दिनुपरेको हो । यसलाई स्वीडेनमा विशेष अवस्था मानिएको छ ।
कोरोना भाइरसको महामारी चलिरहेका बेला मुलुक निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता पनि व्यक्त भइरहेको छ ।
“महामारीको बेलामा निर्वाचनमा जानु गम्भीर चुनौतीपूर्ण अवस्था हो, यो स्वीडेनका लागि राम्रो होइन”, प्रधानमन्त्री लोफभेनले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने ।
उनले राजीनामा दिएसँगै सभामुखले नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया अगाडि बढाउने भएका छन् ।
संसद्मा बहुमत सिद्ध गर्न सक्ने व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने कानुनी व्यवस्थाअनुसार नेताहरूले गृहकार्य थालिसकेको जनाइएको छ ।
नयाँ सरकार नबन्दासम्म भने अहिलेकै सरकारले काम चलाउ सरकारका रूपमा पनि काम गरिरहने व्यवस्था रहेको छ ।
अघिल्लो सोमबार संसद्मा भएको मतदानका क्रममा बहुमत सदस्यहरूले उनलाई बिदा गर्ने पक्षमा मत जाहेर गरेका थिए ।
मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने प्रस्तावको विपक्षमा र प्रधानमन्त्रीको पक्षमा भने १७५ जनाको मत परेको थियो ।स्वीडेनको संसद्मा अहिले ३४९ जना सांसद रहेका छन । तीमध्ये १०९ जना मतदान गरेका थिएनन् भने ५१ जना अनुपस्थित भएका थिए ।
स्वीडेनको संसद्ले लिएको यो निर्णयले विघटन हुने खतराबाट संसद जोगिएको छ । संसद् विघटन भएको भए निर्धारित समत्न्दा एक वर्ष अगाडि नै आम निर्वाचनमा जानुपर्ने अवस्था आउने थियो ।
Leave a Reply